ट्रम्पलाई बधाई दिँदै युक्रेनी राष्ट्रपतिले भने- ‘यो एउटा अवसर हो, जसको फाइदा लिनुपर्छ’



प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपति रूपमा शपथ लिएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिक्रिया दिएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘ट्रम्प शक्तिशाली व्यक्ति हुन्। म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु।’

उनले युक्रेनी जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार बताउँदै यो एउटा अवसर भएको समेत उल्लेख गरेका छन् । ‘युक्रेनी जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार छन् । यो एउटा अवसर हो, जसको अवश्य फाइदा लिनुपर्छ।’, राष्ट्रपति जेलेन्स्कीले भने ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई ४७ औँ राष्ट्रपति बन्न सफल भएकोमा बधाई दिन चाहन्छु । आजको दिन परिवर्तनको आशा र भौगोलिक चुनौतीहरूलगायत धेरै समस्यामा समाधान गर्ने दिन हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School