जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

भायोला बोर्डन प्रदर्शनी समारोहमा कलाबारे जानकारी दिँदै ।

काठमाडौं । के जलकुम्भी झार कला अभिव्यक्तिको माध्यम बन्न सक्छ ? नेपालका तालतलैयामा फैलिएको यो झारलाई वनस्पती विज्ञ ‘मिचाहा’ झारको रुपमा पनि लिन्छन् ।

तर, नेपाल घुम्न आएकी अमेरिकी कलाकार तथा शोधकर्ता भायोला बोर्डन जलकुम्भीमा कला र जीवन देख्छिन् । जलकुम्भीको रेशा र पातमा उनले कलाको प्राण भरेकी छन् । उनको यो कलात्मक शिल्पको प्रदर्शनी बौद्धस्थित तारागाउँ संग्रहालयमा सुरु भएको छ ।

अमेरिकी दूतावास, फूलब्राइट नेपाल र तारागाउँ नेक्स्टसँगको सहकार्यमा कलाकार बोर्डनका कला प्रदर्शनीमा राखिएको छ । ‘अब्जेक्ट इन फोकस’को सातौं श्रृंखला अन्तर्गत सुरु भएको यो प्रदर्शनी एक महिनासम्म चल्नेछ ।

‘सीमाहरुको पुनर्कल्पना’ थिममा आयोजित यो प्रदर्शनीमा भायोलाले डिजाइन गरेका जलकुम्भीका शिल्पदेखि उनले नेपाल घुम्दा खिचेका तस्वीरदेखि ऐतिहासिक महत्वका नेपाली पुरातत्व संरचनाका तस्वीर र जानकारी पनि प्रदर्शनीमा राखिएको छ ।

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

रोशन मिश्रले क्यूरेट गरेका यी कलामार्फत भायोलाले प्रकृति, जीवन र कलालाई संयोजन गर्ने प्रयत्न गरेकी छन् । ‘जब म नेपाल घुम्न आएकी थिएँ । मैले तालतलैयामा जलकुम्भी देखेँ । जब मैले यसलाई छोएँ तब तैरिन थाल्यो’ कला सिर्जनाबारे भायोलाले भनिन्, ‘मैले यसमा कला देख्न थालेँ । कोशीटप्पुमा त यसको खेती पनि गरिने रहेछ । अनि मैले यसमा शिल्पको खोजी गरेको हुँ ।’

पारिस्थितिकीय प्रणालीमा जलकुम्भीले कसरी प्रभाव पार्छ भनेर कोशीटप्पुमा आफूले अनुसन्धान गर्दैगर्दा यसलाई शिल्पको रुप दिने प्रेरणा प्राप्त भएको भायोलाले बताइन् । यो विरुवालाई कलाको मुख्य वस्तुको रुपमा प्रयोग गर्दै उनले विचार र संवादलाई एकीकृत गर्ने प्रयास गरेकी छन् । साथै, प्राकृतिक फाइबरमार्फत समकालिन कलामा अन्र्तदृष्टि दिने प्रयत्न उनको कलामा देखिन्छ ।

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)
अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नकवी ।

समारोहमा बोल्दै अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नकवीले नेपालको कला संस्कृतिलाई प्रवद्र्धन गर्न दूतावास तयार रहेको बताइन् । कलाकार भायोलाको कलाले प्रकृतिलाई कलासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उक्त अवसरमा नकवीले प्रदर्शनीको अवलोकन गरेकी थिइन् ।

क्युरेटर मिश्रले भायोलाको कला प्रदर्शनी कार्यक्रम आदिवासी कला र ज्ञानलार्ई मनाउने महत्वपूर्ण अवसर भएको बताए । एक वस्तुमा केन्द्रित रहेर कुनै एक कलाकारको कला प्रस्तुतिलाई प्रदर्शनीमा राख्दै ‘अब्जेक्ट इन फोकस’ प्रदर्शनी श्रृंखला आयोजना गरिएको उनले बताए ।

कला प्रदर्शनी अवलोकन गर्न कलाकर्मी, फिल्ममेकर, वातावरण र वास्तुविद्देखि सर्वसाधारण समेत सहभागि थिए ।

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

जलकुम्भीमा कला खोज्दै अमेरिकादेखि नेपाल (तस्वीर)

Source link

Leave a Comment