धुलिखेलबाट केन्या हिंडेको यायावर

धुलिखेलबाट केन्या हिंडेको यायावर


हामी सात जनाको एक टोली अफ्रिकाको माटो छुन हिंडेका थियौं । हाम्रा आदिम पुर्खाले सिंचेको माटोबाट बिदा लिएर हाम्रा आदिमानवहरूले फुड चेनको बीचमा रहेको मानवस्थितिलाई बिदा गर्ने बाटो समाएका थिए । अफ्रिकाको फाँटबाट अरबको जमिनतर्फ बाटो लगाएका थिए । उनीहरूले आफ्नो सन्तान उत्पादन गरिदिएर अनि आफूले सिकेका सीपहरू आफ्ना सन्तानहरूलाई हस्तान्तरण गरिदिएर धर्म कमाएका थिए । आफू खाद्य शृङ्खलाको शीर्ष स्थानमा उक्लिएका थिए ।

हामी मानिसहरू प्रायः अफ्रिकाको समथर भूमिबाट विकास भएका हौं । त्यसो त, अझै पनि विकसित हुँदैछौं । खैर, ती पुर्खाहरूलाई आज भेट्ने कुरा त भएन तर ती स्थानलाई टेक्ने मौका अवश्यै पाइने भइयो । मनमा उमंग थियो । हामी त सभ्यताको सुरुवाती केन्द्रतर्फ फर्कंदै थियौं !

केन्यामा डा.विनोद ढकाल ।

हामीलाई केन्याको एल्डोरेट शहरमा उपस्थित एमओआई अस्पतालमा जानु थियो । एमप्याथ (एकेडेमिक मोडेल प्रोभाइडिङ एक्सेस टु हेल्थकेयर) परियोजना अन्तर्गत नेपालको धुलिखेल अस्पताल र केन्याको एमओआई अस्पतालको सहकार्यमा नेपाल र केन्याका महिलाहरूमा रहेका स्तन र पाठेघरको मुखको क्यान्सरको अध्ययन र उपचारको परियोजनाको सुरुवात गर्न र परियोजनाको तयारी गर्न हामी त्यहाँ पुगेका थियौं । जनसंख्याका हिसाबले केन्याको पाँचौं ठूलो शहर एल्डोरेटमा हामी जाँदै थियौं ।

एल्डोरेटको विमानस्थलमा ओर्लने बित्तिकै हामीलाई आत्मीयताका साथ लुसी म्याडमले अङ्गालो हालेर स्वागत गरेकी थिइन् । उनी हेर्दा उस्तै थिइन् जस्तो हामीले अफ्रिकाको एक करिब ३० सालको महिलाको कल्पना गरेका थियौं । अग्ली, निकै काली, हल्का वजनदार, राम्री, अनि निकै आत्मीय उनले हामीलाई एल्डोरेटको अन्तर्राष्ट्रिय विमानस्थलबाट १७ किलो मिटर पर पर्ने चारतारे इका होटलमा लगेर सुरक्षित अवतरण गराइदिइन् ।

नेपालबाट दोहा ४ घण्टाको उडान अनि दोहामा पाँच घण्टा ट्रान्जिट फेरि दोहाबाट नाइरोबी ५ घण्टा र नाइरोबीको जोमो केन्यटा अन्तर्राष्ट्रिय विमानस्थलबाट एल्डोरेटको विमानस्थलसम्म एक घण्टा लगाएर पुगेका हामी नथाक्ने करा भएन । जेट ल्यागको कुरा भने थिएन । किनभने हाम्रो केन्याको समय अब २ः४५ घण्टा पछि थियो ।

भोलिपल्ट ८ः३० बजे लुसी फेरि हामीलाई होटलमै लिन आइन् । एमओआई अस्पताल पुग्दा हामीहरूलाई प्रोफेसर बुसकला, प्रो प्याट, डा. चिसोरी आदि हामीलाई स्वागत गर्दै थिए । हामी सात जनाको टोलीको प्रत्येकका आ-आफ्नै जोडी थिए । हामी हाम्रा पूर्वनिर्धारित जोडीहरूको अफ्रिकन नाम हेर्दै रमाइरहेका थियौं । उनीहरूलाई प्रत्यक्ष भेट्दा अर्कै आनन्द पनि थियो ।

प्रो बुसकला सधैं सुटेड-बुटेड र हँसिमिजासिलो विनोदप्रिय मान्छे रहेछन् । उनी हाम्रो भ्रमण र साझेदारीको जिम्मेवार मुख्य मानिस थिए । गोरो छाला भएका अमेरिकी नागरिक प्रो. प्याट यस भ्रमणको लागि भनेर अमेरिकाबाट हिजो मात्र आउनुभएको रहेछ । उहाँ भद्र र ज्ञानको खानी ।

“प्रो प्याट यस संस्थाको मुफासा हो । लायन किङ चलचित्रको शक्तिशाली, बुद्धिमान, निष्पक्ष राजा”, प्रो बुसकला भन्दै थिए ।
एमओआई अस्पताल केन्याको पश्चिमतर्फ रहेको एल्डोरेट शहरमा रहेर यस पश्चिमेली क्षेत्र, वरिपरिका अफ्रिकन राष्ट्र युगान्डा, तान्जानिया, सुडान, कङ्गो लगायत गरेर करिब दुई करोड ४० लाख मानिसहरूलाई सेवा दिइरहेको रहेछ । यो तथ्याङ्क त्यहाँका डाक्टरहरूबाट सुन्न पाइएको हो ।

धुलिखेलबाट केन्या हिंडेको यायावर
एमओआई अस्पतालमा भ्रमण टोली ।

धुलिखेल अस्पतालबाट गएका हामीलाई उक्त अस्पताल हाम्रो अस्पताल जतिकै ठूलो लागेको थियो तर पछि थाहा भयो उक्त अस्पतालको भवन त धेरै भवन मध्येको एक रहेछ । उक्त भवन एमप्याथले करिब २५ वर्ष अघि केन्यामा विकराल रूपमा रहेको एचआइभी एड्सको रोकथामका लागि भनेर बनाइदिएको रहेछ ।

एमप्याथ केन्या परियोजना एमओआई विश्वविद्यालयको एमओआई अस्पताल र अन्य विभिन्न विश्वविद्यालयहरूको सहकार्यमा सञ्चालित छ जसको नेतृत्व अमेरिकामा अवस्थित इन्डियाना विश्वविद्यालयले गरिआएको छ ।

सन् १९८९ मा एमओआई विश्वविद्यालय इन्डियाना विश्वविद्यालयको सहकार्यमा एल्डोरेट केन्यामा सहकार्य सुरु गर्दछ । सन् २००१ मा उक्त सहकार्य स्वास्थ्यको पहुँच पुर्‍याउनमा आधिकारिक रूपमा स्थापना हुन्छ ।

सन् २००० को सुरुमा उक्त परियोजनाले एचआईभीको महामारीलाई मध्यनजर राख्दै एचआईभी र एड्सको निदान र उपचार लगायत मातृ शिशु स्वास्थ्य, पोषण, परामर्श तथा बिरामीहरूलाई आर्थिक स्थिरता र स्वतन्त्रता दिलाउने कार्यमा संलग्न छ ।

केन्याको जनसंख्या अहिले ५ करोड ४० लाख छ । यूएनएआईडीएसका अनुसार सन् २००० मा ३ करोड ६१ लाख मानिस एचआईभीको सङ्क्रमणमा बाँचिरहेका थिए । केन्यामा अझै पनि ६ प्रतिशत भन्दा बढी (१६ लाख) मानिसहरू एचआईभी एड्सको सङ्क्रमणमा बाँचिरहेका छन् । उक्त सङ्क्रमण घटाउन एम प्याथ केन्याको निकै महत्वपूर्ण हात छ ।

