न्यूयोर्कको गभर्नर दौडबाट बाहिरिने ट्रम्प समर्थक स्टेफानिकको घोषणा



प्रकाशित मिति : पुस ३, २०८२ शुक्रबार

न्यूयोर्कको गभर्नर दौडबाट बाहिरिने ट्रम्प समर्थक स्टेफानिकको घोषणा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पकी कट्टर समर्थक एलिस स्टेफानिकले न्यूयोर्क राज्यको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्।

रिपब्लिकन कंग्रेस महिला स्टेफानिकले गभर्नर पदको दौडबाट बाहिरिएको जानकारी दिँदै कंग्रेसमा समेत पुनः उम्मेदवारी नदिने स्पष्ट पारेकी हुन्।

रिपब्लिकन नेता ब्रुस ब्लेकम्यानले सन् २०२६ को गभर्नर चुनावको प्रारम्भिक प्रतिस्पर्धा (प्राइमरी) मा स्टेफानिकविरुद्ध उम्मेदवारी दिने बताएपछि उनको यो निर्णय आएको हो। ब्लेकम्यान पनि स्टेफानिकजस्तै राष्ट्रपति ट्रम्पका निकै नजिकका सहयोगी मानिन्छन्।

स्टेफानिकले यसअघि गत नोभेम्बरको सुरुवातमा डेमोक्रेटिक गभर्नर क्याथी होकुललाई चुनौती दिने घोषणा गरेकी थिइन्।

यद्यपि, लङ आइल्याण्डस्थित नासाउ काउन्टीमा दुई कार्यकाल पूरा गरिसकेका रिपब्लिकन कार्यकारी ब्रुस ब्लेकम्यानले यसै महिनाको सुरुवातमा उम्मेदवारी घोषणा गरेपछि स्टेफानिकसँग प्राइमरी प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको थियो।

दुई निकट सहयोगीबीच कडा प्रतिस्पर्धाको सम्भावना देखिएपछि राष्ट्रपति ट्रम्पले कुनै पक्ष नलिई पत्रकारहरूसँग भनेका थिए, “दुवै महान व्यक्ति हुन्। रिपब्लिकन पार्टीमा धेरै उत्कृष्ट मानिसहरू छन्।” तर पछि ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले स्टेफानिकलाई “असाधारण प्रतिभा” को संज्ञा दिएका छन् र उनले जे गरे पनि आफू “पूर्ण रूपमा साथमा रहेको” बताएका छन्।

४१ वर्षीया स्टेफानिक सन् २०१४ देखि न्यूयोर्कको २१औँ कंग्रेसनल जिल्लाको प्रतिनिधित्व गर्दै आएकी छन्। यो जिल्ला अल्बानीको उत्तरतर्फ पर्ने एडिरोन्ड्याक पर्वतीय क्षेत्रमा पर्दछ। सन् २०१९ मा ट्रम्पको पहिलो महाभियोगका क्रममा उनी ट्रम्पको सबैभन्दा प्रमुख समर्थकका रूपमा उभिएकी थिइन्।

ट्रम्पको दोस्रो कार्यकालका लागि उनलाई सुरुमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा मनोनयन गरिएको थियो।

तर अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनहरूको बहुमत कायम राख्ने चिन्ताका कारण उक्त मनोनयन पछि फिर्ता लिइएको थियो। स्मरण रहोस्, न्यूयोर्कमा अन्तिम रिपब्लिकन गभर्नरका रूपमा जर्ज पाटाकी सन् २००७ सम्म पदमा रहेका थिए।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment