जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, बोनसको खोजीमा एमाले

जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, बोनसको खोजीमा एमाले


२ मंसिर, काठमाडौं । स्थानीय तहमा रिक्त पदका निम्ति आगामी १६ मंसिरमा हुने उपचुनावका लागि आज मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार, उपचुनाव हुने गाउँपालिका-नगरपालिकाका अध्यक्ष र प्रमुख गरी ८ पदमा ८४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिका-नगरपालिकाको वडाध्यक्ष पदमा गरी ३४ पदका लागि ३२३ जनाको उम्मेदवारी परेको छ । अब उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन हुँदै उपचुनावको प्रक्रिया अगाडि बढ्नेछ ।

अनि यो उपचुनाव पहिले भन्दा फरक पृष्ठभूमि र तयारीका साथ अगाडि बढिरहेकाले प्रक्रियासँगै यसको सन्देशबारे चर्चा हुने देखिन्छ । किनकि यो उपचुावमा प्रमुख दलहरु नेपाली कांग्रेस र एमाले सत्तारुढ छन् भने माओवादी सहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा लगायत दल विपक्षी छन् ।

२०७४ यताका चुनाव र उपचुनावमा ठूला गठबन्धन बन्ने गरेको थियो । तर यसपटक सामान्यतः दलहरु एकल प्रतिस्पर्धामा छन् । त्यसैले यो उपचुनाव दलहरुको शक्ति परीक्षणको अवसर पनि बन्नेछ ।

दलगत व्याख्या गर्दा यो उपचुनाव सबैभन्दा बढी कांग्रेसका निम्ति अर्थपूर्ण छ । किनकि उपचुनाव हुने ४४ मध्ये २७ पदमा यसअघि कांग्रेसले जितेको थियो ।

पालिका पदाधिकारीमै चुनाव हुने ८ मध्ये ६ स्थान यसअघि कांग्रेसले जितेको क्षेत्र हो । धेरैले चासो राखेको कीर्तिपुरको मेयर नै कांग्रेसले जितेको थियो ।

२०७९ को चुनावमा पाँच दलीय गठबन्ध भएपनि कांग्रेस एक्लै लडेर कीर्तिपुरको मेयर जितेको थियो । एमाले उम्मेदवार केशरत्न बज्राचार्यलाई फराकिलो अन्तरले पछि पार्दै कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले जितेका थिए ।

कीर्तिपुरको मेयरमा कांग्रेसले जितेको त्यो पहिलोपटक थियो । तर मेयर नकर्मीको निधन भएपछि हुन लागेको यो उपचुनावमा जित जोगाउनुपर्ने दबाव कांग्रेसलाई छ ।

अध्यक्ष पदमा उपचुनाव हुने मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा पनि ०७९ को स्थानीय चुनावमा कांग्रेसकै उम्मेदवारले जितेका थिए । महाबु गाउँपालिका अध्यक्षमा कांग्रेसका लछुमन गुरुङले जितेका थिए । उनले एमाले हरिप्रसाद उपाध्यायलाई पछि पारेका थिए ।

ग्रामथान गाउँपालिका अध्यक्षमा एमालेका शिवनारायण माझीलाई हराएर कांग्रेसका जयप्रकाश थारुले जितेका थिए । पालिका उपाध्यक्ष पदमा उपचुनाव हुने दोलखाको गौरीशंकर गाउँपालिका, जाजरकोटको नलगाड गाउँपालिका र बाजुराको स्वामीकात्र्तिक गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

तीनमध्ये गौरीशंकर र नलगाड गाउँपालिका उपाध्यक्ष जित्न कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो । तत्कालीन पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेर कांग्रेसले गौरीशंकर र नलगाडको उपाध्यक्ष जितेको थियो ।

गौरीशंकरमा गठबन्धनको मत पाएर (४७४१ मत सहित) श्यामसुन्दर तामाङले उपाध्यक्ष जित्दा एमालेकी मुना सिवाकोटीले ३२८१ मत पाएकी थिइन् ।