एक प्रतिशत भन्दा कम एचआईभी एड्सबाट संक्रमित बिरामी भएको नेपालीलाई यो तथ्याङ्क अचम्म लाग्न सक्छ तर फरक परिवेशको वास्तविकता फरक छ । विस्तारै एचआईभीको प्रकोप कम हुँदै गएपछि केन्यामा चासो क्यान्सरको उपचारमा हुनलागेको रहेछ । उक्त चासोकै परिणाम हो केन्या र नेपालको साझेदारीको यो कार्यक्रम ।

प्रो बुसकला त्रिपक्षीय साझेदारीको वर्णन गरिरहनुभएको थियो, उत्तरी र दक्षिणी राष्ट्रहरूको साझेदारी । त्रिकोणको माथि अमेरिका छ भने दक्षिणमा नेपाल र केन्या ।

“मलाई थाहा छ तिमीहरू पनि उत्तरी जस्तो गोरो छाला भएका जस्ता छौ । थाहा छैन जापान र अष्ट्रेलिया कहाँबाट फरक भए । तर तिमीहरू पनि दक्षिणी नै हौ”, प्रो बुसकला भन्दैथिए ।

मलाई लागिरहेको थियो म त उत्तरी क्षेत्रको मानिस हो । म अलमलमा पर्दै थिएँ । तर हामी दक्षिणएशियामा पूर्वी र पश्चिमी राष्ट्र भनेको जस्तै अफ्रिकनहरू उत्तरी विकसित र दक्षिणी कम विकसित राष्ट्र भनेर विभाजन गर्ने रहेछन् ।

बेलायती उपनिवेशिक राष्ट्र भएकाले उनीहरूको साग बेच्ने पनि अङ्ग्रेजी फरर्र बोल्न सक्थे । मानिसहरू अत्यन्त काला भए पनि राम्रा र हँसिमिजासिला थिए ।

उक्त कार्यक्रममा हामीले २५ वर्ष लामो धुलिखेल अस्पतालको विकासको क्रम समेटेको एक भिडियो देखाएका थियौं । उनीहरूको अस्पतालको पनि उस्तै सङ्घर्षको कथा रहेछ । उनीहरूको पनि एक भवनबाट स्थापना भएको अस्पताल रहेछ । दाताहरूको सहयोग पनि रहेछ । क्यान्सर बिरामीहरूको उपचार, एड्सका बिरामीहरूको उपचार उनीहरू सुरुवाती समयमा टेन्ट लगाएर पनि गर्दा रहेछन् । केही प्रान्तीय अस्पतालहरूसँग साझेदारी पनि रहेछ ।

इन्डियाना अमेरिकाको विश्वविद्यालय हो । अमेरिका भन्ने बित्तिकै उसको प्रभुत्व र संसारमा भएका विभिन्न देशहरूमा उसले राख्न चाहेको रुचि पनि पर्दछ । उसले सहयोग गरेका विभिन्न क्षेत्र पनि हेर्नुपर्दछ । केन्या भूराजनीतिको महत्वपूर्ण स्थानमा अवस्थित छ । ब्रिटिस साम्राज्यले पनि १९२० देखि १९६३ सम्म केन्यालाई उपनिवेश बनाएको थियो ।

केन्या पूर्वीय अफ्रिकी राष्ट्रहरूको द्वार हो । उत्तरतिर सोमालिया र इथियोपिया पश्चिमतिर दक्षिणी सुडान र युगान्डा अनि दक्षिणमा तान्जानियासँग साँध साझेदार केन्याको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११३.४ (नेपालको ४०.८३) बिलियन अमेरिकी डलर छ । उनीहरू नेपालभन्दा बढी विकसित छन् । सडकको स्तर नेपालको भन्दा राम्रो छ । एल्डोरेट शहरमा केही रेलमार्ग भेटिए तर हाम्रा चालकका अनुसार उक्त रेलमार्ग सामान ल्याउने प्रयोजनका लागि मात्र प्रयोग हुन्छ । एल्डोरेटमा मानिसहरू बढी माइक्रो र मोटरसाइकल ट्याक्सी प्रयोग गर्छन् । बस प्रायः लामो दूरीको यात्राको लागि प्रयोग हुन्छ ।

हामी केन्याको राजधानी नाइरोबी जान पाएनौं तर हवाईजहाजबाट नियाल्दा नाइरोबी शहरको विकास राम्रै थियो । म गलत हुन सक्छु तर मलाई केन्या नेपालभन्दा ७ या ८ वर्ष अघि र भारत भन्दा करिब १० या १५ वर्ष अघि लाग्यो ।

नेपाल पनि एक महत्वपूर्ण केन्द्रबिन्दु भएको अवस्थामा नेपालमा पनि अमेरिकाको चासो नबढ्ने कुरा भएन । हालसालै प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमणको एक कार्यक्रम स्कुल अफ मेडिसिन, माउन्ट सिनाइमा पनि भएको थियो । उक्त कार्यक्रम एमप्याथ नेपालको साझेदारी कार्यक्रम थियो ।

अमेरिकी मात्र नभएर केन्यामा भारतीय लगानी पनि प्रशस्त रहेछ । त्यहाँ ८० हजारदेखि एक लाख मानिसहरू भारतीय मूलका रहेछन् । केन्यामा भारतको २.१ बिलियन अमेरिकी डलरको लगानी छ । हामी बसेको होटलमा पनि भारतीयहरूको उल्लेखनीय उपस्थिति थियो ।

समग्र केन्याको जस्तै एल्डोरेट शहरमा प्रायः क्रिश्चियन धर्म मान्दा रहेछन् । ८५.५ प्रतिशत क्रिश्चियन छन् भने करिब ११ प्रतिशत मुसलमान छन् । केन्यामा चर्चहरू प्रशस्त रहेछन् । हिन्दु मन्दिर पनि रहेछ जुन हामी बसेको ठाउँबाट अस्पताल जाने बाटोमा पथ्र्यो । सायद भारतीय समुदायको बाक्लो उपस्थिति भएकाले उक्त स्वामीनारायणको मन्दिर बनाइएको हुनुपर्छ ।

केन्यामा ४२/४३ जनजाति (ट्राइब्स) हरू छन् । हालसालै भारतीयहरूलाई पनि जनजाति रूपमा मान्यता दिएर केन्यामा कुल ४४ जाति भएको मान्ने गरिन्छ ।

मानिसहरू विस्तारै जनजातिबाट विकसित हुँदै आएकाले उनीहरूलाई पनि सभ्यताले छुँदैछ । उनीहरूले पनि भूराजनीतिको महत्व बुझेका छन्, नेपालको जस्तै स्थिति रहेछ । केन्याका राष्ट्रपतिको पनि हाम्रै नेताहरूको जस्तो स्थिति रहेछ । उनी अमेरिका जान्छन्, एउटा कुरा गर्छन्, फेरि चीन र रसिया पुग्छन् र अर्कै-अर्कै कुरा गर्छन् । उनीहरूको बोलाइ देशैपिच्छे फरक हुनेरहेछ । शायद यस्तो कुरा भूराजनीतिक अवस्थितिले तय गर्ने हो कि ?

एक हप्ताको केन्या बसाइँमा मलाई त्यहाँ र नेपालको तराई क्षेत्र या भारतको शहरमा खासै भिन्नता लागेन । घर उस्तै, खाना पनि उस्तै । उगाली (मकैको खाना), चपाटी, गिथेरी, न्यामा, छोमा केही केन्याका महत्वपूर्ण परिकारहरू हुन् । हामीलाई होटलमा र अस्पतालको खानामा भात, साग र मासुका परिकारहरू दिइन्थ्यो । नेपाल र केन्याको खानामा फरक एक मात्र थियो त्यहाँको खानामा बिफ प्रशस्त पाइन्थ्यो ।

धुलिखेलबाट केन्या हिंडेको यायावर

केन्याको माटो रातो छ । रातो माटो भएकाले सडकमा धुवाँ धेरै नउड्ने रहेछ । सडक तराईको जस्तो सिधा लामो । सडकको छेउ मकै खेती प्रशस्त थियो । गाई, गोरु र केही गधाहरू पनि बाटोमा देखिए । हामी एमओआई अस्पतालको अर्को प्रान्तमा (काउन्टी) पर्ने अस्पतालमा जाँदै थियौं । सडकमा मोटरसाइकलहरू पनि प्रशस्त थिए । प्रायः मोटरसाइकल ट्याक्सी थिए । रोडमा ट्राफिक बत्तीहरू थिएनन् । ट्राफिक बत्ती नभए पनि गाडी मज्जाले गुडिरहेका थिए ।

