ड्यालसमा नेपाली समुदायकी गीता रसाइलीको उपचारका लागि सहयोगको अपिल



प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

ड्यालसमा नेपाली समुदायकी गीता रसाइलीको उपचारका लागि सहयोगको अपिल

ड्यालस निवासी गीता रसाइली विगत केही महिनादेखि स्वास्थ्य समस्याबाट पीडित भएकी छिन्। सुरुमा सामान्य देखिएको स्वास्थ्य समस्या अहिले अत्यन्तै जटिल बनेपछि रसाइली परिवारले उपचारका लागि समुदायसमक्ष आर्थिक सहयोग र प्रार्थनाको अपिल गरेको छ।

चिकित्सकहरूका अनुसार गीताका दुवै मिर्गौलाले काम गर्न छाडिसकेका छन्। यसका साथै उनलाई ‘लिभर सिरोसिस’ र कलेजोको समस्याका कारण मस्तिष्कमा असर पर्ने ‘हेपाटिक इन्सेफालोप्याथी’ समेत भएको छ, जसले उनको चेतनामा गम्भीर असर पुर्‍याइरहेको छ। हाल उनको ज्यान बचाउनका लागि नियमित डायलाइसिस र चौबिसै घण्टा चिकित्सकको कडा निगरानीमा उपचार भइरहेको छ।

तीन सन्तानका पिता दिल रसाइलीले श्रीमतीको महँगो उपचार, औषधि र अस्पतालको खर्चका कारण परिवार पूर्ण रूपमा आर्थिक संकटमा परेको बताएका छन्। उनले आफ्नै क्षमताले मात्र यो ठूलो आर्थिक बोझ थेग्न असमर्थ भएको भन्दै सहयोगको अपिल गरेका छन्।

ड्यालसमा नेपाली समुदायकी गीता रसाइलीको उपचारका लागि सहयोगको अपिल

सामाजिक अभियन्ता कुल विश्वकर्माले यो अप्रत्याशित संकटको घडीमा रसाइली परिवारलाई मानवीय भावनाका साथ सहयोगको हात बढाउन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गरेका छन्। रसाइली परिवारले यस कठिन परिस्थितिमा प्राप्त हुने सानो भन्दा सानो सहयोग र प्रार्थनाले पनि गीतालाई नयाँ जीवन दिन ठूलो मद्दत पुग्ने बताएको छ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला।





Source link

Leave a Comment