तीन वर्षपछि पूरा हुँदै जुम्लावासीको ‘उज्यालो सपना’

तीन वर्षपछि पूरा हुँदै जुम्लावासीको ‘उज्यालो सपना’


जुम्लावासीको ‘उज्यालो सपना’ साढे तीन वर्षपछि पूरा हुँदैछ। जुम्लाको पातारासी गाउँपालिका- गडिगाउँमा ९ सय ९८ किलो किलोवाटको चुकेनी जलविद्युत निर्माण कार्य सकिएसँगै जुम्लावासीको उज्यालो सपना पूरा हुने भएकाे हाे।

नेपाल विद्युत् प्राधिकरणको धिपधिपे उज्यालोको भरमा बस्नेपर्ने बाध्यता अब अन्त्य हुँदैछ। यससँगै स्थानीयहरुमा खुसी छाएकाे छ।

सहकारी संस्थाबाट सञ्चालित यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिए। उनका अनुसार विद्युतगृहमा बिजुली बलिसकेको उनले सुनाए। यो बिजुली जुम्ला सदरमुकाम खलंगासम्म ल्याउने गरी तारसमेत विस्तार भइसकेको बुढाले सुनाए।

लामो समयको प्रतीक्षापछि उज्यालो सपना पूरा हुन लागेकोमा जुम्लामा खुसीयाली छाएको पातारासी-१ का वडा अध्यक्ष लालसिंह ऐडीले बताउँछन्।

आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ करोड ४४ लाख ३० हजार रुपैयाँ अनुदान र स्थानीय नागरिक, सरकार र प्रदेश सरकारको सेयर लगानी ११ करोड गरी ३९ करोड ४४ लाख ३० हजार रुपैयाँ लगानी छ। नेपाल सरकारको ५ करोड भुक्तानीमा अग्रिम कर सहयोग सहित कुल ४४ करोड ४४ लाख ३३ हजार रुपैयाँ लगानी छ।

विद्युत् निर्माणको लागि चुकेनी जलविद्युत आयोजनाले ६ करोड बैंक कर्जा निकालेको जनाएकाे छ। नागरिकको शेयर २ करोड ५० लाख र पातारासी गाउँपालिकाको एक करोड र प्रदेश सरकारको एक करोड लगानी रहेको छ।

पातारासीको काखमा निर्माण भइरहेको उक्त आयोजना निर्माणकाे काम फेवा कन्सल्टेन्स बुटवलले जिम्मा पाएको हो। साइडमा काम गर्ने जिम्मा भने मेघा हाइड्रो इन्जिनियरिङ कम्पनी बुटवलले पाएकाे छ।

विद्युत् गृहभित्रको म्यानुअल सिस्टमको कार्य सकिएर विद्युतगृहमा बिजुली बलिसेकाे छ। अबको केही दिनमा अटोमेटिक सिस्टम सुरु हुने बताइएको छ। त्यसपछि बजार क्षेत्रमा बत्ती सप्लाईको काम गर्ने तयारी भएको हो।

पहलकर्ता कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी चुकेनीले जुम्ली जनताको सानो सपना पूरा हुन लागेको बताए। जुम्लाको पातारासी गाउँपालिका-१ स्थिति चुकेनीको पावरहाउसमा विद्युत् परीक्षण सफलता पूर्वक सकिएकोले जुम्लावासीको प्रतीक्षाको घडी समाप्त भएको उनले सुनाए।

विद्युत् अभाव हुँदा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका सरकारी कार्यालयमा चरम समस्या भइरहेको छ। स्थानीय सरकारले समेत सो आयोजनाको निकै चासो राखेर समन्वय गरिरहेको छ।

स्थानीय माया थापाले याे जुम्लाको गौरवशाली आयोजना भएकाले जुम्ला र पातारासी जनताको मुहारमा उज्यालो ल्याउने बताइन्।

प्रकाशित: २७ चैत्र २०८० २१:०५ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School