न्युयोर्क र न्यु जर्सी राज्यका केही भागमा ७ इन्चसम्म हिउँ पर्न सक्ने सम्भावना



प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार

photo of people walking near building

फोटो: याओकी (फाइल फोटो)

न्युयोर्क राज्यको उत्तर र पश्चिमी क्षेत्रहरुमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले जानकारी दिए अनुसार डिसेम्बर सुरु भएसँगै ट्राइ स्टेट क्षेत्रमा हिउँ पर्न सक्छ र उत्तर तथा पश्चिमका केही क्षेत्रहरूमा पहिले अपेक्षा गरिएभन्दा बढी हिउँ पर्न सक्ने सम्भावना छ।

सोमबार बिहान जारी गरिएको पछिल्लो जानकारी अनुसार मंगलबार तटीय आँधी आउँदा भित्री क्षेत्रहरूमा हिउँ जम्मा हुने बलियो संकेत देखिएको छ। तटीय आँधीका कारण मंगलबार बिहान न्युयोर्क र न्यु जर्सीका केही भागहरूमा हिउँ जम्मा हुने सम्भावना छ, जसमध्ये भित्री क्षेत्रहरूमा बढी हिउँ पर्ने अपेक्षा गरिएको छ।

हडसन भ्याली, उत्तरी न्यु जर्सी र कनेक्टिकटका भागहरूमा पनि पानी पर्नुअघि केही इन्च हिउँ जम्मा हुन सक्छ। मंगलबार बिहानै भित्री क्षेत्रहरूमा हिउँ पर्न सुरु हुनेछ, जुन बिहानभरि दक्षिणबाट उत्तरतर्फ वर्षामा परिणत हुँदै जानेछ।

मौसम सेवाले दिएको जानकारी अनुसार, ओरेन्ज काउन्टी ४ देखि ७ इन्च, पश्चिमी पासैक (न्यु जर्सी), पुटनम (न्युयोर्क) ३ देखि ५ इन्च तल्लो हडसन भ्यालीका बाँकी भाग, न्यु जर्सीको धेरैजसो क्षेत्र १ देखि ३ इन्च हिउँ पर्न सक्ने छ ।

न्युयोर्क र न्यु जर्सी राज्यका केही भागमा ७ इन्चसम्म हिउँ पर्न सक्ने सम्भावना

न्युयोर्क सहरमा सन् २०१६ मा सबैभन्दा बढी हिउँ २७.५ इन्च रेकर्ड गरिएको थियो । विन्टर स्टर्म जोनास नाम दिएको आँधीले जनवरी २२ देखि २४ सम्म व्यापक हिउँ पारेको थियो । त्यस्तै सन् २००६ को फेब्रुअरी ११ र १२ मा २६.९ इन्च हिउँ परको थियो भने सन् १९४७ को डिसेम्बरमा २६.४ इन्च हिउँ परेको थियो ।

न्युयोर्क शहरमा हिउँको आधिकारिक मापन सेन्ट्रल पार्कमा गरिन्छ, जहाँ १८६९ देखि रेकर्डहरू राखिँदै आएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment