जेनजी आन्दोलन : एक युवा क्रान्ति : RajdhaniDaily.com


नेपालको राजनीतिक इतिहासमा युवा पुस्ताको भूमिका सधैं निर्णायक रह“दै आएको छ । २००७ सालको प्रजातन्त्र आन्दोलनदेखि २०६२–६३ सालको जनआन्दोलनसम्म युवाले परिवर्तनको अगुवाइ गरे । २३ र २४ भदौ २०८२ को जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनले त नयाँ इतिहास नै रच्यो । यस आन्दोलनले देशको राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन ग¥यो । केपी शर्मा ओलीको सरकार ढल्यो । ऐतिहासिक सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत संवैधानिक निकाय तथा गैरसरकारी भवनमा ध्वस्त भए र नयाँ नेतृत्वका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको कार्यभार सुम्पियो ।

यस आन्दोलनले भ्रष्टाचार, कुनियतवाद, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्धजस्ता मुद्दा केन्द्रमा राखेर युवा असन्तुष्टि अभिव्यक्त गरियो । देशको इतिहासमा युवापुस्ताले समय–समय निर्णायक भूमिका खेल्दै आएको छ । राणाशासन अन्त्य होस् वा पञ्चायती व्यवस्थाविरोधी आन्दोलन, २०४६ साको जनआन्दोलन होस् वा अन्य क्रान्ति, हरेक चरणमा युवा अग्रपंक्तिमा उभिए । तर, २१औं शताब्दी दोस्रो दशकको उत्तराद्र्धतिर देखिएको जेनजी अर्थात् सन् १९९५ देखि २०१० को आसपास जन्मिएका पुस्ताका सक्रियता भने नयाँ रूपले प्रस्तुत भइरहेको छ । उनीहरूले परम्परागत राजनीतिक दल वा नेताका छायामा मात्र आन्दोलन गरेका छैनन्, सामाजिक सञ्जाल, स्वतन्त्रता, पारदर्शिता र असन्तुष्टि जोडेर भ्रष्टाचारविरुद्धको क्रान्तिकारी स्वर बुलन्द गरिएका छन् । मुलुकमा बढ्दो भ्रष्टाचार, नातावाद, असमानता र अवसरको अभावप्रति आक्रोशित जेनजी पुस्ताले पछिल्ला वर्ष सडकदेखि डिजिटल प्लेटफर्मसम्म आवाज उठाएको छ । यसले नीति परिवर्तन वा सुधारको माग मात्र गरेको छैन, पुरै राज्य संरचना र शासन शैलीमै नयाँ मूल्य स्थापित गर्ने चेतावनी दिएको छ ।

जेनजी भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका पुस्ता हुन् । जसलाई डिजिटल युगका मूल निवासी मानिन्छ । उनीहरू सामाजिक सञ्जालमार्फत संगठित हुन्छन् । जसमा सूचना आदानप्रदान गर्छन् र परिवर्तन माग गर्छन् । नेपालमा यस पुस्ताले भ्रष्टाचारलाई ‘मुख्य शत्रु’ ठानेर सडकमा उत्रिएको थियो । फलतः आन्दोलन सुरुवात २३ भदौ (८ सेप्टेम्बर २०२५)मा काठमाडौं माइतीघर मण्डलाबाट सुरु भयो । यसले आगोको लप्कासरी राष्ट्रव्यापी रूप धारण ग¥यो । आन्दोलनको पृष्ठभूमि, घटनाक्रम, प्रभाव र भविष्यका सम्भावना’bout चर्चा गरौं ।

जेनजी पुस्ता : परिचय र विशेषता
‘जेनजी’ भन्नाले सूचना–प्रविधि, इन्टरनेट, मोबाइल, सामाजिक सञ्जालसँगै हुर्किएको पुस्तालाई जनाइन्छ । उनीहरूका केही विशेषता यसप्रकार छन् ।

डिजिटल नेटिभ्सः उनीहरूले बाल्यकालदेखि नै इन्टरनेट प्रयोग गरेका छन् । त्यसैले सूचना संकलन, तथ्य खोजी र विचार अभिव्यक्तिमा सजग छन् ।

