टर्कीको एक स्की रिसोर्टमा आगलागी : ६६ जनाको मृत्यु, ५१ बढी घाइते



प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

टर्कीको एक स्की रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ । यस्तै, ५१ जना बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलुमा रहेको १२ तले ग्राण्ड कार्टेल रिसोर्टमा आगलागी भएको एक अधिकारीले बताए । त्यो समयमा २ सय ३४ जना त्यहाँ बसेका थिए ।

बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर पश्चिममा अवस्थित छ ।

बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानले आगो चौथो तल्लाको भान्छाबाट सुरु भएको र त्यसपछि माथिल्लो तलामा फैलिएको देखाएको बताए।

बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय छ । यस सिजनमा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिसहरू आउँछन्। साथै विद्यालयमा दुई दिन बिदा पनि परेको थियो ।

स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।





Source link

Leave a Comment