न्यूयोर्क सिटीमा अधिकतम ८ इन्चसम्म हिउँको चेतावनी जारी



प्रकाशित मिति : पुस ९, २०८२ बिहीबार

group of people walking footpath near trees

फोटो: क्याटलिन विल्सन

राष्ट्रिय मौसम सेवाले न्युयोर्क सिटीसहित वरपरका क्षेत्रका लागि हिउँसहितको विन्टर स्टर्म वार्निङ जारी गरेको छ, जसले शुक्रबार बेलुका देखि शनिबार बिहानसम्म शहरलाई प्रभावित गर्ने अनुमान गरिएको छ। चेतावनी अनुसार शुक्रबार डिसेम्बर २६ को बेलुका ४:०० बजेदेखि शनिबार डिसेम्बर २७ को दिउँसो १:०० बजेसम्म प्रभाव रहनेछ।

मौसमविद्हरूका अनुसार शहर र वरपरका हिउँको चेतावनी क्षेत्रमा कूल ४ देखि ८ इन्च सम्म हिउँ पर्न सक्नेछ, साथै केही स्थानमा ८ देखि १० इन्च सम्मको सम्भावना पनि रहेको छ। केही समयमा हिउँ पर्नेको दर प्रति घण्टा करिब १ इन्चसम्म पुग्न सक्ने र कडा हिउँका पट्टीहरू बनेमा प्रति घण्टा २ इन्चसम्म पुग्न सक्ने भएकाले सडकहरू सेतो हिउँले छोपिनुका साथै दृश्यता समेत निकै कम हुन सक्ने बताइएको छ।

शुक्रबार बेलुका सुक्खा र पाउडर जस्तो हिउँ पर्न थालेपछि रातभरि र शनिबार बिहानतिर क्रमशः भिजेको हिउँमा रूपान्तरण हुने अनुमान छ, यस क्रममा तापक्रम २० को फारेनहाइट आसपास रहनेछ। पूर्वी न्युजर्सी, न्युयोर्क सिटी तथा लङ्ग आइल्याण्ड आसपासका क्षेत्रहरूमा असिना मिसिने सम्भावना पनि रहेकोले यात्रा झन् जटिल बन्न सक्ने चेतावनी दिइएको छ।

यो अविधि भर यात्रासम्बन्धी असर गम्भीर हुने भएकाले अधिकारीहरूले आवश्यक नपरेसम्म व्यक्तिगत सवारी साधन प्रयोग नगर्न, सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न र यात्रा गर्नुपरे कम्तीमा पनि अतिरिक्त समय छुट्याएर हिँड्न आग्रह गरेका छन्। बलियो हावासँग जोडिएको हिउँका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जोखिम पनि रहेकाले झण्डै आउने सम्भावित बन्दको पूर्वतयारीस्वरूप मोबाइल फोन चार्ज राख्न, आवश्यक खाद्य तथा औषधि सामग्री संकलन गर्न र फ्रिज तथा डीप–फ्रिजलाई सामान्यभन्दा चिसो सेटिङमा राख्न सुझाइएको छ।

यदि विद्युत् प्रवाह बन्द भएमा झरेका विद्युत् तार वा पोल नजिक नजान, सबै विद्युतीय उपकरणहरू बन्द राख्न, फ्रिज तथा डीप–फ्रिजको ढोका बारम्बार नखोल्न र खाना बिग्रिन नदिन ध्यान दिन विशेषज्ञहरूको सुझाव छ। घरभित्र वा बन्द कोठाभित्र जेनरेटर प्रयोग नगर्न कडाईका साथ चेतावनी दिइएको छ, किनकि यसले घातक कार्बन मोनोअक्साइड विषाक्तता निम्त्याउन सक्छ।

अपांगता भएका व्यक्ति, अतिरिक्त पहुँच आवश्यकतायुक्तँ तथा जीवनरक्षक उपकरणमा भर परेकाहरूको उपकरण बन्द भए वा अन्य कुनै आपत्ककालीन बाधा उत्पन्न भए तुरुन्तै ९११ मा फोन गरेर सहयोग लिन अनुरोध गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment