निर्णय

निर्णय


तारा दिनरात चुकुल लगाएर बस्न थालेकी थिई । त्यसअघि त ऊ खुल्ला आकाशमा उड्ने पक्षी जस्तै थिई । उन्मुक्त । चञ्चले । पट्-पट् बोलिरहनुपर्ने । रमाइलो गरिरहनुपर्ने ।

अचानकसँग ताराको व्यवहारमा आएको यो परिवर्तनले अरूलाई फरक नपरे पनि बाउ सुर्जे र आमा शान्तिलाई भने हरप्रकारले चिन्तामा पारिदिएको थियो । ताराको भाइ तीर्थको हरेक काममा सहयोगी हात घटेको थियो ।
घरका सबै निराश थिए ।

शान्तिले पटक-पटक सोधेकै हो, “तँलाई के भएको छ तारा ?” तर ताराको मुखबाट एकशब्द झरेको भए पो !

हप्ता, महिना दिनसम्म पनि छोरीको उही अत्यासलाग्दो व्यवहार देखेर शान्तिको चिन्ता उकालो लागेको थियो ।

एकदिन सदा झैं सुर्जे काममा जान्छु भनेर घरबाट निस्कियो । तीर्थ साथीकोतिर हिंड्यो । घरमा तारा र शान्ति मात्रै भए ।

“छोरी ढोका खोल न” शान्तिले ताराको ढोका ढक्ढक्याइन् । ताराको कोठाबाट हावा समेत आवतजावत गरेन । तारन्तारको ढक्ढक्याइले तारा आजित भई र ढोका खोलिदिई । ऊ पूरापूर पक्का थिई आज आमाले केरकार नगरी छोड्दिनन् भनेर ।

शान्ति कोठामा प्रवेश गरी । तारा सुक्सुकाइरहेकी थिई । शान्तिले तारालाई प्रश्न गरी । ताराले उत्तर दिई । उनीहरूबीच मसिनो आवाजमा कुराकानी भयो । कुराकानी पश्चात् शान्ति जुरुक्क उठी र बाहिर निस्किई । साँझ विना संवाद आमाछोरीले एकअर्कालाई हेरे । चुपचाप खाना खाए र आ-आफ्ना कोठामा पसे ।

राति सुर्जे र तीर्थ घर फर्किए । शान्ति ताराको कुराले अशान्त थिई । ऊ आफ्नो लोग्नेलाई तारासँग भएको कुरा सुनाउँ कि नसुनाउँको दोधारमा थिई । अन्ततः उसले लोग्नेलाई ताराबारे सम्पूर्ण कुरा बेलीविस्तार लगाई ।

शान्तिको कुराले सुर्जे हतप्रभ रह्यो । ऊ प्रतिक्रियाविहीन भयो । एकहोरो भएको सुर्जेले रातभरि कोल्टे फेरिरह्यो । उसको त्यो रात अनिंदो भएर बित्यो ।

बिहान ऊ अघिल्लो दिन जसरी काममा जान्छु भनेर निस्कियो तर कामतिर नगई सुब्बा बाजेकहाँ पुग्यो । घरमा शान्तिको छट्पटी उस्तै रह्यो । दिउँसोपख सुर्जे घरमा फर्कियो । सदा त बिहान हिंडेको सुर्जे रातमा मात्रै फर्किन्थ्यो । त्यसदिन दिउँसै फर्किएको लोग्ने देखेर शान्ति केही अचम्भित पनि भई । केही राहत पनि महसुस गरी । उसो त मनमा भने डर पनि उत्पन्न भइरहेको थियो । सुर्जेको अनुहार मध्याह्नको घाम जस्तो रापिलो देखिएको थियो । ऊ लोग्नेको रिस कस्तो हुन्छ भन्नेबाट परिचित थिई । कतै ताराको कुरालाई लिएर केही नराम्रो घटना त घटाउँदैन भनेर भित्रभित्रै काँप्न थालेकी थिई । ऊ चुपचाप भान्सामा पसी । एक गिलास चिसो पानी सारेर ल्याई र लोग्नेलाई दिई । सुर्जेले एकपल्ट शान्तिलाई पुलुक्क हेर्‍यो र पानी घटघटी पियो ।

पानी पिइसकेर सुर्जे जुरुक्क उठेर ताराको कोठातिर लाग्यो । शान्ति केही अपशकुन नहोस् भन्ने कामना गर्दै लोग्नेको पछि-पछि लागी ।

