ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने



प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्न सक्ने देखिएको छ। किनभने ट्रम्प प्रशासनका अधिकारीहरूले अपराधमा दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई देशनिकाला गर्ने र आप्रवासीमात्र नभई ट्रम्पको नीतिहरूको आलोचना गर्ने जो कोहीलाई पनि मुद्दा चलाउने बताइरहेका छन्।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षालाई सुधार गर्न प्रयोग गरिरहेका रणनीतिहरूका माध्यमबाट अवैध आप्रवासनविरुद्ध लड्न र असहमतिहरूलाई जवाफ दिन कतिसम्म गर्न सक्छन् भन्ने विषयमा नयाँ कानुनी लडाइँहरू निश्चित रूपमा सुरु हुने देखिएको छ। ट्रम्प प्रशासनले अघि सारेका तीन रणनीतिहरूले अमेरिकीहरूको अधिकारमाथि चुनौती दिने कानुन विश्लेषकहरूको भनाइ छ।

दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई विदेशी जेलहरूमा पठाउने प्रस्ताव ट्रम्पको एल साल्भाडोरसँगको सम्झौताको एक हिस्साको रूपमा आएको छ, जहाँ अत्यन्तै सुरक्षित जेलमा अमेरिकाले पठाएका लगभग ३०० आप्रवासीहरू हिरासतमा रहेका छन्। उनीहरूलाई ट्रम्प प्रशासनले अपराधी र गिरोहका सदस्यहरू भएको आशंका गरेको छ। ट्रम्पले गत हप्ता साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेसँगको ओभल कार्यालय बैठकमा अमेरिकामा हुर्केकाहरू अबको निशानामा रहेको बताएबाट अमेरिकी नागरिक रहेका अपराधीहरूलाई विदेशी जेलमा सजाय काट्न पठाउने कुरालाई संकेत गर्छ।

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने

सधैं कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै ट्रम्पले अमेरिकामा मानिसहरूलाई ट्रेन स्टेसनमा धकेल्ने, वृद्ध महिलाहरूलाई टाउकोमा हान्ने अपराधीहरू समेत रहेको र तिनीहरूलाई देशबाट बाहिर निकाल्ने समूहमा समावेश गर्न चाहेको ट्रम्पले बताएका थिए। ट्रम्पको यो सुझाव बुकेलेले फेब्रुअरीमा विदेशमन्त्री मार्को रुबियोलाई गरेको प्रस्तावसँग मिल्दोजुल्दो छ।

त्यस्तै, ट्रम्प प्रशासनको नीतिले अमेरिकी नागरिक आलोचकहरूलाई खतरामा पार्ने देखिएको छ। किनभने केही अधिकारीहरूले ट्रम्प प्रशासनको नीतिहरूको आलोचना गर्ने अमेरिकी नागरिकहरूलाई आतंकवादी र अपराधीहरूलाई सहयोग गरेको भन्दै अपराधको आरोप लगाउन सकिने बताएका छन्। प्राविधिक रूपमा अपराधी र आतंकवादीहरूलाई सहयोग र समर्थन गरे नगरेकोबारे आफैँलाई सोच्नुपर्ने बेला आएको तथा अपराधी र आतंकवादीहरूलाई सहयोग गर्नु अपराध भएको ह्वाइट हाउसका काउन्टरटेरोरिज्मका वरिष्ठ निर्देशक सेब गोरकाले बताएका थिए।

passport book on floor
फोटो: जेरेमी डोरोघ

आप्रवासीहरूलाई आफ्नो अध्यागमन अधिकारबारे जानकारी दिनका लागि प्रशिक्षण दिने नागरिक समूहहरूको वैधानिकतामाथि पनि ट्रम्पको टोलीले प्रश्न उठाएको छ। संघीय एजेन्टहरू आएमा के गर्ने भन्नेबारे सञ्चालित यस्ता सेमिनारले मानिसहरूलाई कानुनी कारबाहीबाट बचाउने भन्दै सीमा प्रमुख टम होम्यानले आलोचना गरेका थिए। ट्रम्पको टोलीले आतंकवादविरुद्धको कानुन प्रयोग गरेर मानिसहरूको बोली र राजनीतिक सक्रियतामाथि आक्रमण गर्न खोजिरहेको अध्यागमन अधिकारकर्मीहरूको भनाइ छ।

त्यस्तै, अदालतका आदेशहरूको अधिकारमाथि उठेको प्रश्नले पनि अमेरिकी नागरिकलाई जोखिममा पार्न सक्छ। अमेरिकामा कानुनी रूपमा रहेका किल्मार अब्रेगो गार्सियालाई एल साल्भाडोर फिर्ता नपठाउने अदालतको आदेश भए पनि उनलाई देशनिकाला गरेर त्यहाँको जेलमा पठाइयो। यसबाट ट्रम्पको टोलीले अदालतका आदेशहरूलाई कति हदसम्म बेवास्ता गर्न सक्छ भन्ने प्रश्न उठाएको छ।

ह्वाइट हाउसले अब्रेगो गार्सियालाई फिर्ता गर्ने निर्णय एल साल्भाडोरमा निर्भर रहेको बताएको छ। किनभने अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको प्रशासनलाई उनको फिर्तीलाई सहजीकरण गर्नमात्र भनेको थियो, अनिवार्य फिर्ता गर्न भनेको थिएन।

ट्रम्प प्रशासनको अध्यागमन कारबाहीले अमेरिकी नागरिकलाई पनि तीन तरिकाले असर गर्नसक्ने

यो कुराले ट्रम्पको टोलीलाई अमेरिकी नागरिकलाई विदेशी जेलमा पठाउने र त्यसपछि तिनीहरूलाई फिर्ता गर्न नसकिने दाबी गर्ने आधार तयार गरेको अधिकारकर्मीहरूको चिन्ता रहेको छ। एक संघीय न्यायाधीशले अब्रेगो गार्सियाको मुद्दामा पनि यो चिन्ता उठाएका थिए। उचित प्रक्रिया बिना र अदालतका आदेशहरूको अवहेलना गर्दै देशनिकाला गरिन्छ भने अमेरिकी नागरिकलाई पनि देशनिकाला नगर्ने कुराको ग्यारेन्टी नभएको र तिनीहरूलाई घर फिर्ता ल्याउने जिम्मेवारी अस्वीकार गर्न सक्ने न्यायाधीश हार्वी विल्किन्सन तृतीयले लेखेका थिए। आफ्ना राजनीतिक शत्रुहरूमाथि स्वविवेकी शक्ति लक्षित गर्न सक्ने आशंका समेत उनको थियो।

ट्रम्प प्रशासनको आप्रवासन ह्यान्डलिंगले सार्वजनिक सर्वेक्षणमा राम्रो मत प्राप्त गरेको छ। तर आप्रवासीहरूलाई अपराधको दोष वा उचित प्रक्रिया बिना एल साल्भाडोरको जेलमा पठाएकोमा भने एक सर्वेक्षणमा करिब ६० प्रतिशतले विरोध गरेका छन्। अमेरिकी नागरिकहरूलाई समेत आइसले गल्तीले हिरासतमा लिएका घटनाहरू भएका छन्। अमेरिकी नागरिकलाई समेत ट्रम्प प्रशासनले गल्तीले अमेरिका छाड्न सूचनाहरू पठाइरहेको छ।





Source link

Leave a Comment