टेक्सासका दुई सय काउन्टीमा स्थानीय प्रहरीले आप्रवासीलाई पक्राउ गर्न पाउने



प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार

people riding motorcycle on road during daytime

फोटो: मेगन बकनल

टेक्सासका करिब ७६ प्रतिशत काउन्टीहरूले आइससँग २८७(जी) सम्झौतामा हस्ताक्षर गरेका छन् । नयाँ राज्य कानूनको अनिवार्य प्रावधानका कारण स्थानीय कानून कार्यान्वयन निकायहरूले संघीय अध्यागमन प्रवर्तनमा आफ्नो भूमिकालाई आक्रामक रूपमा विस्तार गर्न थालेका हुन् ।

टेक्सासको कानून अनुसार १ लाखभन्दा बढी जनसङ्ख्या भएका काउन्टीका शेरीफहरूले आगामी सन् २०२६ को अन्त्यसम्ममा तीनवटा मध्ये एउटा प्रवर्तन मोडेल लागू गरिसक्नुपर्नेछ, अन्यथा उनीहरूले कानुनी कारबाहीको सामना गर्नुपर्नेछ ।

काउन्टीहरू मात्र नभई सान एन्टोनियो वरपरका कतिपय स्थानीय सहर र एजेन्सीहरूले पनि स्वेच्छिक रूपमा यो सम्झौता गरिरहेका छन् । बाल्कोनेस हाइट्स, हलिउड पार्क, चाइना ग्रोभ र सेन्ट हेडविग मार्शलको कार्यालय जस्ता साना नगरपालिकाहरूले समेत आइससँग हात मिलाएका छन् ।

यस सम्झौता अन्तर्गत स्थानीय अधिकारीहरूलाई अध्यागमन सम्बन्धी टास्क फोर्समा काम गर्ने, हिरासतमा रहेका आप्रवासीहरूलाई प्रशासनिक वारेन्ट जारी गर्ने वा जेलमा रहेका डिपोर्टेशन योग्य व्यक्तिहरूको पहिचान गर्ने अधिकार मिल्दछ ।

तर, स्थानीय प्रहरीलाई अध्यागमन अधिकारीको जस्तो अधिकार दिइने ‘टास्क फोर्स मोडेल’ प्रति नागरिक अधिकारवादी संस्थाहरूले कडा आपत्ति जनाएका छन् ।

अमेरिकन सिभिल लिबर्टीज युनियन टेक्सासकी रणनीतिज्ञ सारा क्रुजका अनुसार यो मोडेलले अध्यागमन नियन्त्रणलाई जेलको पर्खालभन्दा बाहिर सडक र समुदायसम्म पुर्‍याउनेछ, जसका कारण सर्वसाधारण र आप्रवासीहरूमाझ थप जोखिम बढ्नेछ । यसले रङ्गीन समुदायमाथि नश्लीय प्रोफाइलिं र नागरिक अधिकारको उल्लङ्घन बढाउने भन्दै कानुनी मुद्दाहरूको खतरा समेत निम्त्याउने दाबी गरिएको छ ।

यस सम्झौताको पछाडि संघीय सरकारले उपलब्ध गराउने ठूलो बजेट र आर्थिक प्रलोभन मुख्य कारण रहेको बताइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार, सम्झौतामा सहभागी हुने स्थानीय एजेन्सीहरूलाई तालिमप्राप्त २८७(जी) अधिकारीहरूको वार्षिक तलब, भत्ता र २५ प्रतिशतसम्मको ओभरटाइम खर्च संघीय सरकारले नै बेहोर्नेछ । यसका साथै, गैरकानुनी रूपमा बसेका आप्रवासीहरू पत्ता लगाएको आधारमा स्थानीय प्रहरी एजेन्सीहरूले त्रैमासिक रूपमा नगद पुरस्कार समेत पाउनेछन् ।

हालसम्म टेक्सासका झण्डै २०० काउन्टी र ९० वटा सहर, मार्शल वा कन्स्टेबल कार्यालयहरूले आइससँग सम्झौता गरिसकेका छन् । बाल्कोनेस हाइट्सका मेयर जोनी ए. रोड्रिगेजले यो निर्णय कुनै राजनीतिक स्टन्ट नभई सहरको सुरक्षाका लागि चालिएको एउटा व्यावसायिक कदम भएको दाबी गरेका छन्





Source link

Leave a Comment