“हो त तारा त्यो रम्बा साइँलालाई नमिठो सपना ठानेर भुलिदेऊ ।”

“तिमी जवान छ्यौ । अर्को बिहे गर्दा पनि हुन्छ ।”

“नाईं म त यो बच्चा रम्बा साइँलालाई दिन्नँ” एक्कासी तारा भड्किएकी आत्मा जस्तो चिच्याई ।

सुर्जेले ताराको कोठाको ढोका घचेटेको मात्र थियो, ढोका आफैं खुल्यो । ढोका खुल्लै रहेछ । तारा भित्तापट्टि मुख फर्काएर पल्टिरहेकी थिई ।

“तारा” शान्तिले सुस्त स्वरले बोलाई तर तारा झन् भित्ताभित्रै पसुँला झैं टाँसिन पुगी ।

“तारा, उठ्” सुर्जेको धोद्रो आवाज सुनेपछि भने तारा जुरुक्क उठी ।

“तारा कुरा के हो ?” सुर्जेले चर्को आवाजमा तारासँग भन्यो ।

“………………” तारा चुप रही ।

“साँचो साँचो बता । तेरो गल्ती रहेछ भने भोलिको दिनदेखि तैंले हाम्रो अनुहार हेर्न पर्दैन । होइन भने समाजले हाम्रो अनुहार हेर्दैन ।”

कोठामा नीरवता छायो । कोही एक शब्द बोलेन । चारैतिर मुर्दा शान्ति पल्टिएको थियो ।

केहीबेरको सन्नाटापछि ताराले बतास चिरेर आपूmसँग भएको घटनाको बेलीविस्तार लाउन थाली ।

……….

कुरा दुई वर्ष अघिदेखिको हो । रम्बा साइँलाले मलाई पछ्याउन थालेको थियो । सुरुसुरुमा त मैले वास्तै गरिनँ ।
एकदिन मेरो बाटै छेकेर रम्बाले भन्यो, “तारा म तिमीलाई मन पराउँछु ।”

त्यसदिनदेखि मलाई रम्बा साइँला देखेर डर लाग्न थाल्यो । नडराउँ पनि कसरी । ऊ थियो अजङ्गको रूख जस्तो । छिप्पिएको । मलाई रम्बाको अनुहारको खत देखेरै डर लाग्थ्यो । ती खतहरूले ऊ ठाउँठाउँमा डढेको गहुँको रोटी जस्तो देखिन्थ्यो ।

म भर्खरै बैंसको मध्याह्नमा पुगेकी थिएँ । मेरो तेजिलो र आकर्षक जीउडाल, सलक्क परेका हातगोडा, पहाडको कन्दराबीच झरिरहेको झरना जस्ता केशराशि, चम्किलो छालाको रङ, अनारका दाना जस्ता दाँत र ओठमाथिको कालो मसिनो कोठी देखेर गाउँका जो–कोही आकर्षित हुन थालेका थिए । त्यसमा रम्बा साइँला थपिएको थियो । यो कुरा मैले गुपचुप राख्नुमै हितकर सोचेकी थिएँ । किनकि मलाई घरको डर लाग्थ्यो । यो समाजको डर लाग्थ्यो । सबैभन्दा बढी सुब्बा बाजेको डर लाग्थ्यो । किनकि रम्बा साइँला सुब्बा बाजेको ज्वाइँ हुन् । मैले रम्बा साइँलाबाट छुटकारा पाउन घरमा ‘बुबाआमालाई भनिदिन्छु’ भनेर डर समेत देखाएँ । तर ऊ अटेरीको पराकाष्ठा थियो ।

१९ वर्षमा पाइला राख्दासम्म पनि मैले आफूलाई सुरक्षित नै राखेकी थिएँ । मैले कसैगरी पनि रम्बा साइँलाको प्रेममा पर्दिनँ भनेर मनमनै कसम खाएकी थिएँ । तर समयक्रमसँगै मेरो अडान पनि बगेर गयो । रम्बाको रातदिनको प्रेम प्रस्ताव, घुर्की र मायाले म गलें । म रम्बा साइँलाको प्रेमको तालमा डुबुल्की मार्न पुगें । त्यो ताल झन्–झन् फराकिलो, झन्–झन् गहिरो हुँदैगयो ।

