‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’


तत्कालीन राजा वीरेन्द्रको बंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहमा फेरि राजा बन्ने महत्तवाकांक्षा जाग्दा शुक्रबार राजावादीले काठमाडौंमा प्रदर्शन अराजकता र हिंसात्मक हुन पुगेको छ।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधानपछि जनताले मुलुकमा तीव्र आर्थिक विकासको अपेक्षा गरेका थिए। तर मुलुकको सीमित स्रोत साधन र संविधान निर्माणपछिका संरचना निर्माणमै सरकार र राजनीतिक दलहरूको ध्यान केन्द्रित हुँदा जनतामा असन्तुष्टि बढेको थियो।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

त्यसलाई व्यवस्थाप्रतिकै असन्तुष्टि बुझेर केही शक्ति केन्द्रहरूको उक्साहटमा फेरि राजा बन्ने महत्तवाकांक्षा राखेका ज्ञानेन्द्रले देशमा फेरि अस्थिरता फैलाउने प्रयास गरेका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

‘आफू सुन्ने मात्र होइन, देखिने राजा हुने’ बताएका ज्ञानेन्द्रले राजगद्दीमा बसेको केही समयमै २०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरेका थिए।

त्यसको केही दिनमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाएका ज्ञानेन्द्रले सूर्यबहादुर थापा हुँदै फेरि देउवालाई नै प्रधानमन्त्री बनाएका थिए।

ज्ञानेन्द्रले देउवालाई २०६१ माघ १९ गते फेरि प्रधानमन्त्रीबाट हटाएर आफ्नै हातमा शासन लिएका थिए। बुबा राजा महेन्द्रकै पालाका सहयोगीलाई लिएर ज्ञानेन्द्रले मुलुकमा निरंकुशता चलाएका थिए।

माओवादीले सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई पनि सिरानी हालेर उनी संसद्वादी दलमाथि खनिएका थिए। त्यसविरुद्ध एकताबद्ध भएका सात राजनीतिक दलको आन्दोलनबाट तत्कालीन प्रतिनिधिसभा पुनःस्थापना हुँदै अन्तरिम संविधान र संविधानसभा निर्वाचनमार्फत देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो।

ज्ञानेन्द्रकै कारण २ सय ४० वर्ष लामो राजतन्त्रलाई संविधानसभाको पहिलो बैठकले २०६५ सला जेठ १५ सधैंका लागि बिदा गरेका थियो।

उनलाई पूर्वराष्ट्राध्यक्षको हैसियतमा सरकारले अहिलेसम्म सेवासुविधा दिँदै आएको छ। ज्ञानेन्द्रको फेरि राजा बन्ने महत्तवाकांक्षाले मुलुकमा अराजकता मात्र निम्ताउने होइन, राज्यबाट उनी र उनको परिवारले अहिलेसम्म पाएको सेवासुविधा र सम्मान पनि खोसिने अवस्था आउने विश्लेषण गर्न थालिएको छ।

माओवादी केन्द्रसहित समाजवादी मोर्चाले ज्ञानेन्द्रका सबै सेवासुविधा कटौती गरेर उनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

व्यवस्थामाथि नै प्रश्न उठाएर लामो समयदेखि विभिन्न तानाबाना बुनेका ज्ञानेन्द्र र राजावादीहरूले शुक्रबार हिंसाको सहारा लिए।

राजावादीले देशलाई फेरि अस्थिरता र प्रतिगमनतर्फ धकल्ने अराजक कार्य गर्न थालेको राजनीतिक दल र नेताहरूले बताएका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

प्रमुख राजनीतिक दलहरूले शुक्रबार साँझ नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाउँदै अराजक कार्यलाई नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणमा देखिएका कमजोरी सुधार्न लाग्ने पनि उनीहरूले जनाएका छन्। नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले राजावादीहरूले शुक्रबार काठमाडौंमा गरेको प्रदर्शन मुलुकलाई प्रतिगमनतर्फ धकल्न गरिएको अराजक कार्य भएको निष्कर्ष निकालेका छन्।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमा शनिबार बिहान जम्मा भएका कांग्रेसका ६ पूर्वपदाधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र भएको निष्कर्ष निकालेका छन्।

निधिसहित नेताहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजय गच्छेदार सहभागी बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सक्रिय हुने निर्णय गरेको छ।

