नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा


नेपाल र मलेसियाबीचको खेल हुँदा अर्को रमाइलो संयोग पनि हुनेछ । दुवै टिममा नयाँ प्रशिक्षक छन् र दुवै अष्ट्रेलियन हुन् ।

१२ चैत, काठमाडौं । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप २०२७ को लागि अन्तिम चरणको छनोटका खेलहरु आजदेखि सुरु हुँदैछ । जसमा एसियामा शीर्ष १८ बाहेकका टिमहरुले अन्तिम ६ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

एसियन कप छनोटको यो तेस्रो तथा अन्तिम चरण हो । यसमा २४ टिम सहभागी छन् । उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन् ।
नेपालले पनि एसियन कपको छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछ । जसमा मलेसियासँग आज खेल्दै नेपालले छनोटको यात्रा सुरु गर्नेछ ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल आज राती नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । यो खेल मलेसियाको इस्कान्दर पुटेरी, जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुनेछ ।

नेपालको लागि मलेसिया बलियो टोली हो र फिफा वरियतामा नेपाल भन्दा धेरै माथि छ । हालको फिफा वरियता अनुसार मलेसिया १३२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

अर्को तथ्य के छ भने नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपालले आफ्नो पछिल्लो दुई खेलमा जित हात पारेकोले उत्सहित छ । मलेसिया पछिल्लो ११ मध्ये जम्मा दुई खेलमा मात्र पराजित छ ।

विभिन्न देशका हेरिटेज खेलाडी भित्र्याएको मलेसियन टिम पेपरमा बलियो देखिएको छ । नेपालले पनि १५ स्थान माथिको सिंगापुरलाई हराउँदै आफूलाई कमजोर नआँक्न विपक्षीलाई सजग गराएको छ ।

सिंगापुरलाई हराएर उत्साहित नेपाल

नेपालले मलेसियासँगको खेलको तयारीस्वरुप नै गत शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जिलेस्पी जंग कार्कीको एकमात्र गोलमा सिंगापुरमाथि ऐतिहासिक जित हात पारेपछि नेपाली टोली त्यही उत्साह लिएर मलेसिया पुगेको छ ।

३६ वर्षपछि सिंगापुर विरुद्ध पहिलो पटक खेल्दा नेपाल १-० ले विजयी भयो त्यो पनि सिंगापुरलाई उसैको मैदानमा हराएर नेपालले यसअघिका हारको बदला लियो ।

सिंगापुरलाई पहिलो पटक हराएपछि नेपाली टिमको मोरल पनि बुस्ट भएको छ । टिममा रहेका अधिकांश खेलाडीले सामाजिक सञ्जालमा स्ट्यास लेख्दै सिंगापुर विरुद्धको नतिजापछि नेपालले मलेसिया विरुद्ध त्यही जोशका साथ खेल्दै चुनौती दिने बताएका छन् ।

डिफेण्डर अनन्त तामाङले लामो समयपछि सिंगापुरलाई उसैको मैदानमा हराउन सफल भएको र मलेसिया विरुद्ध पनि राम्रो खेल्ने बताएका छन् ।

यस्तै नेपालका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले पनि डेब्यु खेलमा जितको स्वाद चाखे । नेपालको प्रशिक्षकको रुपमा सिंगापुर विरुद्धको खेल उनको पहिलो थियो । नयाँ प्रशिक्षकको आगमनपछि नेपाली टिममा केही परिवर्तनको संकेत पनि देखिएको छ ।

विभिन्न देशका हेरिटेज खेलाडी भित्र्याएको मलेसियन टिम पेपरमा बलियो देखिएको छ । नेपालले पनि १५ स्थान माथिको सिंगापुरलाई हराउँदै आफूलाई कमजोर नआँक्न विपक्षीलाई सजग गराएको छ ।

यस्तै टिममा तीन नयाँ खेलाडी समावेश भएकोमा दुई खेलाडीले सिंगापुर विरुद्ध नै डेब्युको अवसर पनि पाए । डिफेण्डर सुमन श्रेष्ठले पहिलो रोजाइमै खेल्दै डेब्यु गरे भने युवा फरवार्ड सुबास बम ठकुरीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।

सिंगापुर जानुअघि नेपालले नयाँ प्रशिक्षण रोसको अन्डरमा दुई साता प्रशिक्षण गरेको थियो ।

कस्तो छ मलेसियन टिम ?

