झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर

झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर


अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ।

यस सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ। अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ। रासस

प्रकाशित: १२ चैत्र २०८० १०:३० सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School