वैश्विक दृष्टिकोणः युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सजस्ता माध्यममार्फत उनीहरू नेपालको सीमिततामा बा“धिएका छैनन् । उनीहरू विश्वका आन्दोलन र परिवर्तनका घटनाबाट पनि प्रेरित छन् ।

व्यावहारिक र परिणाममुखी सोचः राजनीतिक भाषण वा वाचाभन्दा पनि प्रत्यक्ष परिणाम हेर्ने सोच राख्छन् ।

समानता र पारदर्शिता चाहनाः लैंगिक, सामाजिक, जातीय वा आर्थिक भेदभावको विरोधमा खरो रूपमा उभिन्छन् ।

सामाजिक न्यायप्रति संवेदनशीलः गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्यजस्ता बुढ्यौली सेवामा असमान पहुँच अस्वीकार गर्छन् । यी गुणले गर्दा जेनजी पुस्ता परम्परागत राजनीतिक दलप्रति अविश्वास राख्दै आफ्नै ढंगको आन्दोलन अगाडि बढाउन सक्षम बनेका छन् ।

भ्रष्टाचारको पृष्ठभूमि र असन्तुष्टि
मुलुकमा भ्रष्टाचार दीर्घकालीन समस्या बनेको थियो । जसले गर्दा ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकमा नेपाल सधैं उच्चस्थानमा रहँदै आएको छ । यसमा पनि राजनीतिक नेताको कुनियतवाद, नातावाद र सार्वजनिक सम्पत्ति दुरुपयोगले देशको अर्थतन्त्र कमजोर बनाएको थियो । तत्कालीन ओली सरकारले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब आदिमाथि प्रतिबन्ध लगाएपछि यो असन्तुष्टि चरमोत्कर्षमा पुगेको थियो । सरकारको दाबी थियो कि ‘यी सञ्जाल दर्ता नभएका कारण प्रतिबन्ध’ लगाइएको हो । तर, युवाले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला अर्थात् जनताको मुख थुन्ने कठिन कार्य ग¥यो । जसमा जेनजी पुस्ता देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्छ । उनीहरू शिक्षित छन्, प्रविधिसँग परिचित छन् र वैश्विक घटनाबाट प्रेरित हुन्छन् ।

यसरी केन्या, बंगलादेश र श्रीलंकामा भएका युवा आन्दोलनबाट प्रेरणा लिएर उनीहरूले नेपालमा पनि परिवर्तनको माग गरे । टिकटकमा भाइरल ट्रेन्डले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैली र साधारण नागरिकको संघर्ष तुलना गरेको थियो । जसले युवामा आक्रोश पैदा ग¥यो । यो ट्रेन्डले लाखौं लाख युवालाई एकजुट बनायो । फलतः भ्रष्टाचारले नेपालको विकासमा बाधा पु¥याएको छ । स्वास्थ्य, शिक्षा, यातायातजस्ता क्षेत्रमा भ्रष्टाचारका कारण सेवा प्रभावित भएका छन् । जेनजीले यो प्रणालीलाई पुरानो र कुशासित ठानेर परिवर्तनको माग गरे । उनीहरूको नारा थियो, ‘यो हाम्रो क्रान्ति हो, अब हाम्रो पालो हो ।’ यसले पुराना पुस्ताका नेतामाथि प्रश्न उठाएको छ ।

भ्रष्टाचारको संरचनागत समस्या
नेपालमा भ्रष्टाचार कुनै नयाँ विषय होइन । राज्यको संरचना, राजनीतिक संस्कृति र प्रशासनिक प्रणालीमै निहित कमजोर पक्षका कारण भ्रष्टाचार दिनानुदिन संस्थागत बन्दै गएको छ ।

राजनीतिक दलमा पैसाकै वर्चस्वः निर्वाचन जित्न करोडौं खर्च हुने, त्यसपछि पदमा पुगेपछि लागत उठाउन ठेक्का र कमिसनको खेल हुने ।

नातावाद र दलालतन्त्रः योग्यताको सट्टा आफन्त वा नजिकका व्यक्तिलाई अवसर दिने प्रवृत्ति ।

कानुन कार्यान्वयनमा कमजोरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतले ठूला माछालाई छुन नसक्ने, साना मुद्दामा मात्र सक्रिय हुने ।

