प्रकाशित मिति : असार ३०, २०८२ सोमबार
दक्षिण सिरियामा भएको झडप कम्तीमा ३० जनाको मृत्यु भएको छ । झडपमा दर्जनौं घाइते भएका छन ।
स्वेइदा शहरमा बेडुइन सुन्नी जातीय समूह र ड्रूज धार्मिक अल्पसंख्यक लडाकुहरूबीच भएको हिंसात्मक झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन्।
सिरियाको गृह मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको संख्या कम्तीमा ३० पुगेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स अर्थात युद्ध निगरानी संस्थाले यो संख्या ३७ सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
पछिल्ला महिनाहरूमा असद शासन ढलेपछि अल्पसंख्यक समूहहरूबीचको हिंसा चर्किएको छ ।
डिसेम्बर महिनामा राष्ट्रपति बशार अल असदलाई हायात तहरीर अल शाम नेतृत्वको सुन्नी इस्लामवादी समूहले सत्ता हटाएको थियो । असदको परिवारले देशमा ५४ वर्षसम्म शासन गरेको थियो।
अहिले इस्लामिक नेतृत्वमा आधारित नयाँ सरकार देशको नियन्त्रणमा आउन संघर्ष गरिरहेको छ । तर स्थिति अझै पनि अस्थिर रहेको देखिएको छ।
गृह मन्त्रालयले वक्तव्य जारी गर्दै सुरक्षा बलहरूलाई सिधै हस्तक्षेप गर्न आदेश दिएको छ । हिंसालाई रोक्नका लागि कारबाही अघि बढाएको जनाएको छ ।
झडपमा १०० जना भन्दा बढी घाइते भएका छन् ।
स्वेइदाका गभर्नर मुस्तफा अल बाकुरले नागरिकहरूलाई आत्मसंयम अपनाउन र सुधारको राष्ट्रिय आह्वानमा सहभागी हुन आग्रह गरेका छन्। धार्मिक अगुवाहरूले पनि शान्ति र संयमको आह्वान गरेका छन्।
यसअघि एप्रिल र मे महिनामा पनि नयाँ सुरक्षा बलहरू र ड्रूज लडाकुहरूबीचको भिडन्तमा दर्जनौंको मृत्यु भएको थियो।
पश्चिमी मुलुकहरूले अहिले सिरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । यसै महिना अमेरिकाले एचटीएस लाई विदेशी आतंकवादी संगठनको सूचीबाट हटाएको छ ।