नलगाडमा पनि माओवादी, एकीकृत समाजवादी सहित पार्टीको मत पाएर कांग्रेसले उपाध्यक्ष जितेको थियो । एमालेकी सुनिता बोहोराले ३३९३ मत पाउँदा ५४०६ मत पाएर कांग्रेसकी सरिता सिंहले जितेकी थिइन् । तर यो उपचुनाव कांग्रेस एक्लै लड्दैछ ।

अर्थात् कांग्रेसका निम्ति उपचुनाव अर्थपूर्ण छ । कसैसँग गठबन्धन नगरी र एमालेसँग सत्ता साझेदारीमा रहँदै प्रतिस्पर्धामा होमिएको कांग्रेसका निम्ति यो उपचुनावले दीर्घकालीन असर पार्नेछ ।

चर्को दबावमा माओवादी

कांग्रेसपछि उपचुनावको दबाव माओवादीलाई छ । माओवादीले दबाव लुकाएको पनि छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु समाजवादी मोर्चामा आवद्ध दल र पूर्व माओवादी घटकहरु जुटाउन लागिपरेका छन् ।

एकीकृत समाजवादीसँग कीर्तिपुरको मेयरमा सहयोग लिने गरी प्रचण्डले पहलकदमी लिएका थिए । एक नेताका अनुसार उपचुनाव जित्न समाजवादी मोर्चाघटक दलहरुबीच भद्र सहमति जुटेको छ । ‘नीगित रुपमा हामी एकल प्रतिस्पर्धा गर्दैछौं । तर नेताहरुबीच जहाँ जसको राम्रो अवस्था छ, त्यहाँ मोर्चाका अरु दलहरुले सहयोग गर्ने सहमति भएको छ’, ती नेताले भने ।

मोरङको ग्रामथानमा माओवादी उम्मेदवार ।

उपचुनावको दबाव माओवादीलाई पर्नुको पछि यसपटक कांग्रेस वा एमाले मध्ये कुनैपनि दल साथमा नहुनु हो । २०७४ यता यी दुई दलसँग माओवादीले पालैपालो गठबन्धन गर्दै आएको थियो । यसपटक माओवादी आफैले यी दलहरुसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

त्यसैले माओवादीलाई उपचुनावको दबाव धेरै छ । पहिले जितेको ६ वडाध्यक्ष सहित दुई उपाध्यक्ष पद जोगाउन पनि माओवादीलाई सजिलो छैन । माओवादीले ०७९ को चुनावमा जितेको हुम्लाको सार्केगाड र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका निम्ति उपचुनाव हुँदैछ ।

दुईमध्ये रुकुम पूर्वमा माओवादीको अवस्था तुलनात्मक राम्रो छ । ०७९ मा कांग्रेस र एमालेसँग एक्लै भिडेर माओवादीकी भुपेन्द्रा बुढाले उपाध्यक्ष जितेकी थिइन् । बुढाले ४०५९ मत ल्याएर जित्दा कांग्रेसकी कमलाकुमारी मल्लले २०१० र एमालेका धर्म घर्ति बुढाले १८१२ मत पाएका थिए ।

उपाध्यक्ष जितेकी भूपेन्द्राको सडक दुर्घटनामा निधन भएपछि हुन लागेको उपचुनावमा माओवादीविरुद्ध कांग्रेस र एमाले मिलेका छन् । एमालेकी जिल्ला उपसचिव केसकुमारी तुलाचनलाई रुख चिन्हबाट साझा उम्मेदवार बनाउने निर्णय हुँदा माओवादीलाई प्रतिकुलता थपिएको छ ।

उपचुनाव हुने हुम्लाको सार्केगाड गाउँपालिकामा पुरानो गठबन्धन नहुनु माओवादीलाई चुनौती हो । यहाँ कांग्रेससँग गठबन्धन हुँदा माओवादीबाट चन्द्रसिंह कार्कीले जितेका थिए । ३२६९ मत ल्याएर कार्कीले जित्दा एमालेकी जुनकुमारी फडेराले १०६४ मत पाएकी थिइन् ।