बेलायती उपनिवेशिक राष्ट्र भएकाले उनीहरूको साग बेच्ने पनि अङ्ग्रेजी फरर्र बोल्न सक्थे । मानिसहरू अत्यन्त काला भए पनि राम्रा र हँसिमिजासिला थिए ।

त्यहाँका महिलाहरूको भने मलाई दया लागेर आयो । उनीहरूको कपाल निकै बाक्लो साह्रो तर छोटो हुने रहेछ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं उनीहरूले कपाललाई विस्तार गराउँदा रहेछन् । कपाल बाक्लो भएका कारणले विस्तारित नक्कली कपाल जोड्न सजिलो हुने रहेछ । जोडेको कपालको लम्बाइ भने फरक फरक आकार, प्रकारका थिए । दुई तीन हप्तामा मिलाइरहनुपर्ने रहेछ । आर्थिक स्थिति कम हुनेहरूका लागि कठिन रहेछ । पुरुषहरूलाई भने सजिलो थियो । उनीहरू कपाल खौरिएर हिंड्न सक्थे ।

प्रो बुसकलाको एक भनाइ पनि मलाई रमाइलो लाग्यो- ‘मैले सानोछँदा निकै दुःख पाएको हुँ । आजकाल म ती तमाम यादहरू सम्झन चाहन्नँ जसले मेरो बालापनको गरिबी सम्झाउँछ ।”

चरम गरिबीबाट माथि उठ्दै गरेका उनीहरूको देशमा आजकाल खासै हिंसाका घटना हुँदैनन् । डा. चिसोरी भन्दैथिए, ‘आतङ्ककारी घटना नभएको करिब ५ वर्ष बढी भयो ।’

तर अझै पनि सावधानी भने ठाउँ-ठाउँमा लिइने रहेछ । हामी बस्ने होटल छिर्ने स्थानमा गाडी पनि बम भए-नभएको जाँच गरेर मात्र छिर्ने गथ्र्यो । विमानस्थलमा पनि उस्तै किसिमको सुरक्षा अपनाइएको थियो । शान्त राष्ट्रले विकास गर्न सक्छ । उनीहरू पनि विकसित हुँदैछन् । छिमेकी राज्यहरूमा पनि अमेरिकाको सहयोगमा सेना पठाएका रहेछन् । त्यसकारण पनि केन्यामा शान्ति स्थापना गर्न सजिलो भएको हो, एक डाक्टरले मलाई बुझाउँदै थिए ।

केन्यालीहरूको जीवनशैलीमा यूरोपियनीहरूको प्रभाव पनि परेको देखिन्छ । यूरोपियनहरू लवाइ-खुवाइमा निकै ध्यान पुर्‍याउँछन् भन्ने सुनेको थिएँ । उनीहरूलाई प्रभाव पार्न उक्त शिष्टाचार पनि प्रभावकारी हुन्छ । केही हदसम्म केन्यामा पनि देख्न पाएँ । बेलायती उपनिवेश भएकाले होला स्कुलमा नै खाना खाने (टेबल म्यानर्स), लुगा लगाउने शिष्टाचार सिकाइने रहेछ । प्रो बुसकला पनि उक्त शिष्टाचारमा अलि बढी ध्यान दिंदारहेछन् । रात्रिकालीन भोजमा उनको भाव देख्न पाइन्थ्यो ।

उही रात्रिकालीन भोजमा नै हो थाहा पाएको । नाइरोबीको विमानस्थलबाट बाहिर हेर्दा नै ठूलो बोर्ड देखेको थिएँ । मलाई लागिरहेको थियो । त्यहाँ उपस्थित डाक्टरहरू पनि प्रायः समर्थक थिए । उनीहरूले अमेरिकाबाट आएका प्रोफेसरहरूलाई पनि समर्थक बनाइसकेका रहेछन् । यस क्षेत्रमा आर्सनल फुटबल क्लबको राम्रो प्रभाव रहेछ । म्यान सिटीको समर्थक भएर ती आर्सनलका समर्थकहरूलाई केही बिल्ला पनि उडाउन पाएँ ।

शभन्दा निकै परको परिवेशमा रमाएर नयाँ साथी बनाएर, केही नयाँ परिवेश सिकेर हामी एक हप्तापछि नेपाल फर्कियौं । केही गरेका यात्राको अनुभवमा म भन्न सक्छु एक हप्ता घुम्नका लागि उचित समय हो । धेरै समय यात्रा गर्‍यो भने पनि रमाइलो कम हुन्छ । थोरैले धीत मर्दैन

अर्को दिन हामीहरूलाई भनेर विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । केन्याकै भनिए पनि त्यहाँका डाक्टर साथीका अनुसार साउथ अफ्रिकाको गीतमा (स्थानीय कलाकारहरू हुनुपर्छ) कङ्गोको नृत्य नाचिरहेका थिए । जे भए पनि अफ्रिकन स्वाद थियो । रमाइलो थियो । हामीले विभिन्न अफ्रिकाली नृत्य शैलीमा ती नर्तकहरूको हाउभाउ नक्कल गर्दै नृत्य गर्न पायौं ।

होटलको टीभी च्यानलमा पनि साउथ अफ्रिकाको दबदबा थियो । अलि स्तरीय स्वास्थ्य सेवा पाउनका लागि मानिसहरू साउथ अफ्रिका या भारत समेत पुग्ने गरेको हाम्रा डाक्टर साथीहरूले बताउनुभयो । यस उसले हेर्दा दक्षिणी एशियामा भारतको प्रभुत्व भएको जस्तै अफ्रिकामा दक्षिण अफ्रिकाको प्रभुत्व बढी रहेछ ।

केन्या जंगली वन्यजन्तुका लागि पनि प्रख्यात छ । केन्याको दक्षिणी क्षेत्रमा पर्ने मसाइमारा राष्ट्रिय आरक्षण क्षेत्र केन्याको मात्र नभएर समग्र अफ्रिकाको पर्यटकीय स्थल हो । यस आरक्षित क्षेत्रमा ९५ स्तनधारी प्राणी र ५७० भन्दा बढी प्रकारका चराका प्रजाति पाइन्छन् । लायन किङ चलचित्रको छायाङ्कन पनि त्यहाँ गरिएको रहेछ । गएदेखि अस्पतालको बारेमा जान्ने र परियोजनाको बारे बुझ्ने कार्यमा व्यस्त भएकाले हामी हाम्रो स्थानबाट ३३५ किमी पर पर्ने उक्त स्थान जान पाएनौं ।

हाम्रो व्यवस्थापनमा केही कमजोरी भएकै हो । या भनौं हामीमा कम खर्च गरेर उब्रिएको खर्च बिरामीहरूको सेवामा लगाउने हाम्रा व्यवस्थापकहरूको मुख्य उद्देश्य हुनुपर्छ । हाम्रो भ्रमणको उच्चतम भन्दा उच्चतम समय सिक्न र छलफलमै बित्यो । तर एल्डोरेटबाट केही घण्टा पर एक जिराफ केन्द्रमा जाने मौका भने हामीले छुटाएनौं । हामीलाई त्यहाँ उपस्थित बाबा जिराफ, आमा जिराफ र दुई बच्चा जिराफले साथ दिए ।

