नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा



प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

अमेरिकी अन्तरिक्ष संस्था नासाको भविष्यप्रति थप अनिश्चितता सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीचको खर्चसम्बन्धी विधेयकलाई लिएर बढेको विवादले नासाको भविष्यप्रति थप अनिश्चितता सिर्जना भएको हो ।

ह्वाइट हाउसले प्रस्ताव गरेको बजेटमा ठूलो कटौतीको संभावना रहेको छ । यो कटौतीले वैज्ञानिक अनुसन्धान र पर्यावरण अनुगमनमा आधारित मिसनहरूलाई ठूलो असर पुर्याउने देखिएको छ ।

नासाले कंग्रेससमक्ष पेस गरेको बजेट अनुरोध अनुसार वैज्ञानिक परियोजनाहरूको लागि विनियोजन हुने बजेट झन्डै आधा कटौती गरिनेछ । यसले विकासको चरणमा रहेका वा हाल अन्तरिक्षमा कार्यरत करिब ४० वटा वैज्ञानिक मिसनहरू बन्द हुने खतरा बढ्ने छ ।

नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा

नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा

यसैबीच राष्ट्रपति ट्रम्पले मस्कको कम्पनी स्पेस एक्स सँग रहेका संघीय ठेक्का खारेज गर्ने धम्की दिएका छन् ।

नासा हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानव र आपूर्तिहरू पठाउन स्पेस एक्स का फाल्कन ९ रकेटहरूमा निर्भर छ । चन्द्रमा र मंगल ग्रहमा मानव पठाउने दीर्घकालीन योजनाको लागि स्टारशिप रकेट प्रयोग गर्ने योजना छ ।

ओपन युनिभर्सिटीका स्पेस वैज्ञानिक डा साइमोन बार्बरका अनुसार पछिल्ला राजनीतिक निर्णयहरूले मानव अन्तरिक्ष कार्यक्रममै ‘चिसोपन’ ल्याएको छ ।

उनले भने, “हामीले पछिल्लो हप्तामा देखेका अचम्मका निर्णयहरू, तत्कालीन युटर्नहरू र राजनीतिक आक्षेपहरूले हाम्रो सपना बनाउने आधार नै हल्लिएको महसुस हुन्छ । अन्तरिक्ष विज्ञान दीर्घकालीन योजना र सहकार्यमा आधारित हुन्छ।”

प्रमुख स्पेस नीतिविद् केसी ड्रेयरले भने, “यो नासाले अहिलेसम्म सामना गर्नुपरेको सबैभन्दा ठूलो संकट हो।” उनका अनुसार प्रस्तावित बजेट कटौतीले नासाको ध्यान केवल चन्द्रमा र मंगल ग्रहमा मानिस पठाउने योजनामा केन्द्रित बनाउनेछ ।

नासाको भविष्य थप अनिश्चित, युरोपेली परियोजनाहरू पनि संकटमा

नासाले आफूले प्रस्तुत गरेको बजेट अनुरोधमा भनेको छ कि, “चन्द्रमा र मंगल अन्वेषणका लागि आवश्यक मिसनमा केन्द्रित गर्न विज्ञान तथा प्रविधि कार्यक्रमहरूलाई पुन समायोजन गरिएको हो।”

नासाको एसएलएस रकेटको लागत ४.१ मिलियन डलर पर्दछ । यसको सट्टा मस्कको स्टारसिप र जेफ बेजोसको ब्लु ओरिजिन को न्यू ग्लेन प्रयोग गरिने बताइएको छ । तर स्टारसिपका पछिल्ला तीन प्रक्षेपण भने असफल भएका छन् ।

नासासँग सहकार्यमा रहेका युरोपेली परियोजनाहरू मंगल ग्रहको नमुना पृथ्वीमा फर्काउने योजना र इएसए को मिसन पनि कटौतीको चपेटामा पर्न सक्ने संभावना रहेको छ ।





Source link

Leave a Comment