अर्कातिर उपचुनावमा माओवादीको रिक्त स्थान आफैंमा दबाव हो । किनकि माओवादीले स्थानीय तहमा जितेको संख्या आफैमा थोरै छ । ४६० गाउँपालिका मध्ये माओवादीले जम्मा ९५ उपाध्यक्ष पद जितेको छ । जबकी कांग्रेसले १९० र एमालेले १२५ उपाध्यक्ष जितेको छ ।

वडाध्यक्षकै तथ्याङ्क हेर्दा पनि माओवादी निकै पछाडि छ । ६७४३ वडा मध्ये माओवादीले १०५३ वडाध्यक्ष जितेको छ । जबकी कांग्रेसले २६६८ र एमालेले २१३७ वडाध्यक्ष जितेको छ ।

बोनसको खोजीमा एमाले

प्रमुख तीन दलमध्ये सवभन्दा सहज अवस्थामा एमाले देखिन्छ । त्यसको मुख्य आधार भनेको यसअघि एमालेले जितेको ७ वडामा मात्र उपचुनाव हुँदैछ ।

उपचुनाव हुने कन्काई नगरपालिका–६ झापा, गढी गाउँपालिका–६ सुनसरी, इशनाथ नगरपालिका–७ रौटहट, गोरखा नगरपालिका–५ गोरखा, दुल्लु नगरपालिका–१३ दैलेख, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा र सुर्मा गाउँपालिका–४ बझाङमा एमाले जितेको थियो ।

प्रतिष्ठाकै विषय बनाउँदा बाहेक एमालेका निम्ति यो संख्याले धेरै ठूलो महत्व राख्दैन । एमालेका नेताहरु पनि यसपटक एमालेले बोनश जितको खोजी रहेको बताउँछन् ।

जित जोगाउने दबाबमा कांग्रेस–माओवादी, बोनसको खोजीमा एमाले
काठमाडौं महानगरपालिका-१६ मा मनोनयन दर्ता गर्न जाँदै एमाले उम्मेदवार ।

‘उपचुनाव हुने लगभग सबै क्षेत्रमा एमाले प्रमुख प्रतिस्पर्धी शक्ति हो, त्यसैले जितको एउटा हिस्सा हाम्रो भागमा पक्का छ’ एक पदाधिकारी भन्छन्, ‘हार्ने भन्दा जित्ने अवस्था राम्रो भएकाले हामी यसपटक बोनस जितको खोजीमा छौं ।’

ती पदाधिकारीले भने जस्तै एमाले पदाधिकारीमा हुने उपचुनावकै पनि प्रमुख प्रतिस्पर्धी शक्ति हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका बाहेक उपचुनाव हुने ७ वटै पालिकामा एमालेका उम्मेदवार निकटतम प्रतिस्पर्धी थिए ।

रुकुम पूर्वमा कांग्रेसकै समर्थनमा एमाले नेता उम्मेदवार बनेकाले अब एमाले ८ वटै पालिकामा मुख्य प्रतिस्पर्धी शक्ति बन्न पुगेको छ । सँगै उपचुनावबाटै एमालेले सत्ता सहयात्राप्रति इमान्दारिदता देखाउने कोसिस पनि गरेको छ ।

ओखलढुंगा र कैलालीको जिसस सभापतिमा कांग्रेसलाई समर्थन गरेर एमालेले सत्ता सहयात्री दलको भूमिका निर्वाह गरेको हो । तर यसो गर्दा पनि एमालेलाई घाटा भएन । किनभने यी दुवै जिल्लामा यसअघि कांग्रेसकै जिसस सभापति थिए । ओखलढुंगामा त कांग्रेससँगै सभापति जित्न एकल बहुमत छ ।

अरु साना दलहरुका निम्ति भने यो उपचुनाव आफ्नो प्रभाव बढाउने अवसर हो । उपचुनाव हुने रिक्त स्थान मध्ये यसअघि तीन ठूला दल बाहेक जनता समाजवादी पार्टीबाट जितेका एक जना र एक स्वतन्त्र मात्रै थिए । त्यसैले साना दलहरुले उपचुनाव हार्दा गुमाउने भन्दा जित्दा त्यसको सन्देश नयाँ हुनेछ ।

