टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट

टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट



प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट भएको छ। अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे सुरु भएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो ।

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत केहीबेरमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।  अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको हो ।

डलासमा रातभर भारी वर्षा भएकाले टस केहीबेर ढिलो भएको हो । वर्षा रोकिएपनि मैदान भिजेकाले अम्पायरहरू ग्राउन्ड स्टाफलाई तयारीका लागि अलि बढी समय दिन चाहेकाले खेल ढिलो भएको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको थियो । त्यसकारण मंगलबार नेपाल १० वर्षपछि विश्वकपमा फर्केको हो । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

नेदरल्यान्ड्स ७ महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकप खेल्ने एक्लो एसोसिएट टोली हो । दुई वर्षअघि उसले टी २० विश्वकप पनि खेलेको थियो । तीन महिनाअघि नेदरल्यान्ड्स, नेपाल र नामिबियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा टी २० सिरिज र लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेलेका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीच टी २० आईमा १२ खेल भएका थिए । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा थिए ।

नेपाली खेलाडीहरुमा रोहित पौडेल कप्तान , आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी रहेका छन् ।

टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School