ट्रम्प र मस्कबीचको तनाव बढ्दै, टेस्लाको सेयरमा झड्का



प्रकाशित मिति : असार १७, २०८२ मंगलबार


टेस्लाको सेयर मूल्यमा उल्लेखनीय गिरावट आएको छ । शुक्रबारको ३२३.६३ डलर मूल्यबाट घटेर मंगलबार ३००.७१ डलर मा झरेको सेयर मूल्य ७५ ले घटेको हो ।
कम्पनीको दोस्रो त्रैमासिक डेलिभरी रिपोर्ट सार्वजनिक हुनुअघि नै यस्तो गिरावट आएको हो । वाल स्ट्रटका विश्लेषकहरू टेस्लाले यो त्रैमासिकमा करिब ३ लाख ८७ हजार सवारी साधन डेलिभर गर्ने अनुमान गरिरहेका छन् ।

एक वर्ष अघिको ४ लाख ४४ हजार डेलिभरीको तुलनामा यो आँकडा १३ प्रतिशतले कमी हो। बजारका अनुसार यो संख्या अझै घटेर ३लाख६४ हजारमा पुग्न सक्ने अनुमान पनि गरिएको छ ।

टेस्लाको सेयर मूल्य अघिल्लो सातामा भने केही उकालो लागेको थियो । कम्पनीले टेक्सासको अष्टिन सहरमा सिमित रोबोट्याक्सी सेवा सुरु गरेको थियो ।

ट्रम्प र मस्कबीचको तनाव बढ्दै, टेस्लाको सेयरमा झड्का

ट्रम्प र मस्कबीचको तनाव बढ्दै, टेस्लाको सेयरमा झड्का

तर, शनिबारपछि परिदृश्य फेरियो। टेस्ला सीईओ एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पुरानो विवाद पुन ताजा बनाए। ट्रम्पले समर्थन गरेको बिग व्यूटिफुल बिल विधेयकलाई लिएर उनीहरूबीच वाकयुद्ध सुरु भयो।

यस विधेयकले अमेरिका भित्र उच्च आम्दानी भएका परिवारलाई कर कटौतीको लाभ दिनेछ । मेडिकेट र खाद्य सहायता जस्ता सामाजिक कार्यक्रमको खर्च घटाउनेछ ।

मस्कले यी खर्च कटौतीप्रति प्रत्यक्ष आपत्ति जनाएका छैनन्। तर, उनले यो विधेयकले अमेरिकी ऋण थप बढाउनेछ भन्ने टिप्पणी एक्स मा गरेका छन्। ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग एलन मस्कले इभी म्यान्डेट गुमाउँदै गरेको बताएका छन ।

https://www.youtube.com/watch?v=videoseries

उनले मस्कका व्यापारहरू मध्ये प्रमुखस्पेस एक्स ले सरकारबाट पाएको सब्सिडी र ठेक्काहरू गुम्न सक्ने चेतावनी पनि दिएका छन ।

स्पेस एक्स ले सन् २००८ देखि अहिलेसम्म २२ बिलियन अमेरिकी डलर भन्दा बढी सरकारी ठेक्का प्राप्त गरेको छ। यसमा नासा,अमेरिकी वायुसेना र स्पेस फोर्सका ठेक्का समावेश छन्।

ट्रम्प र मस्कबीचको तनाव बढ्दै, टेस्लाको सेयरमा झड्का

यदि ट्रम्प–मस्कबीचको राजनीतिक टकराव अझै चर्कियो भने, टेस्ला र स्पेस एक्स जस्ता कम्पनीहरूका लागि सरकारी सहारा गुम्ने सम्भावना देखिएको छ।





Source link

Leave a Comment