आगामी १६ मंसिरमा उपचुनाव हुने ४२ क्षेत्रमा २०७९ वैशाखको स्थानीय चुनावमा उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ :

कीर्तिपुर नगरपालिका मेयर, काठमाडौं

कांग्रेस– राजकुमार नकर्मी (९०४३ मत) विजयी
एमाले– केश रत्न बज्राचार्य (५५०७ मत)
माओवादी– शिवशरण महर्जन (४०९० मत)
एकीकृत समाजवादी– बटु कृष्ण थापा (११५३ मत)
राप्रपा– जितबहादुर बिष्ट (५७२ मत)
नेमकिपा– श्रीकृष्ण महर्जन (५३२ मत)

ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ

कांग्रेस– जयप्रकाश गच्छदार (७६०५ मत) विजयी
एमाले– शिवनारायण माझी (६०९३ मत)
माओवादी– विजयकुमार सरदार (२७२७ मत)
राप्रपा– पखुलाल विश्वास (४४६ मत)
एकीकृत समाजवादी– राकेश चौधरी (१३९ मत)
जनमत पार्टी– पंचनारायण चौधरी (९८ मत)

महाबु गाउँपालिका अध्यक्ष, दैलेख

कांग्रेस– लछुमन गुरुङ (२९७९ मत) विजयी
एमाले– हरिप्रसाद उपाध्याय (२५१९ मत)
एकीकृत समाजवादी– जंगबहादुर शाही (२२६८ मत)
नेमकिपा– बमबहादुर सिंह (५८ मत)
स्वतन्त्र– विष्णुकुमार बुढा (२२ मत)
राप्रपा– रजबहादुर सिंह (१५ मत)

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, दोलखा

कांग्रेस– श्याम सुन्दर तामाङ (४७४१ मत) विजयी
एमाले– मुना सिवाकोटी (३२८१ मत)
राप्रपा– यसोदा पाठक (२४ मत)

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्व

माओवादी– भूपेन्द्रा बुढा (४०५९ मत) विजयी
कांग्रेस– कमलाकुमारी मल्ल (२०१० मत)
एमाले– धर्म घर्ती बुढा (१८१२ मत)

नलगाड नगरपालिका उपाध्यक्ष, जाजरकोट

कांग्रेस– सरिता सिंह (५४०६ मत) विजयी
एमाले– सुनिता बोहोरा (३३९३ मत)
स्वतन्त्र– सुशिला शाही (९४ मत)
राप्रपा– डम्मरकुमारी बानियाँ (४८ मत)

सर्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला

माओवादी– चन्द्र सिंह कार्की (३२६९ मत) विजयी
एमाले– जुनकुमारी फडेरा (१०६४ मत)

स्वामीकार्तिकखापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

कांग्रेस– मैना जोशी (१८१० मत) विजयी
एमाले– सुलोचना कुमारी भण्डारी (१६३७ मत)
माओवादी– सुरेशबहादुर रोकाया (१२१३ मत)

कन्काई नगरपालिका–६, झापा

एमाले– दीर्घबहादुर थापा (५०८ मत) विजयी
स्वतन्त्र– लक्ष्मीप्रसाद ओली (४४० मत)
माओवादी– रेवतबहादुर रेग्मी (२९४ मत)
कांग्रेस– केशव विमली (१९ मत)

लालीगुराँस गाउँपालिका–८, तेह्रथम

कांग्रेस– तेजमान लिम्बु (५२४ मत) विजयी
एमाले– तुलसीराम खनाल (४९३)

गढी गाउँपालिका–६, सुनसरी

एमाले – सदानन्द उरावँ झागर (७१२ मत) विजयी
माओवादी – कुशेश्वर खेरवार (४२४ मत)
कांग्रेस – तिलेश्वर चौधरी (४१६ मत)
जसपा – रामनारायण साहु (३५६ मत)
जनमत पार्टी – राकेश यादव (२२४ मत)
एकीकृत समाजवादी – डोमी उराँव झागड (१२३ मत)

