न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी

न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी



प्रकाशित मिति : असार ५, २०८१ मंगलबार

five children playing water during day time

न्युयोर्क सिटीको तापक्रम मंगलबारदेखि झण्डै १ सय डिग्री फरेनहाइटको हाराहारीमा पुग्ने अनुमानसँगै न्युयोर्क सिटीको स्थानीय सरकारले यो बर्ष पहिलो पटक आपतकालीन योजना सक्रिय बनाएको छ । अत्याधिक गर्मीका कारण कूलिङ सेन्टरहरू मंगलबारदेखि खुला गरिएको छ ।

बिहीबार र शुक्रबार तापक्रम अनुमानित ९९ डिग्रीसम्म पुग्नु अघि मंगलबार र बुधबार न्यूनतम ९० को दशकमा तापक्रम सुरु हुनेछ। मंगलबारदेखि उच्च गर्मी हुने सम्भावना भएकाले न्युयोर्कवासीहरूलाई सावधानी अपनाउन आग्रह गरिएको हो ।

यो सिजनको पहिलो गर्मीको लहर हो । ताप सूचकांक एक वा बढी दिनको लागि १ सय डिग्री नाघेमा वा लगातार दुई वा बढी दिनहरूका लागि ९५ डिग्री नाघेमा न्युयोर्क सिटीले अत्यधिक गर्मी रूपमा परिभाषित गर्दै आएको छ ।

सिजनको पहिलो गर्मीको लहरलाई सामना गर्न न्युयोर्क सिटीसँग योजना रहेको मेयर एरिक आडम्सले बताएका छन् । सबै न्युयोर्कवासीहरूलाई गर्मीमा सावधान रहने योजना बनाउन उनले आग्रह गरेका छन् । तयार नभएको खण्डमा तातो लहर असहज भन्दा बढी हुन सक्ने तथा यो घातक र जीवनलाई खतरा हुन सक्ने मेयर आडम्सले चेतावनी दिएका छन् ।

तिर्खा नलागेपनि लगातार पानी पिउन र घरपालुवा जनावरहरूलाई हाइड्रेटेड राख्नको लागि जाँच गर्न प्रोत्साहन गरिएको छ । यस वर्ष न्युयोर्क सिटीले जनताका लागि उपलब्ध कूलिङ सेन्टरहरू संख्या पनि विस्तार गरेको छ । कूलिङ सेन्टरहरू मंगलबार बिहानदेखि बिहीबारसम्म खुला रहनेछन्। नजिकको कूलिङ सेन्टरहरू फेला पार्न यहाँ क्लीक गर्नुहोला वा ३११ मा फोन गर्नुहोला ।

उच्च गर्मीले सबैभन्दा कमजोर स्वास्थ्य भएका बासिन्दाहरूलाई खतरा उत्पन्न गर्दछ । ६० वर्ष माथिकाहरू, साना बालबालिकाहरू, र पहिले नै स्वास्थ्य समस्याहरु भएकाहरु बढी जोखिममा हुन्छन् । हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्या भएकाहरु बढी जोखिममा हुन्छन् ।

बाहिर तातो हुँदा सुरक्षित र स्वस्थ रहनको लागि एयर कन्डिशनर चलाउनु उत्तम तरिका हो । तर जोखिममा रहेका केही व्यक्तिहरूले एयर कन्डिशनर प्रयोग गर्दैनन् वा खोल्दैनन्। एयर कन्डिशनर नभएका मानिसहरूले शितल राख्न अन्य विकल्पहरू पहिचान गर्नुपर्छ । एयर कन्डिशनर भएका पुस्तकालयहरू, मलहरू र संग्रहालयहरू जनताका लागि खुला छन्।

मंगलबारदेखि मध्यान्हदेखि बेलुका ८ बजेसम्म तापक्रम उच्च हुने अनुमान गरिएको छ । यद्यपि साँझमा थोरै राहत हुनेछ। राष्ट्रिय मौसम सेवाले बिहीबार र शुक्रबार गर्मीको चेतावनीहरु जारी गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी

राष्ट्रिय मौषम सेवाले जुन १८ मंगलबारका लागि  न्युयोर्क सिटीमा वायु गुणस्तर चेतावनी पनि जारी गरेको छ । न्युयोर्कको म्यानहटन, ब्रोंक्स, बु्रकलिन, क्वीन्स, रिचमण्ड, वेस्टचेस्टर र रकल्याण्ड लगायतका क्षेत्रको लागि बिहान ११ बजेदेखि राति ११ बजेसम्म अलर्ट जारी गरिएके छ । चेतावनीमा वायु गुणस्तर सूचकांक १०० भन्दा बढी १५० सम्म हुन सक्ने चेतावनी दिइएको छ।

