न्यूयोर्कको रूजवेल्ट होटलमा सञ्चालित आप्रवासीआगमन केन्द्र बन्द, कारण यस्तो रहेछ



प्रकाशित मिति : असार ११, २०८२ बुधबार

फोटो : डेनिस लेसाक

अमेरिकाको न्यूयोर्क सिटीले माइग्रेन्ट अर्थात आप्रवासीका लागि स्थापना गरेको रूजवेल्ट होटलमा रहेको आगमन केन्द्र बन्द गरेको छ ।

न्यूयोर्क सिटीले रूजवेल्ट होटलमा स्थापना गरिएको माइग्रेन्ट आगमन केन्द्रलाई बन्द गरेको हो । यो होटल दुई वर्षअघि खुलेदेखि नै आप्रवासी व्यवस्थापनमा सहरको संघर्षको प्रतीक बनेको थियो।

म्यानहटनको ग्रान्ड सेन्ट्रल टर्मिनलबाट केही ब्लक टाढा अवस्थित यो होटलले नयाँ आउने हजारौं आप्रवासीहरूलाई अस्थायी आश्रय र सेवा प्रदान गर्ने पहिलो केन्द्रको रूपमा काम गर्दै आएको थियो ।

न्यूयोर्कको रूजवेल्ट होटलमा सञ्चालित आप्रवासीआगमन केन्द्र बन्द, कारण यस्तो रहेछ

न्यूयोर्कको रूजवेल्ट होटलमा सञ्चालित आप्रवासीआगमन केन्द्र बन्द, कारण यस्तो रहेछ

धेरैजसो आप्रवासी परिवारहरू रातभर सडकमा लाइन लागेर बासको प्रतिक्षा गर्थे। मंगलबार दिउँसोदेखि होटल खाली गरिएको मेयर एरिक एडम्सको कार्यालयले जनाएको छ ।

अबदेखि रूजवेल्टमा दिइने दर्ता, कानुनी सहायता र स्वास्थ्य सेवा जस्ता सुविधाहरू अन्य केन्द्रहरूमा उपलब्ध हुने छन्। रूजवेल्टको बन्दसँगै शारीरिक अपाङ्गता भएका केही व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन ।

रूजवेल्ट केवल आगमन केन्द्र मात्र होइन, बालबालिकासहितका आप्रवासी परिवारको अस्थायी बसोबासको स्थल पनि थियो।

https://www.youtube.com/watch?v=videoseries

शहरको डेमोक्र्याटिक प्रशासनले यो वर्ष फेब्रुअरीदेखि दक्षिणी सिमानाबाट हुने आप्रवासनको लहर कम भएपछि रूजवेल्ट लगायत अन्य केन्द्रहरू बन्द गर्ने निर्णय गरेको हो।

शहरले हाल १७० वटा स्थानमा करिब ३७ हजार माइग्रेन्टहरूलाई आश्रय दिइरहेको बताएको छ । यो संख्या २०२४ जनवरीमा लगभग ७० हजार को उच्च विन्दुमा पुगेको थियो।

न्यूयोर्कको रूजवेल्ट होटलमा सञ्चालित आप्रवासीआगमन केन्द्र बन्द, कारण यस्तो रहेछ

हालको आप्रवासी आगमन दरमा उल्लेखनीय गिरावट आएको छ । साता दिनमा १०० भन्दा कम नयाँ आगमन भएको एडम्सको कार्यालयले जनाएको छ । यो दर पहिले साप्ताहिक ४ हजार सम्म थियो।

रूजवेल्ट होटल ट्रम्प प्रशासनको आलोचना को लक्ष्य बन्न पुगेको थियो । ट्रम्प प्रशासनले होटलमा ग्याङ क्रियाकलाप भइरहेको आरोप लगाएको थियो।

त्यसकै आधारमा फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी ले शहरलाई दिने भनिएको ८० मिलियन डलर फिर्ता लिएको थियो। १९२४ मा खुलेको रूजवेल्ट होटलको स्वामित्व पाकिस्तानको सरकारी एयरलाइन्ससँग छ ।

१ हजार भन्दा बढी कोठा रहेको यो होटल विगतमा जाज संगीतकार गाय लोम्बार्डोको ब्यान्ड र सन् १९४८ मा गभर्नर थोमस ड्युवीको राष्ट्रपति अभियान मुख्यालयका लागि परिचित थियो।

तर अब यसको भविष्य अनिश्चित बनेको छ । होटलका प्रतिनिधिले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।





Source link

Leave a Comment