टर्कीमा हुने युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा पुटिन सहभागी नहुने



प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा सहभागि हुन टर्की नजाने भएका छन ।

पुटिन युक्रेन युद्ध अन्त्यका लागि टर्कीमा हुने शान्ति वार्तामा सहभागी नहुने क्रेमलिनले बताएको छ । यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उनलाई प्रत्यक्ष भेट्न आह्वान गरेका थिए।

क्रेमलिनद्वारा जारी गरिएको वक्तव्य अनुसार, बिहीबार इस्तानबुलमा हुने वार्तामा रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीले गर्नेछन्।

टर्कीमा हुने युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा पुटिन सहभागी नहुने

टर्कीमा हुने युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा पुटिन सहभागी नहुने

जेलेन्स्कीले यसअघि यदि पुटिनले सहमति जनाएमा आफू व्यक्तिगत रूपमा वार्तामा सहभागी हुने बताएका थिए । उनले यो प्रत्यक्ष वार्ता सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्की भने बिहीबार टर्कीको राजधानी अङ्कारा पुग्ने छन् । त्यहाँ रहँदा उनले राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपति पुटिन र जेलेन्स्कीको प्रत्यक्ष भेट डिसेम्बर २०१९ पछि भएको छैन । रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको केही समयपछि, मार्च २०२२ मा दुबै देशबीच इस्तानबुलमा अन्तिम प्रत्यक्ष वार्ता भएको थियो।

त्यसपछि युक्रेनमा भीषण युद्ध चलिरहेको छ। विगत वर्षभरि रूसी सेनाले युक्रेनको पूर्वी भागमा नियन्त्रण विस्तार गरिरहेको छ।

पुटिनले वार्ताका लागि सुरुमा पूर्वशर्त बिना इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। त्यसपछि जेलेन्स्कीले आफू पनि उपस्थित हुने बताएका थिए । वार्तामा पुटिनको पनि उपस्थिति अपेक्षा गरिएको थियो।

टर्कीमा हुने युक्रेन युद्धसम्बन्धी शान्ति वार्तामा पुटिन सहभागी नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, यदि पुटिन सहभागी भएमा आफू पनि वार्तामा जान सक्ने संकेत दिएका थिए।

हाल कतारमा रहेका ट्रम्पले पत्रकारहरूसँग भने,’मलाई थाहा छैन पुटिन म बिना आउँछन् कि आउँदैनन्। तर मलाई थाहा छ, उनी चाहन्छन् म त्यहाँ होस् । त्यो सम्भावना छ। यदि हामी युद्ध अन्त्य गर्न सक्छौं भने, म त्यसबारे सोच्नेछु।’

अमेरिकाले वार्तामा शीर्ष कूटनीतिक प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरिएको छ । जसमा देशका वरिष्ठ कूटनीतिज्ञ मार्को रुबियो पनि सहभागी हुनेछन्।

ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच युद्धविरामको प्रयास गर्दै आएका छन्।





Source link

Leave a Comment