टेक्सासको डालसस्थित आइसको अफिसमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु, २ जना घाइते

प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार

टेक्सासको डालसस्थित आइसको अफिसमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु, २ जना घाइते

अमेरिकाको टेक्सास राज्यको डालसस्थित इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को फिल्ड अफिसमा बुधबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। गोली चलाउने व्यक्ति भने आफैंलाई गोली हानी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

डालस प्रहरीले जानकारी दिएको अनुसार, उत्तर–पश्चिम डालसमा रहेको आइस अफिसमा बिहान करिब ६ः४० बजे गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीले नजिकैको भवनबाट अफिसतर्फ गोली प्रहार गरेको थियो।

घटनास्थलमै एक व्यक्तिको मृत्यु भएको छ भने दुई जना घाइतेलाई तत्काल नजिकैको अस्पताल लगिएको छ। घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

टेक्सासको डालसस्थित आइसको अफिसमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु, २ जना घाइते

टेक्सासको डालसस्थित आइसको अफिसमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु, २ जना घाइते

आइस अधिकारीहरू सुरक्षित रहेको बताइएको छ। तर मृतक वा घाइतेहरू आइसकै बन्दी हुन् वा स्थानीय सुरक्षाकर्मी वा प्रहरी हुन् भन्ने विषय भने अझै प्रष्ट भएको छैन।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले भनिन्, “गोली सम्भवतः नजिकैको अपार्टमेन्ट भवनको छतबाट प्रहार गरिएको हुनसक्छ। विवरण अझै स्पष्ट छैन। यो स्नाइपरको गोलीजस्तो देखिन्छ।”

उनले यस अफिसलाई हिरासत केन्द्र नभई फिल्ड अफिस भएको स्पष्ट पारिन्।

Source link

Leave a Comment