गत डिसेम्बरमा आसियन च्याम्पियनसिप खेलेपछि कुनै खेल नखेलेको मलेसिया सन् २०२५ मा पहिलो खेल खेल्दैछ । मलेसियाले पनि नयाँ प्रशिक्षकको प्रशिक्षणमा पहिलो खेल खेल्दैछ । आसियन च्याम्पियनसिप पछि पिटर क्लामोभ्स्की मलेसियाको नयाँ प्रशिक्षक बनेका थिए ।

उनले आसियन च्याम्पियनसिप खेलेका ९ खेलाडी मात्र टिममा राख्दै यस पटक धेरै परिवर्तन गरेका छन् । प्रशिक्षक माइकलले विदेशमा जन्मेका हेरिटेज खेलाडीहरुलाई टिममा स्थान दिएका छन् । पोर्चुगजि लिग खेलिरहेका देखि भियतनामी लिग खेलका खेलाडी पनि मलेसिया टिममा छन् । ब्राजिलदेखि कोलम्बिया इंग्लयाण्ड नेदरल्याण्ड्स र स्पेनमा जन्मेका खेलाडीहरु मलेसियन टिममा छन् ।

युरोप देखि दक्षिण अमेरिकी फुटबलको मिश्रण मलेसियन टिममा छ । मलेसियन टिममा त्यहाँको क्लब जोहोर दारुल ताजिमका खेलाडीहरुको वर्चस्व छ ।

नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा

मलेसियामा जन्मिएपनि बेल्जियमको क्लब ब्रुगबाट खेल्दै त्यहाँको लिग जितेका र बेल्जियमको उमेर समूहबाट खेलेका डिओन जोहान कुल्स मलेसियाको कप्तान छन् । उनले क्लब ब्रुगबाट दुई पटक बेल्जियन शीर्ष श्रेणीको लिग जितेका थिए ।

यस्तै उपपक्तान म्याथ्यु डेभिस अष्ट्रेलियामा जन्मेका हुन् । उनले अष्ट्रेलियाको उमेर समूहबाट पनि खेलेका छन् । यस बाहेक पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका हेक्टोर हेभेल पनि एसियन कप छनोट खेल्ने मलेसियन टिममा छन् । हेक्टोर र स्पेनमा जन्मेका गाब्रीएल पाल्मेरोलाई प्रशिक्षकले नेपाल विरुद्धको खेलका लागि बोलाएका छन् ।

यसैगरी ब्राजिलमा जन्मेका पाउलो जोसुए, एनड्रिक डस सान्तोष, कोलम्बियामा जन्मेका रोमेल मोरालेस, स्पेनका जन्मेका इग्नासियो इन्सा बोहिगुएस (नाट्जो इन्सा), इंग्ल्याण्डमा जन्मेका डानिएल टिङ, स्टुअर्ट विलकिन, फिनल्याण्डमा जन्मेका नोअ लाइन जस्ता खेलाडीहरु मलेसिया टिममा छन् ।

स्पेनका इन्साले स्पानिस क्लब भ्यालेन्सिया, भियारियाल, सेल्टा, लेभान्टे जस्ता टिमबाट समेत खेलिसकेका छन् । यसबाहेक मलेसियाका लागि २२ गोल गरेका फरवार्ड सफावी रसिद अनुभवी खेलाडीको रुपमा छन् ।

दुवै टिममा नयाँ (अष्ट्रेलियन) प्रशिक्षक

नेपाल र मलेसियाबीचको खेल हुँदा अर्को रमाइलो संयोग पनि हुनेछ । दुवै टिममा नयाँ प्रशिक्षक छन् र दुवै अष्ट्रेलियन हुन् । नेपालका मुख्य प्रशिक्षक अष्ट्रेलियन म्याट रोसका लागि यो दोस्रो खेल हुनेछ । उनले सिंगापुरविरुद्धको खेलबाट नेपालको लागि डेब्यु गरिसकेका छन् ।

