ट्रम्पलाई आलोचना गरिएका म्यासेज मोवाइलमा भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक

प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ ।

फ्रान्सको अनुसन्धान मन्त्रीले ति वैज्ञानिक ह्यूस्टनमा आयोजना गरिएको सम्मेलनमा भाग लिन अमेरिका जान थालेका थिए ।

उनको फोनमा ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू ( म्यासेज) भेटिएका थिए ।

ट्रम्पलाई आलोचना गरिएका म्यासेज मोवाइलमा भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक

ट्रम्पलाई आलोचना गरिएका म्यासेज मोवाइलमा भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक

फ्रान्सका उच्च शिक्षा र अनुसन्धान मन्त्री फिलिप बाप्टिस्टले फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका शोधकर्तालाई ९ मार्चमा ह्यूस्टन नजिकको सम्मेलनमा भाग लिन जाँदा अमेरिकाले प्रवेश नदिएको बताएका छन ।

अमेरिकी अधिकारीहरूले उनलाई प्रवेश नदिने निर्णय लिएका थिए ।

ट्रम्प प्रशासनको अनुसन्धान नीतिका बारेका व्यक्तिगत रायहरू सन्देशहरूमा व्यक्त गरेको कारण देखाएर अमेरिका प्रवेशमा रोक लगाएको देखिएको छ ।

विचारको स्वतन्त्रता, स्वतन्त्र अनुसन्धान, र शैक्षिक स्वतन्त्रता जस्ता मूल्यहरूलाई गर्वका साथ कायम राख्ने फ्रेन्च अधिकारीहरुले बताए ।

अमेरिकी अधिकारीहरूले फ्रेन्च शोधकर्तामाथि घृणित र षड्यन्त्रपूर्ण सन्देशहरू पठाएको आरोप लगाएका छन । उनलाई एफबिआइको अनुसन्धानको बारेमा सूचित गरिएको थियो ।

ट्रम्पलाई आलोचना गरिएका म्यासेज मोवाइलमा भेटिएपछि फ्रेन्च वैज्ञानिकलाई अमेरिका प्रवेशमा रोक

घटना पछि बाप्टिस्टले अमेरिकामा रहेका शोधकर्ताहरूसँग पत्र लेख्दै फ्रान्समा अमेरिकी शोधकर्ताहरूलाई स्वागत गर्ने प्रस्ताव गरेका थिए।

धेरै प्रसिद्ध शोधकर्ताहरूले अहिले अमेरिकामा आफ्नो भविष्यको बारेमा प्रश्न उठाएका उनले दावी गरेका छन ।

Source link

Leave a Comment