नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट

प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट

नेपालमा भूकम्पको झट्का महसूस गरिएको छ। भूकम्प ५ दशमलव ५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्टमा उल्लेख छ । यस अगाडिको प्रारम्भिक अनुमान ५ दशमलव १ म्याग्निच्युड रहेकोमा युएस जीओलोजिकल सर्भेले यसमा अपडेट गरेको हो । भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको कोदारीदेखि १४ किलोमिटर नजिकमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसूस गरिएको जनाइएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। विस्तृत जानकारीको लागि सम्बन्धित निकायहरूबाट थप अध्ययन तथा तथ्यांक सङ्कलन भइरहेको छ।

स्थानीय समय अनुशार विहान २ बजेर ५१  मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारत र चीनका भागमा समेत अनुभव गरिएको जनाइएको छ । भूकम्पको गहिराई १३ किलोमिटर रहेको प्रारम्भिक अनुमान रहेको छ ।

नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट

नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट

भूकम्प कम गहिराईमा रहेको र ठूलो क्षेत्रमा महसुस गरिएको भोल्केनो डिस्कभरीले जनाएको छ । भूकम्पको कम गहिराइका कारण भूकम्पको केन्द्रविन्दु नजिकै सोही म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।

नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।

Source link

Leave a Comment