यस्तै उनको काउन्टरपार्टमा रहने मलेसियाका प्रशिक्षक पिटर क्लामोभ्स्की पनि अष्ट्रेलियन प्रशिक्षक नै हुन् । उनले यसअघि जपानको जे लिग टिम टोकियो एफसीको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

मलेसियाको प्रशिक्षकको रुपमा उनको यो पहिलो खेल हुनेछ । आफ्नो पहिलो खेललाई लिएर पिटर पनि निकै उत्साहित छन् । दुवै टिमका प्रशिक्षकले मंगलबारको खेलको लागि तयार रहेको बताएका छन् ।

नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा

पछिल्लो पाँच खेलको नतिजा

दुवै टोलीको पछिल्लो पाँच खेलको नतिजा मिश्रित छ । गत वर्ष नेपालले अन्तर्राष्ट्रिय पुटबलमा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर पछिल्ला खेलहरुमा भने नेपालको नतिजा तुलनात्मक रुपमा राम्रो छ ।

पछिल्लो पाँच खेलमा नेपालले २ जित हात पार्दा १ बराबरी खेलेको छ भने २ खेलमा हार व्यहोरेको छ ।

गत जुनमा भएको फिफा विश्वकप र एसियन कप संयुक्त छनोटको दोस्रो चरणमा युएईसँग पराजित नेपालले त्यसपछि यमनसँग २-२ को बराबरी खेलेको थियो ।

यस्तै नोभेम्बरमा ताजिकिस्तान भ्रमणमा नेपाल ताजिकिस्तानसँग मैत्रीपूर्ण खेलमा ४-० ले पराजित भएको थियो भने अफगानिस्तानलाई २-० ले हराएको थियो । यस्तै चार दिन अघि भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको थियो ।

मलेसिया भने डिसेम्बरपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आसियन च्याम्पियनसिपमा मलेसियाले समूह चरणमा चार खेल खेल्दा टिमोर लेस्टेलाई (३-२) मात्र हराएको थियो ।

थाइल्याण्डसँग १-० ले पराजित भएको मलेसियाले कम्बोडियासँग २-२ र सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो । मलेसिया आफ्नो पछिल्लो दुई खेलमा (थाइल्याण्ड र सिंगापुर) जितविहिन छ ।

आसियन च्याम्पियनसिप अघि मलेसियाले गत नोभेम्बरमा भारतसँग खेलेको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

हेड टु हेड

नेपाल र मलेसियाबीच विगतको नतिजा हेर्ने हो भने मलेसियाको पक्षमा छ । मलेसियाले एकपक्षीय नतिजा निकालेको छ । कतिसम्म भने नेपालले मलेसियाविरुद्ध गोल समेत गर्न सकेको छैन ।

अहिलेसम्म यी दुई टोलीबीच ७ पटक भेट हुँदा मलेसिया ६ खेलमा विजयी भएको छ । नेपालले एकपटक भने मलेसियालाई बराबरीमा रोकेको थियो । सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत मलेसियालाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको राम्रो प्रदर्शन हो ।

नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा

पछिल्लो पटक योहान कालिन नेपालको प्रशिक्षक हुँदा यी दुई टोलीबीच सन् २०१९ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो । त्यसयता यी दुई टोली ६ वर्षमा पहिलो पटक भिड्दैछन् ।

उक्त खेल खेलेका नेपालका गोलकिपर किरण चेम्जोङसहित अनन्त तामाङ, रोहित चन्द र अन्जन विष्ट मात्र हाल नेपाली टोलीमा छन् ।

यस्तै पछिल्लो पटक नेपालले २०८० चैतमा मलेसियासँग अनौपचारिक खेल खेलेको थियो । जसमा नेपाल मलेसियासँग ५-१ ले पराजित भएको थियो ।

त्यसमा युवा फरवार्ड समिर तामाङले गोल गरेका थिए । उनी यस पटक टिममा अटाएनन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School