तिलौराकोट गोल्डकप: सुदूरपश्चिम ११ सेमिफाइनलमा


प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरले आर्मीलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।

योसँगै सुदूरले फाइनल प्रवेशका लागि हनामी बीएफसीसँग खेल्ने छ। आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सडन डेथमा मच्छिन्द्र फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै हनामी अन्तिम चारमा पुगेको थियो।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाई ब्रेकरबाट गरिएको हो। टाई ब्रेकरमा सुदूरका विष्णु चौधरी, अभिनाश थापा, बुद्धदेव शाही र धीरेन्द्र शाहले गोल गरे। फागुराम चौधरीले भने गोल गर्न सकेनन्।

आर्मीका लागि ओमप्रकाश रोका, दिल लामा र मानबहादुर आले मगरले गोल गरे। तर, सन्तोष केसी र जीवन कुमारले गोल गर्न सकेनन्। खेलको म्यान अफ दी म्याच सुदूरका गोलरक्षक दीपक बोहरा भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। 

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्।

सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा सहारा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको थियो। थ्रीस्टार भने शनिबार भएको उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।

प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कपिलवस्तु फुटबल संघले जनाएको छ । खेल २४ गते समापन हुने छ।

प्रकाशित: २० चैत्र २०८० २२:४८ मंगलबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School