प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार

अमेरिकाकी चर्चित रिपब्लिकन नेतृ मार्जोरी टेलर ग्रिनले राजीनामा दिने घोषणा गरेकी छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख समर्थक मानिने ग्रिनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।
उनी र राष्ट्रपति ट्रम्पबीच बढ्दो विवादका बीच आएको यो निर्णयलाई अमेरिकी राजनीतिमा ठूलो मोडका रूपमा हेरिएको विश्लेषकहरूले बताएका छन्।
राष्ट्रपति ट्रम्पले केही दिनअघि ग्रिनलाई ‘देशद्रोही’ भनेर आलोचना गरेका थिए। उनले ग्रिनको राजीनामालाई “देशका लागि राम्रो खबर” भनेका छन्।
ग्रिनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा जनवरी ५, २०२६ मा अमेरिकी कङ्ग्रेस छोड्ने बताएकी छन्।
ग्रिन लामो समयदेखि बाल यौन दुर्व्यवहारका दोषी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य कागजात सार्वजनिक गर्न आक्रामक रूपमा दबाब दिँदै आएकी थिइन्।
पहिले ट्रम्प पनि यस मुद्दामा समर्थनमा थिए, तर पछिल्लो समय उनले यसलाई “ध्यान बटुल्ने नाटक” भनेका थिए।
“१४ वर्षमै बलात्कृत भएका र शक्तिशाली व्यक्तिहरूद्वारा शोषित अमेरिकी महिलाहरूको पक्षमा उभिँदा मलाई राष्ट्रपति स्वयंले ‘देशद्रोही’ भन्नु पीडादायक छ,” ग्रिनले भनेकी छन्।
पछिल्ला केही महिनामा ग्रिनले आयातमाथि थपिएको शुल्क र महँगो जीवनयापन जस्ता ट्रम्पका नीतिहरूको आलोचना गर्दै आएकी थिइन्।
ग्रिन २०२० मा कङ्ग्रेसमा निर्वाचित भएकी थिइन्। ग्रिनले जर्जियाको गभर्नर वा अमेरिकी सिनेटमा उम्मेदवारी दिने इच्छा देखाएकी थिइन्।
ट्रम्पले भने सार्वजनिक रूपमा नै दुवै पदका लागि नलड्न सुझाव दिएका थिए। ग्रिनले अहिले दुवै पदका लागि चुनाव नलड्ने घोषणा गरिसकेकी छन्।
उनको राजीनामाले रिपब्लिकनको बहुमत कङ्ग्रेसमा झनै कमजोर हुनेछ। २०२६ को मध्यावधि चुनावमा प्रतिनिधि सभामा कसले नियन्त्रण राख्ने भन्ने रस्साकस्सी अमेरिकामा चलिरहेका बेला आएको ग्रिनको राजीनामाले परिणाम कस्तो देखाउने हो भन्ने अवस्था नरहेको विश्लेषकहरूको भनाइ रहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
