नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा



प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण सोमबार रातिबाट अवकाशमा जाँदै छन् ।

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् ।





Source link

Leave a Comment