एयर क्वालिटी इन्डेक्स दैनिक हावाको गुणस्तर रिपोर्ट गर्न प्रयोग गरिन्छ। यसले तपाइँलाई हावा कति सफा वा प्रदूषित छ र त्यससँग सम्बन्धित स्वास्थ्य प्रभावहरू बारे बताउँछ । एयर क्वालिटी इन्डेक्स शुन्यदेखि ५ सय ​​सम्म चल्ने थर्मोमिटर जस्तै हो । नम्बर जति उच्च हुन्छ, वायु प्रदूषणको स्तर पनि उति बढी हुन्छ र स्वास्थ्य चिन्ता पनि बढ्छ।

१ सयभन्दा माथिको वायुको गुणस्तर संवेदनशील समूहहरूको लागि अस्वस्थ मानिन्छ । १५० देखि माथि भएमा सबैका लागि अस्वस्थ मानिन्छ भने २ सयदेखि माथि धेरै अस्वस्थ मानिन्छ । ३ सय भन्दा माथि खतरनाक मानिन्छ । सामान्यतया ५० भन्दा कमलाई राम्रो मानिन्छ ।सोमबार न्युयोर्क सिटीको हावाको गुणस्तर ४८ रहेको छ भने मंगलबार विहान ११ बजेदेखि बिग्रदै जाने बताइएको छ ।

त्यसैले यदि तपाईं मंगलबार घर बाहिर समय बिताउँदै हुनुहुन्छ भने सावधान हुनुहोला । दम जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू, सक्रिय बालबालिका र वयस्कहरूलाई बाहिर लामो वा भारी परिश्रम कम गर्न सल्लाह दिइएको छ ।

भू तहको ओजनका कारण समस्या भएको हो । तातो गर्मीका दिनहरूमा प्राय यस्तो समस्या हुन्छ। सवारी साधन र अन्य औद्योगिक उत्सर्जनले यसमा योगदान पुर्‍याउँछ। यो अन्य प्रकारका प्रदूषकहरू जस्तो देखिँदैन किनभने यो रंगहीन ग्यास हो । तर आकाश धमिलो बनाउन भने योगदान गर्दछ।

ओजोन भनेको स्मोग भनेर चिनिने वायु प्रदूषकहरूको मिश्रणको प्रमुख घटक हो जुन अटोमोबाइल निकास र अन्य स्रोतहरूबाट वायु प्रदूषकहरूमा सूर्यको प्रकाशको कार्यबाट उत्पन्न हुन्छ। ओजन स्तरहरू तातो, घमाइलो दिनहरूमा मध्यान्हदेखि साँझसम्म उच्च हुने सम्भावना हुन्छ।

भूतहको ओजन माथिल्लो वायुमण्डल ओजन जस्तै छैन । जमिनको ओजोन तह सामान्यतया रातमा घट्छ। न्यूयोर्कवासीहरूलाई शुक्रबार बाहिर निस्केको खण्डमा इलेक्ट्रोलाइटहरू मिसाइएको धेरै तरल पदार्थ पिउन सुझाव दिइएको छ । विशेष गरी वृद्धहरू, साना बालबालिकाहरू र पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरुलाई डिहाइड्रेशन हुनसक्छ । खराब हावाको गुणस्तरको कारण दमको आक्रमणको लागि महत्त्वपूर्ण जोखिममा रहेका बिरामीहरू र एम्फिसेमा भएका बिरामीहरूलाई मास्क लगाउन सुझाव दिइएको छ ।

ड्राइभिङको सट्टा मास ट्रान्जिट वा कारपुल प्रयोग गर्न, गाडीको यात्राहरू घटाएर इन्धन बचत गर्न, उत्सर्जन कम गर्न, अनावश्यक ठाउँहरूमा बत्तीहरू र विद्युतीय उपकरणहरू बन्द गर्न, हावा चलाउन फ्यानहरू प्रयोग गर्न तथा एसी आवश्यक भएमा थर्मोस्टेटहरू ७८ डिग्रीमा सेट गर्न, डिशवाशर, ड्रायर, पोखरी पम्प र वाटर हीटर जस्ता सामाग्रीहरु चलाउन कम गर्न तथा चलाउन परे ७ बजेपछि चलाउन, रेफ्रिजरेटर र फ्रीजरहरू अधिक कुशल तापक्रममा सेट गर्न, घरबाहिर आगो नबाल्न र चुरोट नसल्काउन समेत सुझाव दिइएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School