न्यूयोर्कका मेयर एरिक एडम्स विरुद्धको भ्रष्टाचार मुद्दा खारेज, आरोपहरू पुनः दायर गर्न नसकिने



प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

न्यूयोर्कका मेयर एरिक एडम्स विरुद्धको भ्रष्टाचार मुद्दा खारेज, आरोपहरू पुनः दायर गर्न नसकिने

बुधबार एक न्यायाधीशले एरिक एडम्स विरुद्धको भ्रष्टाचारको आरोप खारेज गर्दै न्यूयोर्क शहरका मेयर विरुद्धको पहिलो आपराधिक मुद्दाको अन्त्य गरेका छन् । यो राष्ट्रपति ट्रम्पको डिपार्टमेन्ट अफ जस्टिसले आफ्नो एजेन्डा अगाडि बढाउन अभियोजन शक्ति कसरी प्रयोग गरिरहेको छ भन्ने कुराको पछिल्लो उदाहरण हो ।

म्यानहट्टनको संघीय जिल्ला अदालतका न्यायाधीश डेल होले आरोपहरू पछि पुनः दायर गर्न नसकिनेगरी मुद्दा खारेज गरेका हुन् । तर ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ जस्टिसको पनि कडा आलोचना गरेका छन् ।

डिपार्टमेन्ट अफ जस्टिसले तीन कारणले गर्दा घूसखोरी र ठगीको आरोप खारेज गरिनुपर्ने तर्क गरेको थियो । चुनावको धेरै नजिक मुद्दा ल्याइएको, मुद्दा ल्याउने अमेरिकी वकिलले अनुचित व्यवहार देखाएको र अभियोजन पक्षले ट्रम्पको आप्रवासन कारबाहीमा मेयरको सहयोगमा बाधा पुर्‍याइरहेको उनीहरुको तर्क थियो । न्यायाधीश होले तीनवटै तर्कलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

न्यूयोर्कका मेयर एरिक एडम्स विरुद्धको भ्रष्टाचार मुद्दा खारेज, आरोपहरू पुनः दायर गर्न नसकिने

न्यूयोर्कका मेयर एरिक एडम्स विरुद्धको भ्रष्टाचार मुद्दा खारेज, आरोपहरू पुनः दायर गर्न नसकिने

सबै कुरामा सम्झौताको गन्ध आएको न्यायाधीशले आफ्नो ७८ पृष्ठको निर्णयमा लेखेका छन् । तर पनि ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ जस्टिसलाई मुद्दा अचानक समाप्त गर्न दिने उनको निर्णयले औचित्यको पर्वाह नगरी अभियोजनहरू समाप्त गर्न सक्ने ट्रम्पको प्रशासनको उल्लेखनीय शक्तिलाई देखाएको छ । यद्यपी न्यायाधिसले संघीय नीतिगत लक्ष्यहरू पूरा गर्न निर्वाचित अधिकारी विरुद्ध लगाइएको आरोप खारेज गरिएको कुनै पनि अघिल्लो उदाहरण डिपार्टमेन्ट अफ जस्टिसले प्रस्तुत गर्न असफल भएको उल्लेख गरेका छन् ।

अदालतले नियुक्त गरेका वकिल पल डी क्लेमेन्टले न्यायाधिस होलाई अभियोग खारेज गर्न सल्लाह दिएको केही हप्ता पछि यो निर्णय आएको हो। होले राष्ट्रपति जर्ज डब्लु बुशको नेतृत्वमा सोलिसिटर जनरल रहेका क्लेमेन्टलाई अभियोजकहरूले आरोप खारेज गर्ने प्रयासको विरुद्धमा तर्क प्रस्तुत गर्न छनोट गरेका थिए ।

संघीय अभियोजकहरूले फेब्रुअरीमा एडम्स विरुद्धको भ्रष्टाचारको आरोप खारेज गर्न प्रस्ताव दायर गरेका थिए । टर्कीका अधिकारीहरूबाट निशुल्क यात्रा र राजनीतिक चन्दा स्वीकार गरेर टर्कीलाई फाइदा हुने काम गरेको आरोपमा एडम्सले सेप्टेम्बरमा आफूलाई निर्दोष भएको दावी गरेका थिए।

उनीविरुद्धका अभियोगहरु खारेज भएपनि एडम्सको यस वर्ष दोस्रो कार्यकाल जित्ने बाटो भने सजिलो छैन । सेप्टेम्बरमा अभियोग पछि उनी आफ्नै मतदान स्तरभन्दा तल झरेका थिए । गत महिना जारी गरिएको क्विनिपियाक सर्वेक्षण अनुसार न्यूयोर्क शहरका २० प्रतिशत मतदाताहरूले मात्र उनको कामलाई अनुमोदन गरेका छन् ।





Source link

Leave a Comment