प्रकाशित मिति : मंसिर १, २०८२ सोमबार

बेलायतले गैर कानुनी रूपमा युके प्रवेश गर्ने आप्रवासीलाई फिर्ता लिन अस्वीकार गर्ने देशहरूमाथि कडा कदम चाल्दै भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ। बेलायती गृहमन्त्री शबाना महमूदले सोमबार आप्रवासन प्रणालीमा व्यापक सुधार घोषणा गर्दै आश्रय प्रक्रियामा उल्लेखनीय परिवर्तनको घोषणा गर्नेछिन्।
नयाँ प्रावधानअनुसार अब शरणार्थीको दर्जा अस्थायी हुनेछ भने स्थायी बसोबासका लागि आवेदन दिन शरणार्थीहरूले २० वर्ष पर्खिनुपर्नेछ।
बेलायती सरकारले अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका सरकारले अपराधी तथा गैर कानुनी आप्रवासीलाई फिर्ता लैजान सहयोग नगरेमा उक्त देशहरूका नागरिकहरूको प्रवेश पनि रोक्ने चेतावनी दिएको छ । अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रले हालसम्म ४,००० भन्दा बढी गैर कानुनी आप्रवासी र विदेशी अपराधीलाई फिर्ता लिन अस्वीकार गरेको बताइएको छ ।
बेलायतले यी देशहरूलाई सहयोगका लागि एक महिनाको समय दिएको छ। त्यसपछि चरणबद्ध दण्ड लागू हुने जनाइएको छ । सुरुमा भिआइपी तथा कूटनीतिज्ञहरूलाई दिइने छिटो-प्रक्रिया भिसा सेवा हटाइने र अन्त्यमा सबै प्रकारका भिसा पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएको हो ।
गृहमन्त्री महमूदले भनिन्, “बेलायतमा हामी नियमअनुसार चल्छौँ। अपराधी र गैर कानुनी आप्रवासीलाई फिर्ता नलिने देशहरूलाई दण्डित गरिनेछ भन्ने मैले पहिले नै भनेकी थिएँ। आज मेरो सन्देश स्पष्ट छ, आफ्ना नागरिक फिर्ता लिनुस्, नत्र हाम्रो देशमा प्रवेशको विशेषाधिकार गुमाउनुहोस्।”
यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अफ्रिकी तथा एसियाली केही देशमाथि लागू गरेका प्रतिबन्धसँग मिल्दोजुल्दो मानिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
