नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन



प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार

नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पक्राउ बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी भएको छैन । वासिंटन डिसीमा रहेको नेपाली दूतावासले बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी हुने कुनै प्रमाण नरहेको जनाएको छ ।

दूतावासका एक अधिकारीले खसोखाससँग भने -‘हामीले बबीसिंह शाह र उनले प्रयोग गरेका अन्य नामका आधारमा हेर्दा समेत उनी नेपाली नागरिक भएको पुष्टी हुने कुनै प्रमाण भेटिएन । उनले नेपाली दूतावासबाट नेपाली पासपोर्ट नविकरणका लागि समेत कहिल्यै आवेदन दिएको देखिएन ।’

केही संचारमाध्यमले बबी सिंहका पिता दर्शन सिंह सन् १९६० तिर भारतको जम्मु–काश्मिरबाट नेपाल आएको उल्लेख गरेका छन् । त्यसपछि बबीसिंह नेपालमा जन्मिएको उल्लेख गरेका छन् । अदालती कागजात अनुशार उनी सन् १९७२ को नोभेम्बर १३ मा जन्मिएको उल्लेख गरिएपनि उनले नेपाली नागरिकता लिएको भने पुष्टी भएको छैन ।

नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन

बबीसिंह शाह नेपाली भएका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दावी गरेका छन् । कोही व्यक्ति कुनै कालखण्डमा नेपालमा बस्दैमा वा नेपालमा जन्मिदैमा त्यसलाई नेपाली भन्न मिल्दैन । विगतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपाली भाषी भुटानीकाबारेमा समाचारहरु सम्प्रेषण गर्दा पनि यस्तै गलत सुचनाहरु प्रवाह गर्दै आएका थिए ।

अदालती कागजातमा पनि बबीसिंहको विगतको नागरिकताबारे खुलाइएको छैन । बबीसिंहका वकिल विल्भिन कार्टरले बबीसिंह शाह भारतीय मूलको भएका बताएका छन् ।

ह्यारिस काउन्टी डिस्ट्रिक्ट क्लर्क कार्यालयका संचार विशेषज्ञ मिशेल वोजिकले पनि आफूहरुले विगतको नागरिकता वा जन्मस्थानबारे रेकर्ड नराख्ने खसोखासलाई बताएका छन् । यद्यपी अदालती कागजातमा भने बबीसिंहसँग अमेरिकी नागरिकता नभएको उल्लेख गरिएको छ ।





Source link

Leave a Comment