हामी आउँदै छौं भन्ने छनक पाएर नै होला उक्त केन्द्रबाट भएका सबै जिराफ अर्कै केन्द्रमा सारिसकिएको रहेछ । धन्न चार ओटा बाँकी रहेछन् त्यहाँ । हामीलाई ती चार ओटा हेरेर कृतज्ञ हुने हतारो थियो तर त्यो पनि त्यहाँका कर्मचारीले हामीलाई हेर्न पाइँदैन भनेर जंगलभित्र जान निषेध गरिदिए । हामी पनि के कम त्यहाँ बाँकी रहेका चार जिराफले दर्शन दिन्छन् कि भन्ने प्रतीक्षामा सडकको छेउ करेन्ट आउने तारको समिपमा उभिइरह्यौं । हामीबाट निकै पर जंगलमा उभिएका जिराफले हाम्रो व्यग्रता देखेछन् क्यार हामीतिर शिर फर्काउँदै थिए । हामी त्यतिमा मुग्ध थियौं ।

कोही साथी बोलाउँदै पनि थिए । हाम्रा प्यारा चालक दाइ पनि हामीलाई निरास बनाउने मनस्थितिमा थिएनन् । नभन्दै त्यो जिराफ परिवार हामीतर्फ विस्तारै लम्कँदै आए । करिब आधा घण्टामा उनीहरू हाम्रो आँखाले राम्रै देख्ने छेउ आएर हामीलाई कृतज्ञ बनाइदिए । अफ्रिकामा उक्त क्षण नै सायद हामी सबैका लागि सबैभन्दा रमाइलो क्षण थियो ।

फर्कंदा बाटोमा हामीले इटन शहर हेर्न पायौं । इटन च्याम्पियनहरूको शहर हो । केन्या समग्रमा म्याराथन धावकहरूका लागि प्रख्यात छ । रिफ्ट भ्यालीको छेउमा उपस्थित यस इटन शहरमा म्याराथन परीक्षण लिन संसारभरिका धावकहरू आउने गर्छन् । एल्डोरेटबाट करिब ४० मिनेट माइक्रोमा दौडिएपछि आउने इटन शहरमा धावकहरूको प्रशिक्षणलाई लक्षित गरेर बनाइएको ट्रयाक पछ्याउँदै हाम्रो माइक्रो दौड्दै थियो ।

हाम्रा चालक दाइ पनि कुनै जमानाका राम्रै धावक रहेछन् । को छैन होला र केन्यामा धावक ? कहिलेकाहीं त आधा इटन शहर यस ट्रयाकमा दौडन आउँछ रे ! २०२४ को प्यारिस ओलम्पिक्समा केन्याले पाएको ११ ओटा मेडल सबै एथलेटिक्समा थियो जसमा चार स्वर्ण पदक थिए । प्रोफेसर बुसकला भन्दै हुनुहुन्थ्यो- “केन्यामा ओलम्पिक्समा मेडल नल्याउने हो भने अपराध मानिन्छ । नेपालले २०२४ को ओलम्पिक्समा कति ओटा मेडल जित्यो ?” उहाँ मलाई प्रश्न सोध्दै हुनुहुन्थ्यो ।
“तपाईंहरू त ओलम्पिक्समा जानुहुन्छ । हामीलाई त ओलम्पिक्सले बोलाउँछ”, म भन्दैथिएँ ।

उहाँ अचम्म पर्दै हुनुहुन्थ्यो । म सम्झाउन लागें- “तपाईंहरू त ओलम्पिक्सका लागि छनोट (क्वालिफाई) गर्नुहुन्छ, मेडल पनि जित्नुहुन्छ, हामीहरू त छनोट नै हँुदैनौं । सबै देशको उपस्थिति गराउन भनेर ओलम्पिक्सले हामीलाई बोलाउँछ ।”

योभन्दा म गर्व महसुस गरिरहेको थिइनँ तर वास्तविकता नसुनाएको भए पनि हुनेथियो । सुनाएकोमा म दुःखी पनि छैन ।

देशभन्दा निकै परको परिवेशमा रमाएर नयाँ साथी बनाएर, केही नयाँ परिवेश सिकेर हामी एक हप्तापछि नेपाल फर्कियौं । केही गरेका यात्राको अनुभवमा म भन्न सक्छु एक हप्ता घुम्नका लागि उचित समय हो । धेरै समय यात्रा गर्‍यो भने पनि रमाइलो कम हुन्छ । थोरैले धीत मर्दैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School