टिकटकको एल्गोरिदम र डाटा अमेरिकी कम्पनीको निगरानीमा रहने सहमति



प्रकाशित मिति : पुस ३, २०८२ शुक्रबार

person holding black iphone 5

टिकटकको आकर्षक ‘एल्गोरिदम’ र लाखौँ अमेरिकी प्रयोगकर्ताबाट संकलन गरिएको ‘डाटा’ अब अमेरिकी कम्पनीकै निगरानीमा रहने भएको छ।

टिकटकले आफ्नो अमेरिकी सञ्चालनलाई छुट्टै कम्पनीमा विभाजन गर्ने सम्झौता गरेसँगै यस्तो व्यवस्था हुन लागेको हो। यो सम्झौता आगामी जनवरी २२ बाट लागू हुनेछ।

नयाँ बन्ने अमेरिकी एकाइ मुख्यतया अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहनेछ। यसको निगरानीमा सफ्टवेयर कम्पनी ‘ओरेकल’ समेत सामेल छ। ओरेकल अर्बपति एवं राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी ल्यारी एलिसनद्वारा सञ्चालित कम्पनी हो।

सम्झौता अनुसार, टिकटकको अमेरिकी एल्गोरिदम अब केवल अमेरिकी प्रयोगकर्ताकै डाटाबाट पुनः प्रशिक्षित गरिनेछ। कुन सामग्रीलाई अनुमति दिने र कुनलाई नदिने भन्ने ‘कन्टेन्ट मोडरेशन’ सम्बन्धी नियमहरू पनि नयाँ लगानीकर्ता-नियन्त्रित संस्थाले नै तय गर्नेछ।

स्रोतका अनुसार, मूल एल्गोरिदमको स्वामित्व भने बेइजिङस्थित बाइटडान्सकै हातमा रहनेछ, तर त्यसलाई अमेरिकी अडिटरहरूको स्वीकृति अनिवार्य हुनेछ।

जर्जटाउन विश्वविद्यालयका कानुन तथा प्रविधि प्राध्यापक अनुपम चन्दर भन्छन्, “कन्टेन्ट मोडरेशनमा अमेरिकी बहुमत भएपछि विदेशी प्रचार सम्बन्धी चिन्ताहरू केही हदसम्म कम हुने देखिन्छ।

तर, अमेरिकी टिकटकले विश्वव्यापी टिकटकमा स्वीकार्य हुने कतिपय अभिव्यक्तिहरूलाई सेन्सर गर्न वा लुकाउन सक्ने सम्भावना पनि रहन्छ।” यद्यपि, अमेरिकी मोडरेशन टोलीले अभिव्यक्ति स्वतन्त्रता कायम राख्नेमा उनी विश्वस्त देखिन्छन्।

सम्झौताका सर्त अनुसार, अमेरिकी टिकटक नियन्त्रण गर्ने नयाँ संस्थाको ५० प्रतिशतभन्दा बढी हिस्सा लगानीकर्ता समूहको हुनेछ। जसमा ओरेकल, निजी इक्विटी कम्पनी सिल्भर लेक र संयुक्त अरब इमिरेट्स सरकार समर्थित लगानी कम्पनी एमजीएक्स ले संयुक्त रूपमा ४५ प्रतिशत स्वामित्व राख्नेछन्। ओरेकल, सिल्भर लेक र एमजीएक्सले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

नयाँ इकाइको करिब एक-तिहाइ हिस्सा बाइटडान्सका हालका लगानीकर्ताहरूको हुनेछ भने झन्डै २० प्रतिशत हिस्सा बाइटडान्सकै स्वामित्वमा रहनेछ।

यो सम्झौताले अमेरिकामा विगत पाँच वर्षदेखि टिकटकमाथि रहँदै आएको दबाबको अन्त्य गरेको छ। टिकटकको चीनसँगको सम्बन्धलाई लिएर उत्पन्न सुरक्षा चिन्ताका कारण अमेरिकी कांग्रेसले सन् २०२४ मा टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो। उक्त कानुनलाई जनवरीमा सर्वोच्च अदालतले समेत वैध ठहर गरेको थियो।

विश्वभर टिकटकका करिब २ अर्ब प्रयोगकर्ता रहेका छन्, जसमध्ये १० प्रतिशतभन्दा कम प्रयोगकर्ता अमेरिकामा आधारित छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment