‘नेपाली फिल्म उद्योग धेरै अगाडि जान्छ, सरकारको सहयोग जरुरी छ’

‘नेपाली फिल्म उद्योग धेरै अगाडि जान्छ, सरकारको सहयोग जरुरी छ’


काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत यतिबेला डेब्यु नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपालमा छन् । दक्षिण भारतीय अभिनेत्री समेत रहेकी पत्नी कल्याणीसहित उनी नेपालका हल–हलमा पुगेर दर्शक भेटिरहेका छन् ।

अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले नेपाली मानिस, खाना, संस्कृति, प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरे । नेपाली कलाकार प्रतिभाशाली रहेको बताउँदै उनले काम गर्दाको अनुभव सुनाए । नेपाली फिल्म उद्योगको भविष्य उज्ज्वल रहेको र आफू अन्य नेपाली फिल्ममा काम गर्न इच्छुक रहेको समेत उनले बताए । हिन्दीसहित तमिल, कन्नाडा, मलायलम, अंग्रेजी र भोजपुरी फिल्ममा समेत उनले अभिनय गरेका छन् । नेपालमा विशेषगरी उनलाई दर्शकले सन् २००८ को आमिर खान स्टारर ‘गजिनी’का भिलेनको रुपमा चिनिन्छ । प्रस्तुत छ, अभिनेता रावतसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानी :



नेपाली फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो ?

काठमाडौं निकै सुन्दर थलो हो । नेपाल पवित्र थलो देवभूमि हो । यसको सौन्दर्यको कुनै जवाफ छैन । सानदार छ नेपाल । यो मेरो चौथो पटकको आगमन हो । यो फिल्मको सिलसिलामा म आएको छु सुटिङको लागि । खुसीको कुरा यो हो कि दर्शकले हाम्रो फिल्मलाई निकै प्रेम दिएका छन् । म नेपालका दर्शकलाई भेट्न चाहन्छु ।

यो फिल्म गर्न तपाईं कसरी प्रेरित हुनुभयो ?

म निर्देशक चन्द्र पन्तलाई सुरुदेखि नै चिन्छु । ‘ह्रस्व दीर्घ’ फिल्ममा तपाईंले एक महन्थको भूमिका गर्दै हुनुहुन्छ भनेर भन्नुभयो । महन्थको नाम सुनेर भगवान पशुपतिनाथको सहरमा छायांकन हुन्छ भन्ने सम्झिएँ । यस किसिमको ठूलो मन्दिर र ठूलो समुदायको महन्थको भूमिका निर्वाह गरें भने मभित्र पनि महन्थको सोच हुनु जरुरी छ । इमान्दारिता छ, अनुशासन छ, देशप्रेम छ, ईश्वरप्रतिको प्रेम छ, यथार्थसँग प्रेम छ । सौहार्द्ध भावना छ । मेरो छोरा र अरुको छोरामा कुनै भिन्नता देख्दैन । गलत देख्दैनौ । मैले यस्तो विशेषतासहितको महन्थको अभ्यास गरें कि कसरी म महन्थ बन्छु भनेर । यी जति कुरा पनि भनें पात्र निर्वाह गर्नुअघि नै मैले विकास गरेको थिएँ । गाईसँग प्रेम हुन जरुरी छ । पशुप्रेम हुन जरुरी छ । धर्मप्रति नेपालको भक्ति छ ।

ह्रस्व दीर्घ’जस्ता फिल्मले नेपाल र भारतबीच संयुक्त परियोजनामा कस्तो फाइदा हुनेछ ?

धेरै फाइदा हुनेछ । नेपालका आफ्ना कलाकार पनि सानदार छन् । प्रश्न समयको मात्र हो । भारतीय फिल्मको प्रगति भएको छ, त्यो कुनै एक दिनमा भएको होइन । ५० वर्ष, ७५ वर्ष भएको छ । नेपालको उद्योग अहिले पनि बच्चाजस्तै छ । बढ्ने क्रममा छ । बच्चालाई दूध, घिउ खुवाउँदा र कसरत गराउँदा ऊ बलवान् हुनेछ । नेपालको फिल्म उद्योगलाई सही समयमा सरकारले सहयोग गर्‍यो भने कलाकार, प्राविधिकलाई मद्दत गर्‍यो भने पूर्वाधार खडा गर्‍यो भने राम्रो हुन्छ । मैले सुनेको छु– काठमाडौंका मेयर बालेनबारे । उनी लोकप्रिय छन् । र्‍यापर पनि हुन् । मैले आजसम्म सुनेको थिइनँ, यस्तो किसिमको कलाकार जो मेयर बनेका छन् । यदि उनले मेरो कुरा पढिरहेका छन् भने नेपालको फिल्म उद्योगलाई सहयोग जरुरी छ भन्न चाहन्छु ।

नेपालका हरेक कलाकार उत्कृष्ट छन् । मैले काम पनि गरेको छु । नेपालसँग कुनै चीजको पनि कमी छैन । तर केही समय लाग्छ । मैले भर्खरैं देखें, सन् २०२४ मा धेरै फिल्मले राम्रो व्यापार गरे । हाम्रोभन्दा पनि अघि आएका केही फिल्मले उत्कृष्ट व्यापार गरिरहेका छन् । फिल्मले राम्रो व्यापार गरे निर्माता बलिया हुन्छन्, धेरैलाई रोजगारी मिल्छ । रोजगारको यो वैकल्पिक माध्यम समेत हो । नेपालको फिल्म उद्योग अघि जान्छ । तपाईंहरुलाई स्वीट्जरल्याण्ड जान जरुरी छैन । रोमान्टिक दृश्य छायांकन पनि यहीं हुन्छ । एक्सन-सुटका लागि यहाँ पहाड र जंगल छन् । सबै कुरा यहीं छन् ।

नेपालमा हिन्दी सिनेमाको पनि सुटिङ गरिरहेको देख्छु । हरेक कुरामा निर्मातालाई नेपाल राम्रो लागिरहेको छ । राम्रो नलागे आउने थिएनन् । धेरै मानिस आउनेछन् । हामी पनि आएर नेपाली फिल्ममा काम गर्दा यसले चर्चा बटुल्छ र सहयोग पुर्‍याउँछ । नेपाली र हिन्दी मेकरले मिलेर काम गर्दा दुवै मुलुकलाई फाइदा देख्छु ।

नेपालका मानिसबाट तपाईंलाई केही नयाँ कुरा सिक्ने अवसर मिल्यो ?

नेपालीप्रति मेरो हृदयमा ठूलो सम्मान छ । नेपाल मलाई निकै सफा मुलुक लाग्यो । प्रत्येक मानिसले घरलाई सफा राखेमा देश नै सफा हुन्छ । प्रायः ठाउँमा फोहोर एकठाउँमा लगेर फ्याँक्दा अर्कोले पनि त्यहीं फ्याँक्छ । सिंगो सहरको फोहोर पनि त्यहीं जम्मा हुन्छ । तर नेपालमा यस्तो छैन । नेपालमा प्रदूषण पनि उच्च तहको छैन । नेपालमा रसायन मिसावट खाद्यान्नको मिसावट देख्दिनँ । जुन तरकारी मैले घरमा खान्छु, त्यही तरकारी मैले यहाँ खान्छु । अमृतजस्तो लाग्छ । माछामासु खाँदा पनि आनन्द हुन्छ । यस्तो कुरा मैले यहाँ देख्छु । म मुम्बईमा बस्छु । त्यहाँ प्रदूषण उच्च छ । मान्छेलाई सास लिने ठाउँ छैन । नेपालमा स्वर्गजस्तै महसुस भयो ।

‘नेपाली फिल्म उद्योग धेरै अगाडि जान्छ, सरकारको सहयोग जरुरी छ’

नेपाली र हिन्दी फिल्ममा काम गर्ने तरिकमा भिन्नता केही महसुस भयो ?

कुनै भिन्नता लागेन । हिन्दीका कलाकार कथामा आफ्नो तरिकाले जुन काम गर्छ, सोही लेभलमा पनि यहाँ काम गरिरहेका छन् । यहाँ उस्तै राम्रो काम गरिरहेका छन् । स्वभाव निर्मल छ । इज्जतसँग कुरा गर्छन् । घमण्ड छैन । मेहनती र इमान्दार छन् । यस्ता मानिस भेट्न मुश्किल छ ।

नेपालमा फिल्म छायांकन गर्ने क्रममा कुनै स्मरणीय क्षण छ कि ?

