न्यू जर्सीमा आप्रवासन अधिकारीमाथि कारको ठक्कर,फरार चालकको खोजी जारी


स्टाफोर्ड टाउनशिप प्रहरीका अनुसार सोमबार बिहान जर्सी तट नजिकै एक आइस एजेन्टलाई कारले ठक्कर दिएको छ । ठक्कर खाएपछि ती अधिकारीले भाग्दै गरेको संदिग्धको गाडीमाथि गोली प्रहार गरेका छन् । यो घटना लङ बीच टापुबाट करिब १० माइलको दूरीमा अवस्थित मनाहाकिनमा स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको हो।

आइसले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारी अनुसार, एजेन्टहरूले पेरुका नागरिक (आप्रवासी) फ्रेडरिक कास्टिलो-ओर्मेनोलाई हिरासतमा लिनका लागि सवारी साधन रोक्ने प्रयास गरेका थिए । सोही क्रममा चालकले एक अधिकारीलाई ठक्कर दिई गाडी भगाएका थिए। उक्त गाडी फ्रेडरिक आफैँले चलाएका थिए वा उनी गाडी भित्र थिए/थिएनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

प्रहरीले सुरुमा अधिकारीको गोली गाडीमा लागेको बताए पनि आइसले भने गोली लागे/नलागेको पुष्टि गरेको छैन। ठक्करबाट घाइते भएका एजेन्टलाई उपचारका लागि अस्पताल लगिएको छ, तर उनको चोट कति गम्भीर छ भन्ने खुलाइएको छैन ।

फरार रहेका चालकको खोजी कार्य जारी छ र उनको अवस्था अज्ञात छ । अध्यागमन विभागको खोजी सूचीमा रहेका कास्टिलो-ओर्मेनोलाई गत जनवरीको अन्त्यमा देश निकालाको आदेश दिइएको थियो ।



Source link

Leave a Comment