ट्रम्पले ३० हजार गैर कानुनी आप्रवासीलाई राख्नसक्ने बन्दीगृह बनाउन आदेश दिए



प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासीलाई राख्नका लागि यातना केन्द्र निर्माण गर्न आदेश दिएका छन । ग्वान्तानामो बेमा बनाइने आप्रवासी यातना केन्द्रमा ३० हजार जनासम्मलाई राख्न सकिने बताइएको छ ।

अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब आप्रवासी अपराधीहरूलाई राख्ने उद्देश्यले यो यातना केन्द्र निर्माण गर्न निर्देशन दिएको ट्रम्पले बताए ।

ग्वान्तानामो जेल लामो समयदेखि आप्रवासीलाई राख्न प्रयोग गरिएको छ । यो यातना केन्द्रलाई मानव अधिकार समुहहरूले निरन्तर रुपमा आलोचना गर्दै आएका छन ।

ट्रम्पका सिमा प्रमुख टम होम्यानले त्यहाँको अहिले उपलव्ध सुविधालाई विस्तार गरि यसलाई आप्रवासन र भन्सार प्रवर्तन द्वारा सञ्चालन गरिने बताएका छन ।

आप्रवासीहरूलाई सिधै समुद्रमा अमेरिकी कोस्ट गार्डद्वारा पक्राउ गरिए पछि ग्वान्तानामो पठाइनेछ । त्यहाँ उच्चतम यातना मापदण्ड लागू गरिने बताइएको छ ।

यो केन्द्रको निर्माण गर्न कति लागत लाग्ने हो त्यो भने खुलाइएको छैन । क्यूबाको सरकारले भने अमेरिकी योजनाको कडा विरोध गरेको छ ।

ट्रम्पका अनुसार यो केन्द्र निर्माण भएपछि अमेरिकाको बिना कागजात आएका आप्रवासी राख्ने क्षमता दोब्बर बनाउनेछ ।

२०२४ को एक रिपोर्टमा अन्तर्राष्ट्रिय शरणार्थी सहायता परियोजनाले अमेरिकी सरकारलाई समुद्रमा पक्रिएका आप्रवासीलाई अमानवीय रुपमा अनिश्चितकालसम्म राखेको आरोप लगाएको थियो।

ट्रम्पले ३० हजार गैर कानुनी आप्रवासीलाई राख्नसक्ने बन्दीगृह बनाउन आदेश दिए

बाइडन प्रशासनले यो कुनै बन्दीगृह होइन र त्यहाँ राखिएका कुनै पनि आप्रवासीलाई बन्दी बनाइएको छैन भनेर स्पष्ट पारेको थियो ।

तर ट्रम्प प्रशासनले भने विस्तार गरिएको सुविधा सहित बन्दीगृहको रूपमा सञ्चालन गर्नको लागि योजना बनाइएको बताएको छ।

ग्वान्तानामो बेमा रहेको सैन्य कारागारले दशकोंदेखि सेप्टेम्वर ११ को आक्रमण पछि अमेरिकी कब्जामा लिइएका बन्दीहरूलाई राखेको छ । अहिले त्यहाँ १५ बन्दीहरू राखिएका छन्।





Source link

Leave a Comment