डीएचएल एक्सप्रेसद्वारा अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यका डेलिभरीहरू स्थगित



प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार

डेलिभरी कम्पनी डीएचएल एक्सप्रेसले अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यका डेलिभरीहरू अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेको छ। यो निर्णय डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ नीति लागू भएपछि अमेरिकी सीमाशुल्कमा कागजी प्रक्रियामा भएको उल्लेखनीय वृद्धिका कारण आएको हो।

कम्पनीले सोमबारदेखि सबै देशका कम्पनीहरूबाट अमेरिकी उपभोक्ताहरूलाई हुने ढुवानी अर्को सूचना नआएसम्म बन्द गर्ने जनाएको छ। यद्यपि, बिजनेस-टु-बिजनेस ढुवानीहरू भने जारी रहने तर ती पनि ढिलाइ हुन सक्ने डीएचएलले बताएको छ।

यसअघि २५०० डलरसम्मका प्याकेजहरू न्यूनतम कागजी प्रक्रियामा अमेरिका प्रवेश गर्न सक्थे। तर, यो महिनाको सुरुमा ट्रम्पको ट्यारिफ नीतिसँगै कडा सीमाशुल्क जाँच लागू भएपछि यो सीमा ८०० डलरमा झारिएको छ। डीएचएलका अनुसार, यो परिवर्तनले औपचारिक सीमाशुल्क स्वीकृतिमा ठूलो वृद्धि भएको छ, जसलाई कम्पनीले चौबिसै घण्टा व्यवस्थापन गरिरहेको छ।

डीएचएल एक्सप्रेसद्वारा अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यका डेलिभरीहरू स्थगित

डीएचएल एक्सप्रेसद्वारा अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यका डेलिभरीहरू स्थगित

“हामी यो वृद्धिलाई सम्हाल्न र प्रक्रियालाई सहज बनाउन काम गरिरहेका छौं,” डीएचएलले भनेको छ। कम्पनीले ८०० डलरभन्दा कम मूल्यका प्याकेजहरू भने न्यूनतम जाँचमा अमेरिका डेलिभर गर्ने जनाएको छ।

ह्वाइट हाउसले आगामी मे २ देखि ८०० डलरभन्दा कम मूल्यका डेलिभरीहरूमा पनि कडाइ गर्ने तयारी गरेको छ। विशेष गरी चीन र हङकङबाट पठाइने प्याकेजहरूलाई लक्षित गर्दै “डि मिनिमिस” नियम हटाउने घोषणा गरेको छ। यो नियमले हालसम्म न्यून मूल्यका प्याकेजहरूलाई कुनै शुल्कबिना अमेरिका प्रवेश गर्न अनुमति दिँदै आएको थियो।

यो परिवर्तनले फास्ट(फेसन कम्पनी शिन र कम लागतको रिटेल कम्पनी टेमुलाई ठूलो असर पार्ने अनुमान गरिएको छ। दुवै कम्पनीले विश्व व्यापार नियम र ट्यारिफमा भएको परिवर्तनका कारण मूल्य वृद्धि गर्ने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले चीनका धेरै ढुवानीकर्ताहरूले अवैध पदार्थ लुकाउने र छलपूर्ण ढुवानी अभ्यासमार्फत ढुवानीको वास्तविक सामग्री लुकाउने गरेको दाबी गरेको छ। ह्वाइट हाउसले यो उपाय सिन्थेटिक ओपियोइड आपूर्ति शृङ्खलालाई सम्बोधन गर्न र अमेरिकाको ओपियोइड सङ्कटमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ।

यसको जवाफमा बेइजिङले फेन्टानिल एक “अमेरिकी समस्या” भएको र चीनमा विश्वकै कडा औषधि नीतिहरू भएको दाबी गरेको छ।

डीएचएल एक्सप्रेसद्वारा अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यका डेलिभरीहरू स्थगित





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School