मोलुङ गाउँपालिका–५, ओखलढुंगा

कांग्रेस – गोपीकृष्ण कार्की (३८४ मत) विजयी
एमाले – गोपाल खनाल (३७० मत)
एकीकृत समाजवादी – किशान खत्री (३५ मत)
माओवादी – मनबहादुर सुनुवार (३० मत)
राप्रपा – चन्द्रमणि दाहाल (५ मत)

त्रियुगा नगरपालिका–१२, उदयपुर

कांग्रेस– चुडाराज काफ्ले (४३९ मत) विजयी
एमाले– रमेश राउत क्षेत्री (४०८ मत)
माओवादी – नविनकुमार वान्तवा (४०४ मत)
जसपा – लक्ष्मीनारायण चौधरी (२४१ मत)
राप्रपा – होमनाथ पोखरेल (१० मत)

बेलका नगरपालिका–९, उदयपुर

कांग्रेस– पदमबहादुर खड्का (६७१ मत) विजयी
एमाले– रणजित राई (४४८ मत)
जसपा– राजकुमार राई (२३१ मत)
माओवादी– हरिबहादुर श्रेष्ठ जेशी (१७६ मत)
स्वतन्त्र– मनकुमारी राई (घिमिरे) (१०७ मत)
स्वतन्त्र– तेजमान विश्वकर्मा (९८ मत)
राप्रपा– रामकुमार खड्का (२७ मत)

सिरिजंगा गाउँपालिका–३, ताप्लेजुङ

कांग्रेस– दिलप्रसाद बोखिम (४०३ मत) विजयी
एमाले– कुमारी सावादेन (३९९ मत)
स्वतन्त्र– हस्तबहादुर काङवा (३९ मत)

डाक्नेश्वरी नगरपालिका–१, सप्तरी

कांग्रेस– प्रितमलाल चौधरी (५३५ मत) विजयी
एमाले – धिरेन्द्रकुमार साह (४६९ मत)
जसपा – लक्ष्नदेव साह (४३८ मत)
लोसपा – विजयकुमार चौधरी (२४२ मत)
जनमत – दिपेन्द्र प्रसाद साह (९६ मत)
माओवादी – चन्द्रकान्त साह (६३ मत)

डाक्नेश्वरी नगरपालिका–४, सप्तरी

कांग्रेस– हरिप्रसाद राय (३३३ मत) विजयी
जसपा– महेन्द्र यादव (२६९ मत)
जनमत– उदयनारायण पण्डित (१९७ मत)
लोसपा – संजयकुमार यादव (९८ मत)
एमाले – उपेन्द्र राम (२५ मत)
मओवादी– वौवा लाल राम (१८ मत)

इशनाथ नगरपालिका–७, रौटहट

एमाले– शेख खलीउल्लाह (६८३ मत) विजयी
कांग्रेस– शेख अब्दुल खलिक (५७८ मत)
एकीकृत समाजवादी– सदरे आलम (३२७ मत)
स्वतन्त्र– शाहीद आफाक (६७ मत)
जनमत– शेख मनीर (२० मत)

राजपुर नगरपालिका–६, रौतहट

कांग्रेस– शेख मोजरे आलम (५३४ मत) विजयी
जसपा– मोहम्मद नसिद अख्तर (४६५ मत)
एकीकृत समाजवादी– जिरुलाह (३२० मत)
एमाले – उदयनारायण प्रसाद जैलवाल (२८४ मत)
मओवादी– नुरुल हक मंसुरी (१७ मत)

गढीमाई नगरपालिका–८, रौतहट

जसपा– रामाज्ञा राय यादव (७६४ मत) विजयी
कांग्रेस– वैधनाथ ठाकुर (५६१ मत)
एकीकृत समाजवादी– बजरंगी प्रसाद यादव (५१९ मत)
लोसपा– इस्लाम महम्मद नट (२४१ मत)
एमाले – राम एकवाल ठाकुर (२९ मत)
माओवादी– सर्वजीत महरा चमार (१० मत)
स्वतन्त्र – संगम यादव (८ मत)
जनमत– सुरेन्द्र राउत कुर्मी (६ मत)