एकदिन अचानकसँग मेरो सास बन्द होला जस्तो भयो । मैले चारैतिर हेरें, पर्खाल जस्तो परिबन्दले अँठ्यायो । हत्तपत्त त्यस तालबाट उत्रन्छु सोचें । यताउता हेरें । म झल्याँस्स भएँ । त्यतिञ्जेलसम्ममा एकदम ढिला भइसकेको थियो । रम्बा साइँलाको अंश मेरो शरीरमा उम्रिसकेको थियो । अब म एक्ली रहिनँ ।

मैले रम्बालाई यसबारे बताएँ । पहिले त ऊ खुसी भयो ।

“यो हाम्रो प्रेमको सौगात हो” उसले मलाई गम्लङ्ग अँगालो मार्‍यो ।

रम्बा साइँलाले ‘घरमा कुरा मिलाएर आउँछु’ भन्यो र गयो ।

अर्को दिन म रम्बा साइँलाको प्रतीक्षामा उही ठाउँमा बसिरहें तर ऊ आएन । मैले सोचें केही भवितव्य पो आइलाग्यो कि !

यसरी एकपछि अर्को दिनहरू बित्दै गए ।

मैले रम्बा साइँलालाई सम्पर्क गर्न खोजें । ऊ सम्पर्कमा आएन । आयो त उसको खबर, ‘रम्बा साइँला त काठमाडौं गयो ।’

……….

अरू बेला न्यायको लागि अगाडि बढ्ने सुब्बा आफ्नो परिवारको अघि पछाडि बस्यो । सुर्जेलाई सुब्बा बाजे सदैव भगवान् लाग्थ्यो । त्यसदिन त्यो अनुहार दानव जस्तो देख्न थाल्यो । संसारकै सबैभन्दा कुरुप अनुहार लाग्यो

अशान्त मन लिएर तारा शान्त भई ।

सुर्जेले शान्तिलाई हेर्‍यो । शान्तिले ताराको भरिलो शरीर हेरिन् । तीर्थ ताराको नजिकै बस्यो र स्नेहले ताराको हात समात्यो । तारा घुप्लुक्क घोप्टिई । उसका आँखाबाट आँसु बगेर सिरानी भिज्यो ।

“म भोलि नै सुब्बा बाजेलाई भेट्छु”, सुर्जे उठेर आफ्नो कोठातिर गयो ।

भोलिपल्ट सबेरै सुर्जे सुब्बा बाजेको घरतिर हिंड्यो । सुब्बा बाजे घरमै भेटिए ।

“भन सुर्जे के भन्न आइस् ?”

“रम्बा साइँलालाई काठमाडौंबाट झिकाउन पर्‍यो ।”

“किन ?”

“बिगार गरेछ त्यल्ले । तारालाई गर्भवती बनाएर काठमाडौं भागेछ ।”

“बहुलाइस् कि क्या हो सुर्जे ? चिनेको छस् नि रम्बा साइँला मेरो एक्ली छोरीको लोग्ने हो भनेर । यदि यो आरोप मात्र ठहरियो भने तेरो खानदानको सर्वनाश मै गर्नेछु”, सुब्बा बाजे कड्किए ।

“सत्ते सत्ते हो बाजे । नपत्याए एकपटक रम्बा साइँलासँग बुझ्नुहोस् !” यति भनिसकेर सुर्जे सुब्बा बाजेकहाँबाट फर्कियो ।

सुब्बा बाजेले तुरुन्तै रम्बा साइँलालाई झिकाए । त्यसपछि सुब्बा बाजेले तारा, सुर्जे र शान्तिलाई डाके । सुब्बा बाजेको आँगनमा भेला भएकाहरूको आँखा सुब्बा बाजेकी छोरी रम्बा साइँलाकी स्वास्नी साइँलीतिर तेर्सियो ।

“सुर्जेले भनेको कुरा कतिको सत्य हो ज्वाइँसाहेब ?” सुब्बा बाजेले केरकार सुरु गरे । रम्बा साइँलाको बक फुटेन ।

“ताराको पेटको बच्चा रम्बाको हो भने सकार्नु पर्‍यो ।” रम्बा साइँला चुप लागेको देखेर सुब्बा बाजे कड्किए ।

सुब्बा बाजेको कुरा सुनेर साइँली झस्याङ्ग भई । उसलाई आफू उभिईरहेको धर्ती भासिंदै गएको आभास भयो ।

