दक्षिण कोरियाका विवादास्पद राष्ट्रपति योन सर्वोच्च अदालतद्वारा पदमुक्त



प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

दक्षिण कोरियाको सर्वोच्च अदालतले विवादास्पद राष्ट्रपति योन सुक योललाई पदमुक्त गरेको छ ।

उनले डिसेम्बर महिनामा सैन्य कानून घोषणा गरेपछि उत्पन्न भएको राजनीतिक अशान्ति र कानूनी विवादको अन्त्य अदालतले गरेको छ ।

अदालतको निर्णयले योनको राष्ट्रपति पदबाट औपचारिक बर्खास्तगीलाई पुष्टि गरेको छ ।

दक्षिण कोरियाका विवादास्पद राष्ट्रपति योन सर्वोच्च अदालतद्वारा पदमुक्त

दक्षिण कोरियाका विवादास्पद राष्ट्रपति योन सर्वोच्च अदालतद्वारा पदमुक्त

संसदले डिसेम्बरमा उनलाई महाभियोग लगाएको थियो । योन पुनः राष्ट्रपति पदमा फर्केमा सैन्य कानून लागू गर्ने प्रयास गर्न सक्ने भन्दै धेरै सांसदहरु डराएका थिए ।

योनलाई जनवरीमा विद्रोहको नेतृत्व गरेको आरोपमा गिरफ्तार गरिएको थियो । तर मार्चमा अदालतले उनको गिरफ्तारी आदेश खारेज गरेपछि उनी रिहा भए । तर उनीमाथिको आरोप भने कायम रहेको थियो ।

संविधानिक अदालतका आठजना न्यायधीशहरूले सर्वसम्मत रूपमा योन विरुद्धको महाभियोगको पक्षमा फैसला गरेका छन ।

महाभियोगपछि योनको पक्षमा र विपक्षमा प्रर्दशन भएका थिए । अदालतको निर्णय अघि राजधानी सियोलमा पुलिसले सुरक्षा बढाएको थियो । संभावित झडप रोक्नका लागि बार र चेकप्वाइन्ट स्थापना गरिएका थिए ।

दक्षिण कोरियाको राजनीतिक अशान्तिले प्रमुख विश्व अर्थतन्त्र र अमेरिकी सहयोगी राष्ट्रलाई नेतृत्वविहीन बनाएको छ।

दक्षिण कोरियाका विवादास्पद राष्ट्रपति योन सर्वोच्च अदालतद्वारा पदमुक्त

दक्षिण कोरियाको कानूनी प्रणालीअनुसार योन पदमुक्त भएपछि नयाँ राष्ट्रपति चयन गर्नको लागि ६० दिन भित्र चुनाव गर्नुपर्छ ।

आगामी राष्ट्रपति बन्नका लागि विपक्षी नेता ली जे म्युङ्ग सम्भावित उम्मेदवार हुन । उनी पूर्व वकिल र सांसद पनि हुन् ।

२०२२ को राष्ट्रपति चुनावमा योनसँग सानो मतअन्तरले उनी पराजित भएका थिए ।





Source link

Leave a Comment