पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण


तनहुँको व्यास नगरपालिका– ११  तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर  ५० लाखको लागतमा पुनर्निर्माण भएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो।

यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए।

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन्। यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा  छन्।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्। –रासस

प्रकाशित: १ वैशाख २०८१ ०७:४७ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School