जताततै अन्धकार छाए जस्तो महसुस गरिन् ।

“हो बुबा । मबाट गल्ती भयो । तर साइँली हुँदाहुँदै म तारालाई बिहे गर्न सक्दिनँ ।” सुब्बाले चर्को स्वरमा प्रश्न दोहोर्‍याएपछि बल्ल रम्बा साइँलाको बक फुट्यो ।

रम्बा साइँलाको गैरजिम्मेवार जवाफले कोठामा मौनता छायो । यद्यपि साइँलीको मुटुको चाल भने तीव्र थियो ।

उसको सासको गति हेर्दा अहिल्यै रम्बा साइँलालाई चिथोर्ली जस्तो लाग्थ्यो । बिलौना गर्दै रुन्छे जस्तो थियो । तर ऊ सबैले सोचे विपरीत चुप थिई । केही क्षणपछि साइँलीले घरभित्र गएर सुब्बा बाजेसँग गोप्य कुराकानी गरी ।

सुब्बा बाजेले टाउको हल्लाए र बाहिर निस्केर भने, “हेर सुर्जे नहुनु भइसक्यो । समस्यासँग भाग्न पनि भएन । कुनै न कुनै हल निकाल्नै पर्‍यो । ताराको उमेर धेरै भएको छैन । भर्खरै उन्नाइस-बीसकी भई । यता मेरी छोरीज्वाइँको आधा उमेर उम्किसक्यो । तर यिनीहरूको अहिलेसम्म बालबच्चा भएको छैन । ताराको अगाडिको पढाइ खर्च म बेहोरौंला । तेरो परिवारलाई पुग्ने खेत पनि दिउँला । बदलामा ताराको कोखको बच्चा हामीलाई दे !”

अरू बेला न्यायको लागि अगाडि बढ्ने सुब्बा आफ्नो परिवारको अघि पछाडि बस्यो । सुर्जेलाई सुब्बा बाजे सदैव भगवान् लाग्थ्यो । त्यसदिन त्यो अनुहार दानव जस्तो देख्न थाल्यो । संसारकै सबैभन्दा कुरुप अनुहार लाग्यो । मौन उभिइरहेकी ताराको अनुहार हेर्दै सुर्जेले आफूलाई संयम राख्यो र भन्यो, “हामी घर सल्लाह गरेर निर्णय सुनाउँछौं बाजे । अहिले जान्छौं ।”

सुर्जेको सन्तान घर फर्किएपछि भान्सामा आगो फुक्दै घर सल्लाह गर्न लागे ।

“सुब्बा बाजेले भने जस्तो नगरे हामीलाई बाँच्न–खान दिन्नन् ।”

“हो त तारा त्यो रम्बा साइँलालाई नमिठो सपना ठानेर भुलिदेऊ ।”

“तिमी जवान छ्यौ । अर्को बिहे गर्दा पनि हुन्छ ।”

“नाईं म त यो बच्चा रम्बा साइँलालाई दिन्नँ” एक्कासी तारा भड्किएकी आत्मा जस्तो चिच्याई ।

“त्यस्तो नभन न तारा । हाम्रो अनुहार पनि हेर । सुब्बा बाजेसँग जोरी खोजेर गाउँमा बस्न सकिंदैन । अर्को नयाँ जीवनको सुरुवात गरे पनि हुन्छ”, सुर्जेले लामो खुइया फ्याँक्यो र उठ्यो ।

तारा चुपचाप आफ्नो कोठामा पसी । रात अबेर भइसकेकोले बत्ती झ्यापझुप निभाएर सबै सुत्ने उपक्रममा लागे । ताराले भने मनमनै अठोट गरी । अनि फटाफट दराजबाट कपडा झिकेर भिर्ने झोलामा खाँदखुँद गरी ।

आधारातमा सुर्जेको घरको दैलो उघ्रियो । पूर्णिमाको रात । चन्द्रमा आँगनमा ओर्लिएको थियो । दैलोबाट एउटा आकृति निस्कियो । त्यो आकृति आँगनमा पुगेर उभियो र घरतिर फर्कियो । त्यसपछि हतारहतार ओरालो ओर्लियो । त्यो आकृति जोर पैतालाले अन्धकार चिर्दै अगाडि बढ्दै गयो । निरन्तर निरन्तर ।

त्यो तारा थिई ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School