प्रशासनिक ढिलासुस्तीः सेवाग्राहीले सामान्य काम गर्न पनि घुस दिनुपर्ने अवस्था ।

विकास बजेटको दुरुपयोगः सडक, विद्यालय, अस्पताल निर्माणमा गुणस्तरहीनता, लागत बढाउने र समयमै नसकाउने प्रवृत्ति ।
यस्ता संरचनागत समस्याका कारण नागरिक, विशेषगरी युवा, भविष्य अन्धकार देख्छन् । यही निराशा आन्दोलनमा परिणत भएको हो ।

आन्दोलन सुरुवात र घटनाक्रम
गत २१ भदौ (६ सेप्टेम्बर २०२५)मा जेनजीले २३ भदौ (८ सेप्टेम्बर)मा माइतीघरमण्डलमा विरोध प्रदर्शन घोषणा गरे । यसको उद्देश्य भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध आवाज उठाउनु थियो । यसमा हजारौं युवा सडकमा उत्रिए । प्रदर्शनकारीले नारा लगाए, ‘भ्रष्टाचार मुर्दावाद, युवा शक्ति जिन्दावाद ।’ प्रहरीसँग झडप हुँदा दर्जनौं घाइते भए । यस प्रदर्शनले राष्ट्रव्यापी रूप लियो । काठमाडौं नयाँ बानेश्वरमा प्रदर्शनकारी संसद् भवनतर्फ बढे । प्रहरीले गोली चलाउँदा नौ जनाको मृत्यु भयो । यसैक्रममा प्रदर्शनकारीले संसद् भवनमा आगो लगाए, राजनीतिज्ञका घरमा तोडफोड गरे । मन्त्रीका घर जलाइए । यस घटनाले देश स्तब्ध बन्यो । यसपछि २४ भदौ (९ सेप्टेम्बर २०२५)मा आन्दोलन चरमोत्कर्षमा पुग्यो । प्रदर्शनकारीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन बाध्य पारे । ओलीले राजीनामा दिएपछि सेनालाई सडकमा उतारियो । प्रदर्शनकारीले प्रहरीलाई समेत पछि हट्न बाध्य पारे । तेस्रो दिन २५ भदौ (१० सेप्टेम्बर २०२५) मा आन्दोलनकारी सरकार ढाल्न सफल बन्यो ।

जेनजी भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका पुस्ता हुन् । जसलाई डिजिटल युगका मूल निवासी मानिन्छ । उनीहरू सामाजिक सञ्जालमार्फत संगठित हुन्छन् । जसमा सूचना आदानप्रदान गर्छन् र परिवर्तन माग गर्छन् । नेपालमा यस पुस्ताले भ्रष्टाचारलाई ‘मुख्य शत्रु’ ठानेर सडकमा उत्रिएको थियो

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने घोषणा भयो । कार्की भ्रष्टाचारविरुद्धको अभियानकर्ताका रूपमा चिनिन्छिन् । यस परिवर्तनले युवालाई उत्साहित बनायो । शान्तिपूर्ण रूपमा युवाले सफाइ अभियान चलाए र क्षतिग्रस्त क्षेत्रमा सहयोग गरे । यसले आन्दोलनको सकारात्मक पक्ष देखायो ।

प्रभाव र क्षति
यस आन्दोलनले मानवीयस“गै अर्बौंको क्षति भएको अनुमान छ । तर, सकारात्मक प्रभाव पनि छ । भ्रष्टाचारविरुद्धको चेतना बढेको छ । युवा राजनीतिमा सक्रिय भएका छन् । सरकार परिवर्तनले नयाँ आशा जगाएको छ । यसबाट पुराना दलले पाठ सिक्नुपर्ने सतहमा आएको छ । युवा वर्गले राखेको जायज माग सम्बोधन गर्नुपर्ने बाध्यता भएको छ ।

सफलताका कारण र चुनौती
आन्दोलनको सफलता सामाजिक सञ्जालको भूमिका महŒवपूर्ण रहेको सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ । टिकटक, एक्सजस्ता प्लेटफर्मले युवालाई एकजुट बनाए । वैश्विक युवा आन्दोलनबाट प्रेरणा मिल्यो । तर, चुनौती पनि धेरै छन् । यस आन्दोलनपछि राजनीतिक स्थिरता कायम राख्नुपर्छ । नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्नुपर्छ । युवाले सत्ता सञ्चालनको अनुभव कमी छ । जसले समस्या निम्त्याउनसक्छ । आन्दोलनले जेनजीको नयाँ चेतना देखाएको छ । उनीहरूले पुरानो प्रणाली अस्वीकार गरेका छन् । जबकि, भविष्यमा यस पुस्ताले नेपालको राजनीतिक नेतृत्व गर्नसक्छ ।

