झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी, गाउँपालिकाले बनायो छानबिन समिति

झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी, गाउँपालिकाले बनायो छानबिन समिति


२१ चैत, काठमाडौं । झापाको कमल गाउँपालिकाले वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटाले फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियोमा निर्जलाको पिडुँलामा निलडाम देखिन्छ ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए । न्यौपानेले भने ‘हामीले दुवै पक्षसँग घटनाबारे बुझ्यौं । विद्यार्थीलाई अस्पताल लगिएको पाइएपछि समिति बनाएर छानबिन गर्ने निर्णय गरेका छौं ।’

बुधबार शिक्षा समितिको बैठकले ५ नम्बर वडाका अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र ? भनेर कमेन्ट गरेकी थिएँ,’ भिडियोमा निर्जलाले भनेकी छन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले खुट्टामा हान्नुभयो।’

प्रधानाध्यापक बगालेले भने विद्यार्थीलाई कारबाही स्वरूप सामान्य तरिकाले कुटेको बताए । विद्यार्थी तथा अभिभावकले प्रहरी कार्यालयमा उजुरी गरेकोले इलाका प्रहरी कार्यालय, दमकमा छलफल गरेर मिल्ने सहमति भएको पनि उनले बताए । अनलाइनखबरसँग उनले भने ‘अहिले म प्रहरी चौकीमा छु । भर्खरै छलफल सकिएर विद्यार्थी र अभिभावक घर फर्किएका छन् । विद्यार्थीको अवस्था सामान्य छ । सामाजिक सञ्जालमा आएजस्तो केही होइन, यहाँ राजनीति गर्न खोजियो ।’

कमल गाउँपालिकालाई करिब दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School