प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार

अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा निकाय (आइस) का गतिविधिहरू फेरि विवादमा तानिएका छन्।
रोड आइल्यान्डमा एकजना हाई स्कुल इन्टर्नलाई अदालतबाट फर्कँदै गर्दा सोधपुछ गरेर छोडिएको घटना सार्वजनिक भएपछि आइस का आक्रामक गतिविधिहरू फेरि विवादमा तानिएका हुन्।
यो घटना भिडियोमा रेकर्ड भएकाले राज्यका गभर्नरदेखि सर्वोच्च अदालतका प्रमुख न्यायाधीशसम्मले कडा आपत्ति जनाएका छन्।
रोड आइल्यान्डका गभर्नर ड्यान म्याक्कीले आइस का एजेन्टहरूले हाई स्कुल इन्टर्नलाई सर्वोच्च अदालत बाहिर गलत रूपमा रोकेर सोधपुछ गरेको भन्दै यो ‘अमान्य, अक्षम्य र एक युवाको जीवन पूर्ण रूपमा बिगार्न सक्ने कदम’ हो भनेका छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले अदालत नजिकका क्षेत्रहरूमा कारबाही सीमित गर्ने नियम हटाएपछि यस्तो गतिविधि बढेको भन्दै आलोचना भएको हो।
अदालतका कर्मचारीहरूका अनुसार ती इन्टर्नले अदालतको कोठाभित्रै कसैले आफ्नो फोटो खिचिरहेको देखेका थिए। सुरक्षाकर्मीले रोक्न खोजेपछि ती फोटो खिच्ने व्यक्ति आइस का एजेन्ट भएको खुलेको हो।
फोटो खिचिएको थाहा पाएपछि इन्टर्न आत्तिएका थिए। पछि सर्वोच्च अदालतका न्यायाधीश जोसेफ म्याकबर्नीले उनलाई स्कुलसम्म पुर्याइदिने प्रस्ताव गरेका थिए।
इन्टर्नलाई लिएर स्कुल जाँदै गर्दा कम्तीमा छ जना आइस का एजेन्टले न्यायाधीशको गाडी रोकेको भिडियोमा स्पष्ट रूपमा देखिएको छ। केही सेकेन्डमै इन्टर्नको हात समातेर उनलाई कारबाट निकालिएको थियो।
यो घटनापछि सर्वोच्च अदालत बाहिर जम्मा भएका प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेका थिए।
इन्टर्नलाई व्यस्त सडक पार गराएर अदालत अगाडि लगियो र परिचय पुष्टि भएपछि छोडियो।
डीएचएस ले आइस का एजेन्टहरू ‘बाल यौन अपराधी’ खोजिरहेका बेला यो घटना भएको भन्दै ती व्यक्तिलाई ‘सोधपुछ मात्रै’ गरिएको बताएको छ। डीएचएस ले ती व्यक्तिलाई न त गिरफ्तार गरियो न हिरासतमा लिइयो भन्दै आफ्नो कदमको बचाउ गरेको छ।
रोड आइल्यान्डका सर्वोच्च अदालतका प्रमुख न्यायाधीशले यो गम्भीर घटनाले न्यायपालिका र समुदाय दुवैको चिन्ता पुष्टि गरेको बताए।
गभर्नर म्याक्कीले यो ‘सामान्य गल्ती नभएको’ भन्दै ‘ट्रम्प प्रशासनका कठोर र अव्यवस्थित नीतिको प्रत्यक्ष परिणाम’ भएको बताए।
अमेरिकाभरका अदालती परिसर नजिकै आप्रवासी लक्षित गिरफ्तारी बढेका उदाहरणहरू सार्वजनिक भइरहेका छन्।
रोड आइल्यान्डमा घटना हुँदा नै अदालत अगाडि आन्दोलनहरू चलिरहेका थिए।
प्रदर्शनमा उत्रिएकाहरूले अदालत नजिक आइस का गतिविधि रोक्न र आप्रवासीहरूलाई उपस्थित हुन नपर्ने ‘भर्चुअल अदालत’ को माग गर्दै आएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