चैत १५ गते काठमाडौंमा भएको आगजनी र तोडफोडको निन्दा गर्दै उनीहरूले जनताको जिउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

संविधानले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार दिए पनि त्यसको दुरुपयोग गर्दै मुलुकमा अराजकता फैलाउने र व्यवस्थामाथि नै धाबा बोलने प्रयास राजावादीले गरेको निष्कर्ष नेताहरूको छ।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेता निधिले भने, ‘राजा संस्थाका नाममा भएको अराजनीतिक, आपराधिक घटना निन्दनीय र भत्र्सनायोग्य छ।’

तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईले प्रहरीलाई पेलेर सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्रमा गाडी प्रवेश गराएका थिए।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

प्रदर्शनका क्रममा गरिएको मानवीय र भौतिक क्षतिका विषयमा छानबिन गरी तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन्।

राजासहित हिन्दु राज्यको माग गर्दै सडकमा आएका राजावादीहरू अराजक बन्दै लुटपाट, आगजनी र तोडफोडमा उत्रिएका थिए।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

प्रदर्शनकारी अराजक बनेपछि सरकारले अपराह्न तीनकुने आसपास क्षेत्रमा कर्फु जारी गर्दै शान्तिसुरक्षा कायम गर्न सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’
‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

तीनकुने, जडीबुटी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो तैनाथी भए पनि राजसंस्था फर्काउने भन्दै सडकमा उत्रिएका प्रदर्शनकारीले निजी घर, सञ्चारगृह, सरकारी भवन र सवारीसाधनलाई समेत निसाना बनाएका थिए।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

संघीय लोकतान्त्रिक गणतन्त्रपछि पनि अवस्थामा सुधार नआएपछि राजनीतिक दल र नेताप्रति बढ्दै गएको असन्तुष्टिको मौका छोप्दै राजावादीहरूले व्यवस्थालाई नै चुनौती दिन थालेका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

राजावादीले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

उनीहरूले कोटेश्वरस्थित जडीबुटी कारखानामा आगो लगाएका थिए। त्यहाँ पार्किङ गरिएका कम्तीमा आधा दर्जन गाडीमा उनीहरूले आगो लगाएका थिए।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

राजावादीले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा पनि आगो लगाएका थिए। गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेले शनिबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको क्षेत्र निरीक्षण गरेका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लेखकले जनाताको जिउधनको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

आक्रमणकारीको निसानामा परेका सञ्चारगृहमा समेत पुगेका उनले निर्भयपूर्व सूचना संकलन र प्रसारणका लागि सरकारले सबै प्रबन्धसमेत मिलाउने जनाएका छन्।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार भएको आगजनीको निरीक्षण गरेका छन्।

सरकार शान्ति सुव्यवस्था कायम गर्न चुकेको जनाउँदै दाहालले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा भएको घटना हिंसात्मक भएको बताए। देउवाले शनिबार लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटनमा भने, ‘पूर्वराजाका नाममा हुलहुज्जत भयो, अराजक गतिविधि भए। अहिले नै यस्तो गर्छन् भने राजा भए के गर्लान् ?’

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

संघीय लोकतान्त्रिक गणतन्त्र कुनै हालतमा नहट्ने दाबी गर्दै ज्ञानेन्द्र शाह अब कहिल्यै संवैधानिक राजा बन्न नसक्ने देउवाले बताए।

‘ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने कुनै नेचर छैन, सम्भावना पनि छैन,’ उनले भने, ‘गणतन्त्र कसैले चाहेर हट्ने होइन, अहिले देश एकढिक्का भएर अघि बढिरहेको छ।’

तत्कालीन राजा ज्ञानेन्द्रलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज बलियो हुँदै गएका बेला कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले तीनकुने क्षेत्रमा शुक्रबार भएको आगजनी र अराजकता बारे ज्ञानेन्द्रको धारणा माग गरेका छन्।

बिपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले भने, ‘हिजो (शुक्रबार) काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुखद घटना गराए त्यसप्रति मेरो खेद छ। घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ।’

पत्रकार महासंघ आन्दोलित नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

महासंघले ७०औं स्थापना दिवस पनि शुक्रबारको घटनाको विरोधमा शनिबार मनाएको छ। त्यसपछि बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमण विरोधमा आइतबारदेखि तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’

महासंघले पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा सा सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ।

महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।

घटनाका विषयमा मंगलबार सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम महासघंको छ।



Source link

Leave a Comment