ट्रकको ठक्करबाट अमेरिकाको डेलावेयर विश्वविद्यालयका विद्यार्थीको मृत्यु



प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

अमेरिकाको डेलावेयर विश्वविद्यालयका स्नातक विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । केही विद्यार्थीहरु घाइते भएका छन ।

डेलावेयर विश्वविद्यालयका एक स्नातक तहमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो । केही व्यक्तिहरू घाइते भएका छन् । ट्रक चालकलाई प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा क्याम्पस नजिकैको सडकमा मानिसहरूलाई ट्रकले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ठक्कर दिएका पैदलयात्रीमध्ये २४ वर्षीया डेलावेयर विश्वविद्यालयकी स्नातक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो । अर्की स्नातक विद्यार्थी गम्भीर घाइते भइ अस्पतालमा भइरहेको छ ।

ट्रकको ठक्करबाट अमेरिकाको डेलावेयर विश्वविद्यालयका विद्यार्थीको मृत्यु

ट्रकको ठक्करबाट अमेरिकाको डेलावेयर विश्वविद्यालयका विद्यार्थीको मृत्यु

अन्य तीन जना अस्पतालमा भर्ना गरिएका छन् । तर उनीहरूको चोट गम्भीर नरहेको बताइएको छ । केहीलाई सामान्य चोटका लागि घटनास्थलमै उपचार गरिएको हो ।

प्रहरीले घटनास्थलमै टर्नर र उनको यात्रुलाई नियन्त्रणमा लिएको थियो। यो अत्यन्त पीडादायक, निरर्थक र असह्य अपराध हो जुन पूर्णरूपमा टार्न सकिने थियो, डेलावेयरकी अटर्नी जनरल क्याथी जेनिङ्सले पत्रकार सम्मेलनमा भनिन् ।

मंगलवार दिउँसो, नेवार्क शहरको एक सपिङ सेन्टरको पार्किङ क्षेत्रमा अधिकारीहरूले उक्त ट्रकलाई देखेका थिए । गत महिनाको म्याद सकिएपछि नफर्काइएकाले ‘अनधिकृत प्रयोगमा रहेको’ भन्दै प्रहरीमा ट्रकका विरुद्ध रिपोर्ट गरिएको थियो।

अटर्नी जनरल क्याथी जेनिङ्सले भनिन्, “एक साधारण ट्राफिक स्टपबाट बच्न खोज्दा एक विद्यार्थीको ज्यान गयो । यी विद्यार्थीहरू गलत समयमा गलत स्थानमा थिएनन् ।

घटनापछि गॉर्डन टर्नरमाथि अभियोगहरु लगाइएका छन् । प्रहरीका अनुसार, टर्नर जर्जिया, पेनसिल्भेनिया र म्यारिल्यान्डका समेत अभियुक्त हुन् । यद्यपि उनका यात्रु सहयात्रीमाथि अहिलेसम्म कुनै अभियोग लगाइएको छैन ।

ट्रकको ठक्करबाट अमेरिकाको डेलावेयर विश्वविद्यालयका विद्यार्थीको मृत्यु

डेलावेयर विश्वविद्यालयका अध्यक्ष डेनिस असानिस र उपाध्यक्ष जोसे लुइस रियेराले विद्यार्थी समुदायलाई पत्र लेख्दै घटनाप्रति दुख व्यक्त गरेको छ ।

राज्य र नगर सरकारसँग समन्वय गर्दै क्याम्पस वरिपरिको सुरक्षा सुधारमा प्रतिबद्ध रहेको विश्वविद्यालयले बताएको छ ।





Source link

Leave a Comment