‘नेपाली कलाकार विदेशीनु रहर नभई बाध्यता हो, मेरो पनि त्यो दिन आउनसक्छ’: हिमाल सागर, गायक



प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

‘नेपाली कलाकार विदेशीनु रहर नभई बाध्यता हो, मेरो पनि त्यो दिन आउनसक्छ’: हिमाल सागर, गायक

नेपालका चर्चित गायक हिमाल सागरले नेपाली कलाकारहरु विदेशीनु रहर नभई बाध्यता भएकाले भविश्यमा आफ्ना लागि पनि त्यो दिन आउनसक्ने बताएका छन् । उनले आफ्नो देश छाडेर जान कसैलाई रहर नभएपनि बाध्यताले गर्दा देश छाडेर जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन् । क्यानडा भ्रमणमा रहेको बेला पोडकास्ट ‘नेपाली नेक्सस विथ विधान’मा विधान कार्कीसँग कुराकानी गर्दै उनले बाध्यताले विदेशीने नेपाली कलाकारबारे नकारात्मक नसोंच्न आग्रह गरेका छन् ।

उनले भने – ‘स्वदेशमा राम्रो नाम र प्रतिष्ठा कमाएका धेरै कलाकारहरु विदेशी भूमिमा गएर बस्न बाध्य हुन्छन्। आर्थिक समस्याले गर्दा उनीहरु आफ्नो मातृभूमिमा फर्कन सक्दैनन् र आफ्नो परिवारको जिम्मेवारी सम्हाल्न विदेशी भूमिमा बस्न बाध्य हुन्छन्।’

‘नेपाली कलाकार विदेशीनु रहर नभई बाध्यता हो, मेरो पनि त्यो दिन आउनसक्छ’: हिमाल सागर, गायक

नेपालीहरु विदेशमा गएर विदेशी नागरिकता लिएतापनि नेपाली माटोको सुगन्ध कहिले नबिर्सने उनले बताए । उनले भने – ‘नेपालीहरु अमेरिकामा गएर अमेरिकी नागरिकता लिइसकेपछि पनि प्रायले पहिलो भ्रमणका रुपमा अन अराइभल भिसा प्राप्त हुने युरोपका देशलाई नरोजेर नेपाल नै जान चाहन्छन् । अमेरिकी नागरिकता लिइसकेपछि पनि उनीहरुको मनमा कहिले नेपाल टेकौं भन्ने भावना हुन्छ । एकसाताका लागि भएपनि उनीहरुलाई नेपाल जाने चाहना हुन्छ । यो जन्मभूमिप्रतिको माया र सामिप्ताको कारणले हो ।’

पोडकास्टमा गायक हिमाल सागरको जीवन र संगीत यात्राबारे समेत कुराकानी गरेका छन् । हिमाल सागरले आफ्नो बाल्यकालका स्मृतिहरु सम्झिदै भने – ‘मलाई सानैदेखि संगीतप्रति गहिरो रुचि थियो र म गायक बन्न चाहन्थें। त्यो चाहनाले नै मेरो सफल गीति यात्रा सुरु गर्‍यो।’

उनले आफ्नो प्रसिद्ध गीत ‘न मैले लेखे न ऊनले लेखीन’ लाई आफ्नो सफलताको ढोका खोल्ने गीतको रुपमा मानेका छन्। यस गीतको सफलताले गर्दा उनले विभिन्न देशहरुको यात्रा गर्ने अवसर पाएको र यसले आफूलाई स्थापित गराएको बताएका छन्।  उनले सफलताको परिभाषा प्रस्तुत गर्दै भने, ‘धेरै गीतहरु सिर्जना गर्नु, धेरै गीतहरु रिलिज गर्नु मात्रै सफलताको मापन होइन, मेरो दृष्टिकोणमा, सफल भनेको त्यस्ता सर्जक, कलाकार हो, जसले सार्वजनिक रुपमा आफूलाई धेरै नदेखाएपनि गुणस्तरीय संगीत सिर्जना गरिरहेका छन्। गुणस्तरीय सिर्जना गर्नु नै सफलताको मुख्य मापदण्ड हो।’





Source link

Leave a Comment