एक युवतीको शव भेटिन्छ नदीमा । गत वर्षको ठण्डीको कुरा गर्दैछु । पात्रको नाम आम्रपाली हो । बरफजस्तो नारायणी नदीको पानीमा छायांकनका लागि बिहान ४ बजे बोलाइएको थियो । त्यतिबेला पानीमा डुब्दै उठ्दैछिन्, फेरि डुब्दै उठ्दैछिन् । हावा चलिरहँदा कति ठण्डी (चिसो) सहेकी होलिन् ती अभिनेत्रीले । उनले निकै राम्रो काम गरिन् ।

के ‘ह्रस्व दीर्घ’ले भारतीय दर्शकलाई आकर्षित गर्ला ?

अवश्य गर्छ । किनभने यो एक अनुशासनको कथामा छ । हाम्रो समाजमा युवतीलाई पर्दा पछाडि बस्नुपर्छ भन्ने मान्यता छ । हामी खुलिसकेका छैनौं । अमेरिकाजस्तो बनिसकेका छैनौं । एक महन्थ जो छोरीलाई नियन्त्रणमा राख्न चाहन्छ । मन्दिरमा गलत काम हुन दिंदैन । यो एक लडाइँ हो ।

तपाईंको यो पहिलो नेपाली फिल्म हो ? भविष्यमा अन्य नेपाली फिल्ममा काम गर्ने इच्छा के छ ?

अवश्य पनि छ, किनभने अनुभव निकै राम्रो रह्यो । हाम्रो लागि जुन व्यवस्थापन गर्नुभयो निर्माताले यो राम्रो थियो । समय पनि पर्फेक्ट थियो । मान्छे समयमा आउँछन् । गाडी समयमा आउँछ । कुनै लोकेसनमा जानुपर्ने भयो जान्छन् । म होटलको खाना खान्नँ । युनिटको खाना खान्छु । कालो दाल खान्थें सधैं । चिकेन, भात खान्थें । मलाई नेपालको खाना मनपर्छ ।

नेपाली भाषा सिक्न कति कठिन भयो ?

कुनै पनि भाषा सुरुमा सिक्न कठिनाइ त हुन्छ नै । फिल्मको लागि पर्फेक्ट हुनुपर्छ । डायलग पर्फेक्ट बोल्नुपर्छ । छोटा लाइन त बोलें, तर लामो र ठूला लाइनमा मलाई सघाउनुभयो ।

‘नेपाली फिल्म उद्योग धेरै अगाडि जान्छ, सरकारको सहयोग जरुरी छ’

सहायक कलाकारसँग यो फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो ?

हाम्रो फिल्ममा नेपाली सिनेमाका धेरै लोकप्रिय कलाकार थिए । सहयोगी र फ्रेन्ड्ली लाग्यो काम गर्दा । काम गर्दा हृदयबाट प्रेम पनि दिन्छन् । यो फिल्मपछि मलाई इन्स्टाग्राममा धेरै सन्देश आएका छन् । मेरो जीवनमा अहिलेसम्म यस्तो भएको थिएन, जुन अहिले भएको छ । ‘ह्रस्व दीर्घ’जस्ता फिल्म प्रायः बन्दैन । यदि यस्ता फिल्मलाई प्रोत्साहन र सफल बनाइदिनुभयो भने बनाइदिनु पनि भएको छ । अझै बनाउँदा नेपाली फिल्म उद्योगलाई अझै राम्रो हुन्छ ।

नेपाल बसाइमा तपाईंका योजना कस्ता छन् ?

म अहिले त फिल्मको प्रमोसनमा आएको छु । मैले दर्शकलाई भेटें । उनीहरुको प्रतिक्रिया सुनें । उनीहरुको रियाक्सन हेर्न मन छ । फिल्ममा इमोसन, फाइट र कमेडी दृश्य आउँदा उनीहरु कस्तो महसुस गर्छन् । त्यो हेर्न चाहेको छु । अलग-अलग थिएटरमा समय बिताउँछु ।

नयाँ कलाकारलाई तपाईं के करिअर टिप्स दिन चाहनुहुन्छ ?

फिल्ममा मात्र नभएर हरेक कुरामा मेरो मूलमन्त्र भनेको इमान्दारिताका साथ कडा मेहनत गर्नु हो । एक न एक दिन तपाईंलाई अवश्य पनि सफलता मिल्छ । मेरो जीवन पनि यस्तै भएको छ । म पनि सुरुमा लोकप्रिय अभिनेता बनिनँ । धेरै समय लाग्यो । पशुपतिनाथको आशीर्वादले जीवनमा धेरैथोरै केही गर्न पाएँ । इमान्दारी र हृदयबाट काम गर्नु, पटक–पटक अभ्यास गरेर पूर्णता दिनु जरुरी हुन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School