धनुषाधाम नगरपालिका–१, धनुषा

कांग्रेस– विश्वनाथ यादव (६१८ मत) विजयी
एमाले – प्रमोद यादव (३७७ मत)
मओवादी – सुनिल कापर केवट (३६९ मत)
जसपा– देवनारायण यादव (३२५ मत)
बहुजन एकता पार्टी – उमेशकुमार सदा (१२५ मत)
स्वतन्त्र– अरुण कुमार यादव (५४ मत)
एकीकृत समाजवादी– महेन्द्र यादव (३९ मत)
राप्रपा– रामदेवसिंह दनुवार (१६ मत)
लेसपा– बालकिशोर यादव (१२ मत)

रामगोपाल नगरपालिका–२, महोत्तरी

माओवादी– मुकेश कुमार यादव (४३३ मत) विजयी
कांग्रेस– मोहम्मद नजिफ खाँ (३७५ मत)
जसपा– सकिबुल खाँ (३४२ मत)
एमाले – कादिर हुसैन (२८७ मत)
लोसपा– मो. अहमद रेजा खाँ (२२ मत)
जनमत– अशोककुमार यादव (१७ मत)

कीर्तिपुर नगरपालिका–१, काठमाडौं

कांग्रेस– हिरालाल महर्जन (७७८ मत) विजयी
एमाले– हर्ष महर्जन (५८२ मत)
माओवादी– विनोदकुमार महर्जन (२७३ मत)
एकीकृत समाजवादी– रोहित महर्जन (६३ मत)
राप्रपा– सुरन्द्रप्रसाद उपे्रती (३९ मत)

कीर्तिपुर नगरपालिका–४, काठमाडौं

स्वतन्त्र– श्यामकुमारी अधिकारी (१३८० मत) विजयी
कांग्रेस– राजेन्द्र बानियाँ (१०५७ मत)
एमाले– ईश्वरकुमार बाँस्कोटा (२३६ मत)
राप्रपा– राजकुमार केसी (८५ मत)
माओवादी– राकेश बुढाथोकी (७३ मत)

काठमाडौं महागनरपालिका–१६, काठमाडौं

कांग्रेस– मुकुन्द रिजाल (४०१९ मत) विजयी
एमाले – लक्ष्मी रत्न तुलाधर (३३१० मत)
एकीकृत समाजवादी– लक्ष्मण गमाल (१५८९ मत)
राप्रपा– विन्दिका गुरुङ (५५७ मत)

ककनी गाउँपालिका–२, नुवाकोट

कांग्रेस– तिलकबहादुर लामा (८८८ मत) विजयी
माओवादी– कृष्ण घिमिरे (७३४ मत)
एमाले – प्रेमबहादुर तामाङ (२०५ मत)
राप्रपा– गोविन्दप्रसाद घिमिरे
एकीकृत समाजवादी– मानबहादुर लामा (८२ मत)

हैटौंडा उपमहानगरपालिका- १२, मकवानपुर

माओवादी– ललितबहादुर घलान (१३७१ मत) विजयी
कांग्रेस– अर्जनु तिवारी (१३४० मत)
एमाले– राकेश नगरकोटी (१३२५ मत)
राप्रपा– सरन सिं थिङ (१८३ मत)

गोरखा नगरपालिका–५, गोरखा

एमाले– खिलबहादुर राना (४५३ मत) विजयी
कांग्रेस– गिता थापामगर (४२८ मत)
माओवादी– सावित्री थापा (२७४ मत)
जसपा– चिरञ्जीवी खनाल (६७ मत)
राप्रपा– ज्ञानेन्द्रजंग शाह (२३ मत)
एकीकृत समाजवादी– रोशन बानियाँ (२ मत)

मुसिकोट नगरपालिका–१, गुल्मी

कांग्रेस– मोहन घिमिरे (११८२ मत) विजयी
एमाले– नारायण थापा (११४३ मत)

रुन्टीगढी गाउँपालिका–४, रोल्पा

कांग्रेस– टंकबहादुर पुन (४८८ मत) विजयी
एमाले– बेगम पुन (४८० मत)
माओवादी– शिवलाल रोका (२०३ मत)

