ट्रम्पले १,५०० सैनिकहरूलाई दक्षिणी सीमातर्फ पठाउने



प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

ट्रम्पले १,५०० सैनिकहरूलाई दक्षिणी सीमातर्फ पठाउने

पेन्टागनले यस महिनाको अन्त्यसम्म १,५०० सक्रिय ड्युटी सैनिकहरूलाई दक्षिण पश्चिमी सीमातर्फ पठाउने भएको छ । रक्षा विभागका एक अधिकारीले बुधबार यसको पुष्टी गरेका हुन् । यो कदम राष्ट्रपति ट्रम्पको आप्रवासीहरूको अमेरिका प्रवेशलाई रोक्ने प्रयास पूरा गर्न लिइएको हो ।

नयाँ पठाइने सैनिकहरू हालैका महिनाहरूमा सक्रिय ड्युटीमा बोलाइएका २,५०० आर्मी रिजर्भ र नेशनल गार्ड सैनिकहरूमा थपिनेछन्, जसले संघीय कानून प्रवर्तन अधिकारीहरूलाई सहयोग गर्दै आएका छन्। उनीहरूको जिम्मेवारीहरूमा पहिचान र अनुगमन, डाटा प्रविष्टि, तालिम, यातायात, र मर्मतसम्भार समावेश छन्।

ट्रम्पले १,५०० सैनिकहरूलाई दक्षिणी सीमातर्फ पठाउने
टेक्सास नेशनल गार्डका सिपाहीहरू सन् २०२२ मा अमेरिका मेक्सिको सीमामा तारको पछाडि पहरा दिदै । (फोटो : जोन मूर/गेटी इमेजेस नर्थ अमेरिका/एएफपी मार्फत)

हाल ४,००० सैनिकहरूले ट्रम्प प्रशासन अन्तर्गत के कस्ता भूमिका निर्वाह गर्नेछन् भन्ने स्पष्ट छैन। राष्ट्रपति ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सेनालाई आप्रवासन प्रवर्तनमा स्पष्ट भूमिका तोकेका छन् । यस आदेशले रक्षा मन्त्रालयलाई सीमाहरू सुरक्षित गर्न, अमेरिकी सार्वभौमिकता, भौगोलिक अखण्डता, र सुरक्षा कायम राख्न, तथा विभिन्न प्रकारका घुसपैठहरूलाई रोक्न योजना बनाउन निर्देशन दिएको छ।

यो आदेश १८७० को दशकमा बनेको पोसे कोमिटाटस ऐनसँग बाझिने सम्भावना समेत रहेको छ, जसले घरेलु प्रहरी कार्यमा संघीय सेनाको प्रयोगलाई सामान्यतः सीमित गर्छ। बाइडेन प्रशासनले आप्रवासन सीमित गर्न चालेका प्रमुख कदमहरूपछि विनाभिसा सिमा पार गर्ने दरमा तीव्र गिरावट आएको बेलामा यो कदम चालिएको हो ।





Source link

Leave a Comment