नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड


३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् ।

नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दु:ख नदिन निर्देशन दिएको पनि प्रचण्डले बताए । नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ ।

देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब पोखराबाट झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीमा पनि नियमित उडानको वातावरण बनाउने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधन गर्न आफूले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले पनि भारत र चीनका जहाज सिधै पोखरा आउन् भन्ने चाहेको र आफूले पनि त्यसै अनुसार पहल गरिरहेको उनले बताए ।

पोखरा आवतजावत गर्ने सडक मार्गको अवस्थाबारे आफू पूर्ण जानकार रहेको भन्दै उनले पोखरा–मुग्लिन सडक विस्तारको काममा ढिलो नगर्न ताकेका गरिरहेको दाबी गरे ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School