ठाकुरबाबा नगरपालिका–४, बर्दिया

कांग्रेस– सूर्यबहादुर बिष्ट (१२०९ मत) विजयी
एमाले– नारायण अधिकारी (५८० मत)
माओवादी– अमरबहादुर थापा (४२१ म्त)
राप्रपा– बमबहादुर हमाल (२५ मत)
स्वतन्त्र– अर्जुन नेपाली (२५ मत)
एकीकृत समाजवादी– दशैया थारु (१६ मत)

पुथाउत्तरगंगा गाउँपालिका–२, रुकुम पूर्व

माओवादी– जसबहादुर बुढा श्रीपाली (२३४ मत) विजयी
कांग्रेस– कर्ण बुढा (१७९ मत)

शुद्धोधन गाउँपालिका १, कपिलवस्तु

कांग्रेस– तिलकराम यादव (१०३२ मत) विजयी
एमाले– अब्दुल मोजिब खाँ (८८९ मत)
जनमत– सीताराम पटेल (५४७ मत)
जसपा– रामबहादुर कुर्मी चौधरी (३८३ मत)
माओवादी– नरबहादुर गुप्ता (१०२ मत)
लोसपा– इनताज महमद धोबी (६३ मत)
बहुजन– जगनारायण कोरी (५५ मत)
एकीकृत समाजवादी– नेत्रलाल खनाल (३४ मत)
राप्रपा– सुब्बा थारु (३१ मत)

दुल्लु नगरपालिका–१३, दैलेख

एमाले– बिर्खबहादुर शाही (८२२ मत) विजयी
माओवादी– डम्बरबहादुर शाही (७७३ मत)
एकीकृत समाजवादी– भीमप्रसाद शर्मा (३६ मत)
नेमकिपा– मधुसुदन शर्मा (११ मत)

तिलागुफा गाउँपालिका–४, कालीकोट

माओवादी– परबहादुर शाही (३२४ मत) विजयी
नमकिपा– दीपबहादुर शाही (१६१ मत)
एमाले– धनसरा शाही (४ मत)
कांग्रेस– मलेबहादुर शाही (३ मत)

कुशे गाउँपालिका–७, जाजरकोट

माओवादी– मनबहादुर घर्ती (३८० मत) विजयी
कांग्रेस– खम्बबहादुर सिंह (३१८ मत)
एमाले– प्रसाद सिंह (१४८ मत)

त्रिपुरासुन्दरी नगरपालिका–५, डोल्पा

एमाले– नन्दलाल रोका (१०८ मत) विजयी
माओवादी– जंगबहादुर रोकाया (१०२ मत)
कांग्रेस– नरबहादुर झाक्री (८२ मत)
स्वतन्त्र– डिलबहादुर रोकाया (२ मत)

सानीभेरी गाउँपालिका–५, रुकुम पश्चिम

कांग्रेस– अलबहादुर खत्री (४६२ मत) विजयी
माओवादी– तीर्थबहादुर खत्री (४३४ मत)

सुर्मा गाउँपालिका–४, बझाङ

एमाले– सर्जनबहादुर महर्जन (६२९ मत) विजयी
कांग्रेस– लोकबहादुर बोहरा (६०४ मत)

पूर्वीचौकी गाउँपालिका ६, डोटी

कांग्रेस– पुष्पराज जोशी (५१३ मत) विजयी
एमाले– देवबहादुर भण्डारी (३८७ मत)
माओवादी– टंकबहादुर नेपाली (४९ मत)
राप्रपा– प्रकाश थापा (१ मत)

दुहुँ गाउँपालिका–५, दार्चुला

माओवादी– मनोरथ भट्ट (५८२ मत) विजयी
एमाले– मानसिंह बडाल (३०२ मत)

भीमदत्त नगरपालिका–६, कञ्चनपुर

कांग्रेस– महेन्द्र खड्का (११०२ मत) विजयी
एमाले– जनकराज अवस्थी (६९८ मत)
राप्रपा– सुसिलकुमार भट्ट (४८७ मत)
एकीकृत समाजवादी– जितेन्द्रबहादुर चन्द (२३२ मत)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School