सार्वजनिक बहस
आन्दोलनले समाजका हरेक तहमा भ्रष्टाचार, सुशासन र युवा भूमिका’bout व्यापक बहस सिर्जना गरेको छ ।

हिंसा र घुसपैठ
आन्दोलन शान्तिपूर्ण सुरु भए पनि पछि हिंसात्मक र अराजक बन्यो । सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायत संरचनामा आगजनी गरियो । कतिपयको दाबी छ, ‘यसमा निहित स्वार्थ बोकेका समूहले घुसपैठ गरे र आन्दोलनलाई दूषित पारे ।’ यसले आन्दोलनको मूल उद्देश्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

दमन र क्षति
आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो भौतिक क्षति भयो र कैयौंको ज्यान गयो । यसले आन्दोलनको नैतिक धरातल कमजोर बनायो र दमनकारी उपायलाई जायज ठह¥याउने बाटो खोल्यो ।

भविष्यको बाटो
जेनजी आन्दोलनले नेपालको राजनीतिमा नयाँ आशा र चुनौती दुवै एकैसाथ ल्याएको छ । यसले युवापुस्ताको चेतना र शक्तिलाई प्रमाणित गरेको छ । तर, यसको भविष्य अनिश्चित देखिन्छ ।

नेतृत्व खाँचो
आन्दोलनलाई दिगो र प्रभावकारी बनाउन संगठित, जवाफदेही र दलगत हस्तक्षेपविहीन नेतृत्व खाँचो छ । नेतृत्वविहीन आन्दोलन सजिलै दुरुपयोग हुन सक्छ ।

मूल मुद्दामा अडिग
आन्दोलनकारीले भ्रष्टाचारविरुद्धको आफ्नो मूल मुद्दामा अडिग रहनुपर्छ । हिंसामुक्त, शान्तिपूर्ण र रचनात्मक तरिकाले आफ्ना माग उठाउनु जरुरी छ ।

नयाँ राजनीतिक शक्ति उदय
आन्दोलनले परम्परागत दललाई चुनौती दिँदै भविष्यमा नयाँ राजनीतिक शक्ति वा विकल्पको सम्भावना पनि देखाएको छ । जेनजी आन्दोलन एउटा क्रान्तिकारी हो । यसले नेपाली युवालाई आफ्ना अधिकार र भविष्यका लागि आवाज उठाउन प्रेरित गरेको छ । तर, यो क्रान्तिलाई सही दिशा दिन नसकिएमा यसले देशलाई थप अराजकता र अस्थिरतातिर धकेल्ने खतरा पनि छ । यसकारण आन्दोलनको उपलब्धि कायम राख्दै यसका चुनौती सामना गर्न सकिएमा साँच्चै नेपालको इतिहासमा महŒवपूर्ण मोड बन्नसक्छ ।

निष्कर्ष
जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलन नेपालको इतिहासमा ‘माइलस्टोन’ बनेको छ । यसले युवा शक्तिलाई प्रमाणित गरेको छ । तर, यो सुरुवातमात्र हो । नयाँ नेतृत्वले माग पूरा गर्नुपर्छ । यसमा भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सबैको सहयोग चाहिन्छ । यो आन्दोलनले आशा जगाएको छ, तर सतर्कता पनि त्यतिकै आवश्यक छ । मूलतः राष्ट्रमा जेनजी पुस्ताले उठाएको भ्रष्टाचारविरुद्धको आन्दोलन असन्तुष्टि व्यक्त गर्ने कार्यक्रम मात्र होइन । यो नयाँ मूल्य र संस्कृतिको जन्म पनि हो । परम्परागत राजनीतिक दलले बेवास्ता गरेको युवाआवाज सडकदेखि संसद् र सरकारसम्म गुन्जिएको छ । यो आन्दोलनलाई ‘युवा क्रान्ति’ भन्न सकिन्छ ।

(Visited 30 times, 1 visits today)





Source link

Leave a Comment