न्युइङ्टनको कार वाशमा आइसको छापा, ७ जना नियन्त्रणमा



प्रकाशित मिति : भाद्र ७, २०८२ आईतबार


शनिबार न्युइङ्टनको मेन स्ट्रीटमा रहेको अप्टिमो कार वाशबाट अमेरिकी अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एजेन्टहरूले सात जनालाई नियन्त्रणमा लिएका छन्।

यो घटनाबारे न्युइङ्टनका मेयर जोन ट्रिस्टरले फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले यो कारबाहीमा न्युइङ्टन प्रहरी संलग्न नभएको स्पष्ट पारेका छन् । प्रहरीलाई आइसले घटनापछि मात्र शिष्टाचारका रूपमा जानकारी दिएको थियो।

मेयर ट्रिस्टरका अनुसार, हाल उनी पक्राउ परेका व्यक्तिहरू को हुन् भन्ने पत्ता लगाउने, उनीहरूलाई कहाँ राखिएको छ, उनीहरूको परिवारलाई जानकारी गराइएको छ वा छैन ? र उनीहरूलाई कुनै अपराधमा आरोप लगाइएको छ वा छैन ? भन्नेबारे जानकारी संकलन गर्ने प्रक्रियामा छन्।

न्युइङ्टनको कार वाशमा आइसको छापा, ७ जना नियन्त्रणमा

न्युइङ्टनको कार वाशमा आइसको छापा, ७ जना नियन्त्रणमा

ट्रिस्टरले आफ्नो अभिव्यक्तिमा गम्भीर चिन्ता व्यक्त गर्दै भनेका छन्, “हामी यस घटनाबाट गहिरो चिन्तित छौं। अमेरिकामा, जो कोही पनि (उनीहरूको आप्रवासन स्थिति वा जन्मस्थान जे भए पनि) कानुनी प्रक्रिया र मौलिक अधिकार प्राप्त गर्ने हकदार छन्। यी अधिकारहरू अस्वीकार गर्न सकिँदैन र गर्नै हुँदैन। यो संयुक्त राज्यको संविधानले यस देशमा रहेका प्रत्येक व्यक्तिलाई दिएको ग्यारेन्टी हो।”





Source link

Leave a Comment