‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता आयोजना

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता आयोजना


काठमाडौं । चैत ३० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । प्रतिस्पर्धामा सहभागि हुन चाहनेले डिग्री माइला पात्र बनेर, आफ्नै बारेमा गफ दिएर भिडियो पठाउनुपर्नेछ ।

भिडियोको लम्बाइ अधिकतम ३ मिनेट हुनुपर्ने बताइएको छ । कम्पनीको बाँसुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा फिल्मको नाम र रिलिज मिति लेखिएको हुनुपर्ने उल्लेख छ ।

भिडिओलाई यो फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सलाई फेसबुकमा ट्याग गर्दै इमेलसमेत गर्नुपर्ने जनाइएको छ । चैत २७ गतेसम्म भिडियो आवेदन दिनुपर्ने उल्लेख छ ।

पहिलो, दोस्रो र तेस्रो हुनेले विभिन्न ब्राण्डका मोबाइल पुरस्कार प्राप्त गर्ने जनाइएको छ । सन्त्वना पुरस्कारस्वरुप ५० वटा टिकट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राईसहित आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ ।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School