प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार
नमस्कार!
अमेरिकामा हुनुहुन्छ भने तपाईं थ्यांक्सगिभिङ मनाइरहनुभएको होला। सर्वप्रथम, तपाईंले हामीलाई दिनुभएको माया र गर्नुभएको विश्वासका लागि हार्दिक धन्यवाद।
हामी यसपटक इन्स्टीच्युट फर ननप्रफिट न्युज (आईएनएन) बाट सञ्चालित न्युजम्याच कार्यक्रमका लागि छनोट भएका छौँ। न्युजम्याचमा सहभागी हुने अवसर पाउनु हाम्रो लागि ठूलो सौभाग्य हो। न्युजम्याच एक वार्षिक कोष सङ्कलन अभियान हो, जसले स्वतन्त्र, सार्वजनिक-सेवा पत्रकारितालाई समर्थन गर्दछ। यो अभियान इन्स्टिच्युट फर ननप्रफिट न्यूज र विभिन्न अमेरिकी फाउन्डेसनहरूद्वारा समर्थित छ। न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपिएर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्।
हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
हामीले अध्यागमन, आवास, कर, स्वास्थ्य, व्यापार, र अन्य महत्त्वपूर्ण स्रोतहरूका साथै समय-सापेक्ष स्थानीय समाचारहरू उपलब्ध गराउँदै आएका छौँ। तपाईं पनि यो मिसनमा जोडिनुहोस्। तपाईंले हामीलाई लोकतन्त्रमा सहभागिता बढाउन, अत्यावश्यक स्रोतहरूमा पहुँच सुधार गर्न र अमेरिकामा नेपालीहरूको जीवन्त र विविध अनुभवहरू झल्काउने प्रामाणिक कथाहरू प्रकाशन गर्न मद्दत गर्नुहुन्छ। सँगै मिलेर हामी हाम्रो समुदायलाई जोड्न, सूचित गर्न, र सशक्त बनाउन सक्छौँ। हरेक योगदानले यी आवाजहरू सुनिएको र मूल्यवान भएको सुनिश्चित गर्दछ।
तपाईंले एक पटक, मासिक, वा वार्षिक रूपमा उपहार प्रदान गर्न सक्नुहुन्छ। छनोट तपाईंको हो। मासिक वा वार्षिक उपहार प्रदान बाध्यकारी हुँदैन। तपाईंले कुनै पनि समयमा रद्द गर्न सक्नुहुन्छ। हामीले प्राप्त गर्ने कुनै पनि नयाँ मासिक उपहारलाई १२ महिनाको मूल्यमा मिलान गरिनेछ। यदि तपाईंले मासिक $२० दान गर्न प्रतिबद्धता जनाउनुभयो भने हामीले $३६० प्राप्त गर्नेछौँ। न्युजम्याचले एकजना दाताले गरेको $१,००० सम्मको उपहारलाई मिलान गर्नेछ। सबै उपहारहरू कर कटौती योग्य छन्।
मासिक उपहार प्रदान गर्न यहाँ क्लीक गर्नुहोला ।
किशोर पन्थी
प्रधान सम्पादक, खसोखास
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्

