नेपाल राष्ट्र बैङ्कको गभर्नरमा पौडेल



प्रकाशित मिति : जेष्ठ ७, २०८२ मंगलबार

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा पौडेल

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा पौडेल

डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन् । यसअघि गभर्नर सिफारिस समिति सदस्य रहेका उनले पछि त्यसबाट राजीनामा दिएका थिए । गभर्नर नियुक्तिको विषय पछिल्लो समय निकै चर्चामा थियो ।





Source link

Leave a Comment